राष्ट्रिय

    Showing २११-२२० of ३३१ items.
  • तीन बर्षदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा

    काठमाडौ,२२ भदौ ःसरकारले पछिल्लो तीन वर्षदेखि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्या अर्यालले यसअघिका दुईवटै परिपत्रहरु खारेज गर्दै सबै प्रकारको जग्गाको कित्ताकाट गर्न सकिने गरी नीतिगत निर्णय गरेकी हुन् । २६ साउन ०७४ मा तत्कालिन भूमिमन्त्री गोपाल दहितले कृषियोग्य भूमिको खण्डिकरण गर्नबाट रोक्ने भन्दै परिपत्र जारी गरेर जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाएका थिए । यस्तै, २७ पुस ०७५ मा मन्त्री अर्यालले पहिलेको निर्णयलाई परिमार्जन गरेर जग्गाको कित्ताकाटलाई तुलनात्मक रुपमा सहज र व्यवस्थित गर्ने गरी अर्को परिपत्र जारी गरेकी थिइन् ।

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • ८२५ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रियसभामा बामदेव,खतिवडा चट

    छाल खवर धरान,१८ भदौ ः निकै लामो रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको विहिवार बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । पद र शक्ति विना वस्न नसक्ने उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई काखी चेप्दै आएका प्रधानमन्त्री ओलीले यसपटकको

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • ४९२ पटक पढिएको
    • छाल खबर
  • स्टाफ नर्स भर्नाका लागि वीपी प्रतिष्ठानमा बिचौलिया मार्फत रकमको चलखेल

    छाल खवर काठमाडौं, १७ भदौ ः धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कुनै न कुनै नियुक्ति र भर्ना प्रकृयामा आर्थिक लेनदनेमा विवादित वन्दै आएको छ । उपकुलपति नियुक्ति देखि रजिष्ट्रार लगायत अन्य नियुक्तिका लागि करोडौको चलखेल हुने गरेको छ । रजिष्ट्रार नियुक्तिको विषयमा आर्थिक लेनदेनको विषय सेलाउन नपाउदै फेरी स्टाप नर्स भर्नामा पैसाको चलखेल भएको आरोप लाग्न थालेको छ । प्रतिष्ठानका पदाधिकारीहरुले नियम विपरीत लिखित परीक्षा नलिई आर्थिक चलखेलका आधारमा अन्तर्वार्ताका माध्यमबाट मात्र ५० जना नर्सलाई जागिर खुवाउन लागेको स्रोतको दावी रहेको छ । यस अघिका नर्स नियुक्तिमा लिखित परिक्षा लिन र सो परि

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • १२,५६७ पटक पढिएको
    • छाल खबर
  • नेकपा अध्यक्षद्वारा कार्यदलको प्रतिवेदन अनुमोदन

    छाल खवर काठमाडौँ,९ भदौ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्धारा गठित कार्यदलले वुझाएको प्रतिवेदन अध्यक्षद्धयले अनुमोदन गरेका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन अनुमोदन गरेका हुन् ।प्रतिवेदन अनुमोदन गर्नका लागि भदौ १३ गते शनिबार सचिवालय बैठक बोलाउने र सोही वैठकले प्रतिवेदन अनुमोदन गर्ने सहमति भएको छ । सचिवालयले अनुमोदन गरेपछि प्रतिवेदन स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने छ ।यसअघि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार ओल

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • १,७४३ पटक पढिएको
    • छाल खबर
  • नेकपाको कार्यदलले बुझायो प्रतिवेदन

    छाल खवर काठमाडौं,६ भदौं ः चरम उत्र्कसमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान तर्फ देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएसंग्ौ समाधानतर्फ देखिएको हो । कार्यदलले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो । कार्यदल मिहिन ढंगले वनाएको प्रतिवेदनमा नेकपामा देखिएको पहिलो विवादको चुरोको रुपमा रहेको वुदाको रुपमा रहेको प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने, आगामी चैतमा

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • ५,०१४ पटक पढिएको
    • छाल खबर
  • प्रधानमन्त्री ओलीको तीज शुभकामना

    छाल खवर काठमाडौं,५ भदौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् । नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर मनाउन र आ आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका हुन् । गतवर्षहरुमा शिव मन्दिर जाने पुजा आजा गर्ने र द

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • २,७८८ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस लगायत अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश

    छाल खवर भाद्र, ३ खोटाङ ः पछिल्लो समय नेपाली कांग्रेस र अन्य पार्टी छाडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने क्रम तिव्र वनेको छ । बुधवार खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी २९ जना सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । नगरपालिका क्षेत्र अन्र्तगत पर्ने मुडे,लाली, भर्यङेगे ,वातल,भुल्के,टोलका २९ जना नेकपामा प्रवेश गरेको पार्टीका नगर कमिटी अध्यक्ष विसन राईले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेहरुमा करिश्मा तामाङ,निर्मला तामाङ,अप्सरा तामाङ,दावा शेर्पा,निमा शेर्पा, लाक्पा शेर्पा, दिल तामाङ, राज तामाङ, फुरी

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • ३,८५८ पटक पढिएको
    • छाल खबर
  • १० वटा बैंकमाथि राष्ट्र बैंकको छानबिन सबैको विवरण माग, बदमासी भेट्टिए सीइओ हटाइने

    सुदर्शन सापकोटा काठमाडौं। नीतिगत छुट कार्यान्वयन नगरी नाफा बढाएका बैंकहरुमाथि नेपाल राष्ट्र बैंकले छानबिन सुरु गरेको छ। राष्ट्र बैंकले बदमासी भेटिए प्रमुख कार्यकारी अधिकृतहरुको जागिरसमेत खोस्ने गरी छानबिन सुरु गरेको हो। राष्ट्र बैंकले दुई हिसाबले अहिले अनुसन्धान थालेको छ। पहिलो, नीतिगत सहुलियत कार्यान्वयन नगरी गन्जागोल गर्ने र अर्को ब्याज तिराउन अनावश्यक रुपमा ऋण सृजना भएको बारे छानबिन सुरु गरेको हो। हामीले बढी उजुरी परेका १० वटा बैंकमाथि छानबिन गर्न विशेष सुपरिवेक्षण टोली पठाएका छौं,ु राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ुआवश्यक पर्दा अरु बैंकमा पनि हामी छानबिन गर्नेछौं। राष्ट्र बैंकले गत आ

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १०,८४४ पटक पढिएको
    • छाल खबर
  • फोन गरेर ऋण लिन बोलाउँदै बैंकहरु, कर्मचारीलाई टार्गेटको तनाब

    दिलु कार्की काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम थुप्रिएपछि यतिबेला संस्थाहरुले ग्राहकहरुलाई फोनै गरेर ऋण लिइदिन आग्रह गर्न थालेका छन् । कोरोना कालमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सुस्ताएको थियो । निक्षेप संकलनको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् । राष्ट्र बैंकका अनुसार यतिबेला बैंकिङ प्रणालीमा १ खर्ब ७९ अर्ब रुपैयाँ अधिक तरलता छ । कर्जाको माग सुस्ताएपछि ग्राहकलाई फोनै गरेर ऋण लिन बोलाउन थालेका हुन्् । गत चैत यता बैंक तथा वित्तीय संस्थाले निक्षेपको तुलनामा कर्जा प्रवाह निकै कम छ । कोरोना संक्रमण कालमा नयाँ लगानी गर्ने नहुँदा बैंकम

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १,७२४ पटक पढिएको
    • छाल खबर
  • साना तथा मझौला व्यवसायमा रु ७.९९ प्रतिशतमै नबिल बैंकको लगानी

    छाल खवर काठमाडौं,३२ साउन ः वैंकहरुले ग्राहकहरु माझ विभिन्न सुविधाका योजनाहरु शुरु गरेकाछन् । सोही क्रममा नबिल बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर साना तथा मझौला व्यवसाय (एसएमई) ऋण उपलब्ध गराउने भएको छ । बैंकले ७.९९ प्रतिशतमै १५ लाखदेखि १० करोड रुपैयाँसम्म पाइने बैंकले जनाएको छ । उक्त ऋणको ब्याजदर १ वर्षसम्म नबढ्ने समेत बताईएको छ । विभिन्न पसल, साना तथा मझौला उद्योग, कृषि उत्पादन सम्वन्धी उद्योग तथा व्यवसाय, स्वदेशी हस्तकला तथा गार्मेन्टलगायत सबैजसो उद्योग व्यवसाय गर्नेहरु सो ऋणबाट लावन्बित हुन पाउने छन् । साना तथा मझौला उद्योगका लागि आवश्यक उपकरण किन्न बैंकले दिने ऋणको चुक्ता अव

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १,४०२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic