समाचार

    Showing ८४१-८५० of १,७२१ items.
  • एन प्याव्सन क्विजको उपाधि हिविसकस स्कुललाई

    छाल खवर धरान,४ माघ ःराष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याव्सन) धरान नगर समितिको आयोजनामा भएको खेलकुद सप्ताह अन्तर्गग अन्तर धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि धरान– १५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले हात पारेको छ । सप्ताह खेलकुद अन्तर्गत बुधवार भएको हाजिरी जवाफ प्रतियोगितामा अन्य स्कुललाई पछि पार्दै हिविसकसले उपाधि हात पारेको हो । हिविसकसका तर्फबाट कक्षा ६ का सिद्धार्थ श्रेष्ठ, कक्षा ३ का लाभान्य अग्रवाल र कक्षा ३ का विद्यार्थी आयुष लिम्वु सहभागी भएका थिए । प्रतियोगितामा युरेका आवासीय माध्यामिक विद्यालय धरान १ दोस्रो हुन सफल भएको थियो । प्रतियोगितामा

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ४,९९० पटक पढिएको
    • छाल खबर
  • विमान दुर्घटनामा मत्यु भएकामध्ये ४८ शवको परीक्षण गर्न थालियो

    छाल खवरकाठमाडौं,४ माघ । गत आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान दुर्घटनमा मृत्यु भएकामध्ये काठमाडौं ल्याइएको ४८ वटा शवको परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मंगलबार दिउँसो काठमाडौं ल्याइएका शव आज बिहानदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ । मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मंगलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको अस्पतालले जानकारी दिएको छ । कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डीएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण ग

    • प्रकाशित मितिः माघ ४, २०७९
    • २,४४२ पटक पढिएको
    • छाल खबर
  • भेडेटारमा कोसेली घर निर्माण हुने

    छाल खवर धनकुटा ,३ माघ । साँगुरीगढी गाउँपालिकाले पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण गर्ने भएको छ। गाउँपालिकामा उत्पादन हुने कृषिजन्य तथा हस्तकला उत्पादनलाई बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले भेडेटारमा कोसेली घर निर्माण गर्न लागिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। पर्यटकीय स्थल भेडेटार साँगुरीगढी गाउँपालिकाको केन्द्र हो । गाउँपालिकाको २२ लाख रुपैयाँको लगानीमा निर्माण हुने कोसेली घरका लागि जग्गा प्राप्त भइसकेको उनले बताए। स्थानीय समाजसेवी देव इवाहाङले भेडेटार बजार नजिकै रहेको १ आना २ पैसा जग्गा कोसेली घर निर्माणका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गरिसकेका

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ३,७१२ पटक पढिएको
    • छाल खबर
  • बुढासुब्बा गोल्डकप फागुन १३ देखि हुने

    छाल खवर धरान,३ माघ ः धरानमा हुदै आएको अन्तरर्राष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण आगामी फागुन दोस्रो सातादेखि हुने भएको छ ।  प्रतियोगिता आयोजक धरान फुटबल क्लबले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता आयोजना गर्ने वारे जानकारी गराएका हुन । क्लवका अध्यक्ष किशोर राईले २ बर्षदेखि हुन नसकेको प्रतियोगिताको २३ औं सँस्करण फागुन १३ देखि २० गतेसम्म आयोजना गर्ने विज्ञप्ती मार्फत जानकारी दिएका छन् । प्रतियोगितालाई सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरु पनि गठन गरिएको अध्यक्ष राईद्धारा विज्ञप्तीमा उल्लेख गरीएको छ । विज्ञप्तिका अनुसार अध्यक्ष किशोर राईको अध्यक्षतामा पद

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १,६०९ पटक पढिएको
    • छाल खबर
  • विमान दुर्घटनाबारे अध्ययन गर्न पोखरा पुग्यो फ्रान्सेली टोली

    छाल खवरकाठमाडौं,३ माघ । गत आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ। मंगलबार काठमाडौं आएको उक्त टोली अध्ययनका लागि दुर्घटनास्थल पोखरा पुगिसकेको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनकाअनुसार एटिआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको हो । एटिआर निर्माता कम्पनीबाट काठमाडौं आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ । यसअघि सरकारले गठन गरेको दुर्घटना जाँच आयोग पनि उक्त टोलीसँग पोखरा पुगेको छ। विमान दुर्घटनापछि पूर्वसचिव नगेन्द्र घिमिरेको संय

    • प्रकाशित मितिः माघ ३, २०७९
    • २,७३१ पटक पढिएको
    • छाल खबर
  • संयुक्त गृल व्यवसायी संघमा उदयकुमार राई निर्वाचित

    छाल खवर धरान, ्र्र्र्र३माघः संयुक्त गृल व्यवसायी संघ धरानको आठौं साधारण सभाले उदयकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भएको आठौं साधारण सभा तथा अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साधारण सभाले संघको प्रथम उपाध्यक्ष, उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस पदम वराइली, हरी वि.क.,कमल शंकर, प्रेम कुमार राई र जंग बहादुर थापालाई चयन गरेको छ । त्यसैगरी कार्यसमिति सदस्यमा तिलक ल्वागुन, मदनकुमार प्रधान, प्रदीप वि.क.,पार्वति राई, तुलाराम श्रेष्ठ, हेमबहादुर भण्डारी र दिपु तामाङ रहेकाछन । संघको सल्लाहारहरुमा टोपेन्द्र शाही, प्रेमराज राई, तोर्णबहादुर वि.क.र नि

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १,७१६ पटक पढिएको
    • छाल खबर
  • हिविसकस वोडिङ स्कुललाई एकपछि अर्को सफलता

    छाल खवर धरान,३ माघ ः धरान– १५ स्थित हिविसकस इङलिस स्कुल धरानले हाजिरी जवाफमा एकपछि अर्को सफलता हात पार्न सफल वनेको छ । पूर्वाञ्चल इन्जिनियर क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरीङ स्टुडेन्ट सोसाइटीद्धारा आयोजित एक्सटेक इन्टर कलेज हाजिरी जवाफ प्रतियोगितामा स्कुल दोस्रो उपाधि हात पार्न सफल वनेको हो । प्रतियोगितामा दोस्रो पुरस्कार नगद ३ हजार, प्रमाण पत्र र मायाको चिनो समेत प्राप्त गर्न सफल वनेको थियो । विद्यालयका तर्फबाट निशान तामाङ, सुजन श्रेष्ठ प्लस टु साइन्सतर्फ र प्रकृति भट्टराई कानुन संकाय गरी सहभागीता जनाएका थिए । प्रतियोगितामा ५ वटा कलेजहरुले सहभागीता जनाएका थिए ।

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १,९३४ पटक पढिएको
    • छाल खबर
  • माओवादीबाट तीन जना मन्त्री बन्दै

    छाल खवर काठमाडौं,३ माघ ःप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकाछन् । माओवादीबाट अमनलाल मोदी मन्त्री बन्दैछन् । उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । मोदी मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यसैगरी, भोजपुरबाट निर्वाचित सुदन किराँतीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । किराँती तीन पटकसम्म निर्वाचित सांसद भएर पनि मन्त्री बनेका थिएनन् । सञ्चारमन्त्रीमा रेखा शर्माको नाम निश्चित भइसकेको छ। राज्यमन्त्री बारेमा अहिलेसम्म टुंगो नलागेको बताइएको छ । नेकपा (मा

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १८९ पटक पढिएको
    • छाल खबर
  • पेट्रोलको मूल्य बढेर आयो

    छाल खवर काठमाडौं । इन्डियन आयल कर्पोरसन (आइओसी)बाट इन्धनको नयाँ मूल्य आएको छ। नेपाल आयल निगमलाई आईतबार प्राप्त मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेलको मूल्य घटेर आएको छ। पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ। त्यसैगरी, डिजेलको मूल्य प्रतिलिटर ३ रूपैयाँ ७० पैसा घटेर आएको छ। आइओसीले अंग्रेजी तारिख अनुसार हरेक १५–१५ दिनमा दररेट पठाउने गरेको छ।

    • प्रकाशित मितिः माघ ३, २०७९
    • २,०६१ पटक पढिएको
    • छाल खबर
  • एमालेलेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

    काठमाडौं । नेकपा एमालेले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने विषयमाअध्यक्ष ओली आफैले निर्णय लिनेछन् । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालले ओलीलाई मन्त्री छान्न सहयोग गर्ने एमाले स्रोतले बताएको छ । एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ । किरण साह राज्यमन्त्री हुने सम्भावना प्रवल रहेको स्रोतले भन्यो । पर्साका राजकुमार गुप

    • प्रकाशित मितिः माघ ३, २०७९
    • २,०१४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic