छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस्तार गर्र्ने तयारी गरेको छ । विस्तारीत मन्त्री परिषदमा चार जना मन्त्रीहरुको नाम टुंगो लागेको हो । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो । ‘चार
छाल खवर धरान,८ कार्तिक ः कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ । एकता वार्तामा सहभागी नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणमा कुनै विमति छैन । नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको वार्ता टोलीका एक सदस्यले नेपाल प्रेसलाई बताए । निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । प
छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ को एकताको प्रथम अधिवेशन सम्पन्न भएको छ । अशोज २६ गते विराटनगरमा जसपा नेपालको प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले दिपक याक्खाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको तीन उपाध्यक्षमा उपाध्यक्ष हस्तशोभा राई,अनिल ठाकुर र विष्णु कुमार लावतीलाई चयन गरेको छ । समितिको मुख्य सचिवमा भने घनश्याम कटुवाल निर्वाचित भएकाछन् भने ३ सचिवमा आईत चेम्जोङ, मनोज यादव, दिपेन्द्र रुम्दाली राईलाई निर्वाचित गरेको छ भने कोषाध्यक्षमा केशव जबेगु चयन भएकाछन् । त्यस्तै खुल्ला सदस्यहरुमा जिवनेश्वर यादव,भरत किराती,सागर सरगम चेम्जोङ,अ
छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लिन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन कार्यालयमा दल दर्ता गराएकाछन् । साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीको अध्यक्षमा आफै रहेको निर्वाचन आयोगले जनाएको छ । साम्पाङको पार्टीमा ५ सदस्यीय पदाधिकारी र २३ जना केन्द्रीय सदस्य रहेकाछन् । साम्पाङले असोज ७ मा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । उनले चुनाव चिन्ह माटोको ढिस्को प्रस्ताव गरेको आयोजले जनाएको छ । आयोगले स्रोतका अनुसार उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा
छाल खवर धरान,६ असोजः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए । निवर्तमान प्रधानमन्त्री खड्ग प्रसाद ओलीले कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई निर्देशकमा नियुक्ती गरे
फणीन्द्र नेपालकाठमाडौं,३१ भाद्रः सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनप्रति प्रायस् सबै दल सकारात्मक देखिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गरेको थियो । उक्त घोषणालाई सुरुमा प्रमुख दलहरूले स्वीकार गरेका थिएनन् । तर पछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले तोकिएको मितिमा चुनाव हुनुपर्ने भन्दै त्यसका लागि सहयोग गर्न तयार रहेको बताउन थालेका छन् । प्रमुख तीन ठुला दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०, जनता सम
छाल खवर धरान,३० भाद्रः भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोड घटनामा संलग्नलाई कार्वाही गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान उपमहानगर कमिटीले तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । धरान उपमहानगर कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा सुनियोजित रुपमा पार्टी कार्यालयमा तोडफोड गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको हो । शान्तिपूर्ण आन्दोलनकारीको आवरणमा पार्टी कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा कार्यालयमा आक्रमण गरिएको आरोप विज्ञप्तिमा लगाईको छ । विज्ञप्तिमा आगजनी, तोडफोड र अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको माग गरिएको छ।
छाल खवरधरान,३० भाद्रः सोमबार नवनियुक्त तीन मन्त्रीले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् । पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्य
छाल खवर धरान,३० भाद्रः जेन जि आन्दोलनबाट ठूला राजनीतिक पार्टीका नेताहरु मौन रहेको अवस्थामा नेकपा एमालेका नेता गोकुल बास्कोटाले भने पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । बास्कोटाले आफ्नो फेसबुकमा लेख्दै भनेकाछन् ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’ बास्कोटाले राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्न नसक्ने कुरा स्पष्ट पारेकाछन् । ‘समय, परिवेश,
छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तयार हुदासम्म १५ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिएकाछन् । मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जना छन् । प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको भेटिएको छ । ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको भेटिएको छ । कालि
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic