राष्ट्रिय

    Showing ३१-४० of ३३० items.
  • सुनसरी–१ बाट निर्वाचित अशोक राई शिक्षा मन्त्री नियुक्त

    छाल खवर धरान,१७ चैतः सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित अशोक कुमार राई शिक्षा मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा सुनसरी–१ बाट संघीय प्रतिनिधि सभा सदस्य अशोक राई वरियताको पाँचौ नम्बर सहित शिक्षा मन्त्रीमा नियुक्त भएका हुन् । राईले मन्त्री परिषदमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको शपथ लिएका हुन् । राई सुनसरी क्षेत्र नं. १ बाट एमाले र जनता समाजवादीको गठवन्धनबाट चुनाव लडेका थिए । उनी चुनाव लडदै गर्दा नै मन्त्री हुने उमेद्वार भएकोले चुनाव जिताउनु पर्ने तर्क कार्यकर्ताहरुले गरेका थि

    • प्रकाशित मितिः चैत १७, २०७९
    • ५,२९७ पटक पढिएको
    • छाल खबर
  • प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा मन्त्री परीषद विस्तार

    काठमाडौं, १७ चैतः प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार १२ जना मन्त्री परिषद विस्तार गरेकाछन् ।नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पहिलो चरणमा कांग्रेसबाट ४ जना मन्त्री बनेका छन् । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रम

    • प्रकाशित मितिः चैत १७, २०७९
    • ३,२४९ पटक पढिएको
    • छाल खबर
  • गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न सकिन्न– अध्यक्ष नेपाल

    छाल खवर काठमाडौं ,१२ चैत ः  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताएकाछन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी ) को प्रशिक्षण तथा केन्द्रीय कमिटी को तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताका हुन् । अध्यक्ष नेपालले त्यसका विरुद्ध नै कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताए । कम्युनिष्ट पार्टीले समाज र मानिसको मानसिकता परिवर्तन गर्न मानिसको संस्कार परिवर्तन गर्नु पर्ने उनको भनाई रहेको थियो । अध्यक्ष नेपालले गठबन्धनको दृष्टीकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अवक

    • प्रकाशित मितिः चैत १२, २०७९
    • ५,९६३ पटक पढिएको
    • छाल खबर
  • प्रधानमन्त्रीद्वारा माधव नेपाल र देउवासँग छलफल

    छाल खवर काठमाडौं,४चैत ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेकाछन् । उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि गठबन्धन दलका तीन शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरूबीचको भेटघाट र छलफल भएको हो । यही चैत ६ गते प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत, सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा केन्द्रित रहेर भेटघाट भएको जनाईएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • ५५० पटक पढिएको
    • छाल खबर
  • राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने पक्षमा एकीकृत समाजवादी

    छाल खवर धरान,१० फागुन ः नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपति चयनमा सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।पार्टीको बुधवार बसेको सचिवालयको ५० औं बैठकले राष्ट्रपतिको निर्वाचनका लागि सहमतिका लागि सवै दलहरुसंग छलफल गर्ने निर्णय गरेको हो ।उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिक लगायत विषयमा छलफल गरिएको हो ।जनताको लामो सङ्घर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि विरुद्ध भइरहेका गतिविधिप्रति छलफल गरिएको बैठकमा अग्रगमन पक्षधरलाई एकताबद्ध गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेतृत्वदायी

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • ३,२७३ पटक पढिएको
    • छाल खबर
  • वामदेवको पार्टीद्धारा तीन पार्टीसँग एकता वार्ता गर्ने

    छाल खवर काठमाडौं,२२ माघ ः नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले तीन पार्टीसँग सम्मानजनक पार्टी एकता वा वामपन्थी एकताका लागि वार्ता गर्ने भएको छ । सो पार्टीको शनिवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गौतमले जानकारी दिए । नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी पार्टीहरूसँग सम्मानजनक पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउने’, बैठकको पहिलो निर्णय छ । त्यस्तै सम्मानजनक एकीकरण हुन नसक्ने अवस्थामा वार्ता प्रयत्न बन्द गरी आफ्नो पार्टीलाई सुदृढ गर्न अभियानमा लाग्ने दोस्रो निर्णय छ । वामपन्थी एकतामा सामेल हुन दृढ प्रयत्न गर्ने तथा स्थायी कमिटी बैठकका

    • प्रकाशित मितिः माघ २२, २०७९
    • १,७५८ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना ,स्वास्थ्य अवस्था सामान्य

    छाल खवर काठमाडौ,धरान,२० माघ ः अचानक वेहोस भएपछि नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएकाछन् । भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिएकाछन् । भुसाल शुक्रबार दिउँसो गाडी चलाइरहेका बेला अचानक बेहोस भएका थिए । चालकलाई छेउको सीटमा राखेर आफैँ गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा अचानक बेहोस भएको उपाध्यक्ष सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार गाडी भित्तामा ठोक्किँदा चालक सामान्य घाइते भएका छन् भने अरुलाई केही भएको छैन । नेता भुसाललाई मीनभवन स्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०७९
    • २,४४० पटक पढिएको
    • छाल खबर
  • रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

    छाल खवर काठमाडौं, १५माघः नागरीकता विवादमा तानिएका निर्वतमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले जानकारी दिएकाछन् । बोहराका अनुसार सर्वोच्चको आदेश अनुसार लामिछानेको पुननागरिकता कायम भएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको जानकारी दिइन् । लामिछानेको नयाँ नागरिकता जारी भएपनि नागरिकता नम्बर भने पुरानै कायम छ । अमेरिकी नाग

    • प्रकाशित मितिः माघ १५, २०७९
    • २,०८० पटक पढिएको
    • छाल खबर
  • घनश्यामपछि वामदेव र भीम रावललाई भित्र्याउने माधव नेपालको तयारी

    छाल खवर काठमाडांै,धरान,१२माघः केही दिन अघि वामपन्थि नेता घनश्याम भुसाललाई पार्टीमा प्रवेश गराएको नेकपा एकीकृत समाजवादीले विभिन्न पार्टी र वामपन्थी नेताहरूलाई पार्टीमा भित्र्याउने अभियान नै चलाएको छ । माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याएको थियो । सो पार्टीले निकट भविष्यमै अर्का नेता वामदेव गौतमलाई पनि भित्र्याउने तयारी थालेको वुझिएको छ । एकीकृत समाजवादीले माघ २१ र २२ गते महत्त्वपूर्ण निर्णय गर्न भन्दै केन्द्रीय कमिटी बैठक बोलाइसकेको छ । उक्त बैठकले यसअघि पार्टीका अन्य कमिटीले गरेका निर्णय अनुमोदनदेखि जसपालगायतका अन्य पार्टी र व्य

    • प्रकाशित मितिः माघ १२, २०७९
    • ४,५६८ पटक पढिएको
    • छाल खबर
  • दुई कपडा पसलमा छापा

    छाल खवर विराटनगर ,५ माघ ःराजस्व अनुसन्धान एकाइ कार्यालय, इटहरीको टोलीले बुधबार विराटनगरका दुई कपडा पसलमा छापा मारेको छ । विराटनगर–९, मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका वस्त्रालयमा सो टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार र कर छली गरेको सूचनाका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका सूचना अधिकारी एवं अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो । नन्दुकिशोर तापडिया र किसन तापडियाले सञ्चालन गरेको नारायण स्टोर भारतको जोगबनीमा समेत रहेको छ । खुला सीमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याउने गरेको आरोप यी पसललाई लाग्दै आ

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १,९९२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic