शिक्षा

    Showing २१-३० of ४५४ items.
  • माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

    छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह सम्पन्न भएको छ । स्कुलले गत वर्ष जस्तै यसवर्ष पनि पढाईका अतिरिक्त खेलकुदको भूमिका मानव जीवनमा महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन खेलकुदको आयोजना गरीएको हो । कितावी ज्ञानसंगै खेलकुदको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने कुराको शिक्षा दिन विद्यार्थीलाई साप्ताहिक खेलकुदको कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल प्रताप तामाङले वताए । उक्त खेलकुद सप्ताहमा स्वास्थ्य नै धन हो भन्ने मुल मर्म विद्यार्थीहरुलाई बुझाउने प्रयास गरिएको प्रिन्सिपल तामाङको भनाई रहेको छ । खेलकुदबाटै स्वास्थ्य जीवन प्राप्त हुन्छ भन्ने कुरालाई

    • प्रकाशित मितिः चैत २, २०८२
    • ११,८०६ पटक पढिएको
    • छाल खबर
  • सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार प्रविधिमैत्री शिक्षामा जोड

    छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तरलाई थप मजबुत र आधुनिक बनाउन भौतिक पूर्वाधारहरू तिव्र विस्तार गरेको छ। विद्यालयले २१औँ शताब्दीको डिजिटल युग सुहाउँदो व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र सेमिनार हल सञ्चालनमा ल्याएको हो । विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै विद्यालयले हालै ५० भन्दा बढी कम्प्युटर रहेका दुईवटा अत्याधुनिक कम्प्युटर ल्याब र आधुनिक उपकरणसहितको विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ। साथै, विभिन्न शैक्षिक कार्यशाला र प्रस्तुतीकरणका लागि १०० जना क्षमताको सुविधायुक्त सेमिनार हल

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २,७५५ पटक पढिएको
    • छाल खबर
  • रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयोग

    छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द्र धरान १५ र जनजागरण बाल विकास केन्द्र धरान २० देवीगाउका २५÷२५ जना नानीहरूलाई रोटरी क्लब अफ धरान घोपाले धरान–१५ बगरकोटस्थित सिलाम साक्मा बालविकास केन्द्र र जनजागरण बालबिकास केन्द्र धरान २० देवीगाउको बालविकास केन्द्रका बालबालिकालाई मङ्गलबार विद्यालय झोला, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ।  विद्यालय प्रयोजनको लागि आवश्यक व्याग तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरेको क्लवका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिएकाछन । क्लबले बालबालिकाको शैक्षिक सहजताका लागि उक्त सहयोग हस्तान्तरण गरेको हो। कार्

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २३५ पटक पढिएको
    • छाल खबर
  • देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

    छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा कार्यक्रको आयोजना गरी अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले वडा नम्बर ५ मा स्थापना भएको यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै क्षेत्रकै अब्बल विद्यालयका रूपमा पहिचान बनाउन सफल भएको उल्लेख गरे। उनले आगामी दिनमा विद्यालयले अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक पृथ्वी रैका मगरले अभिभावकहरूको निरन्तर साथ र सहयोग कै कारण विद्यालय आज

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • १७२ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीलाई स्टेशनरी सहयोग

    छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअन्तर्गत बराहक्षेत्र–८ स्थित कोशि मा.बि.मा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई सोमबार स्टेशनरी सामग्री वितरण गरेको छ। विद्यालयमै पुगेर हिबिस्कस बाल क्लबका विद्यार्थीहरुले करिब २५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईका अनुसार विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर थोरै–थोरै रकम संकलन गरेका थिए। उक्त अभियानमा अभिभावकहरुको समेत सहयोग प्राप्त भएको उनले जानकारी दिए। सानै उमेरदेखि विद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभागी गराई समाजप्रति उ

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १,९०१ पटक पढिएको
    • छाल खबर
  • प्लस टु वतृत्वकलामा २० छनौट

    छाल खवर धरान,३ फागुन ःधरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण धरान(८ स्थित सहिद स्मृति मा।बि।को सभाहलमा आइतबार सम्पन्न भएको छ । धरानभरिका ११ वटा प्लस टु बाट २० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताबाट १८ जना फाइनल चरणका लागि छनोट भएका छन्। फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती मा.बि, पानवाराका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन मा।बि।का सुसन राई र निशा मगर, पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्। यसैगरी विष्णु मेमोरियल मा।बि।का सार्थक निरौला र स्वेच्छा आचार्य, चन्द्र संस्कृत मा.बि, का केवल मिश्र र सुमन भट्टराई, डिपोट मा.बि

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • १,५६९ पटक पढिएको
    • छाल खबर
  • ​सिद्धार्थ शिशु सदन स्कुललाई दुई उपाधी

    छाल खवर धरान,३ फागुन ः सिद्धार्थ शिशु सदन स्कुल धरान–१६ ले प्राज्ञिक र खेलकुद दुवै क्षेत्रमा जिल्ला स्तरीय प्रतियोगितामा सफलता हासिल गरेको छ। प्याव्सन सुनसरीले आयोजना गरेको अन्तर नगरपालिका जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा सिद्धार्थ शिशु सदनले जिल्लाभरकै २० उत्कृष्ट विद्यालयहरूलाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल वनेको छ । ​धरान, इटहरी, दुहबी, रामधुनी, गढी र बराहक्षेत्र नगरपालिकाका उत्कृष्ट विद्यालयहरू सहभागी रहेको उक्त स्पर्धामा सिद्धार्थका विद्यार्थीहरू प्रथम हुन भएका थिए । प्रतियोगितामा सिदार्थका कक्षा ५का मुआज शाक्य,अभिज्ञ खतिवडा, र कक्षा ४ का कृषा ढकालले प्रथम उपाधी हात पार

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • ८५६ पटक पढिएको
    • छाल खबर
  • नेवा च्यारीटी एजुकेशन फन्टद्धारा छात्रवृत्ति वितरण

    छाल खवर धरान,२५ माघ ः धरान रन नेवाः च्यारीटी एजुकेशन फण्डले १३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । छात्रवृत्ति पाउने विद्यार्थीहरुमा किरातेश्वर मा.वि.का नेहाम कार्की,पञ्चायत मा.वि.की उषा राई,ल्यावोरेटरी मा.वि.का असिम राई,निकेतन मा.वि.का नमुना कठेत रहेकाछन् । त्यसैगरी सदन मा.वि.का सोलिट राई,पञ्चकन्या मा.वि.का सर्मपण राई,किरातेश्वर मा.वि.की मनिता घलानी,निकेतन मा.वि.का तोहीद अन्सारी,सम्यक आधारभूत विद्यालयका सोया लामा,निहाङ्ग राई,किरातेश्वरका दिपाकुमारी चौधरी,शिक्षा ज्योति आ.वि.का सिमोन तामाङ्ग,ल्यावोटरीका विनिता भुजेल रहेकाछन् । नेवा च्यारीटी ट्रष्टले हरेक वर्ष आयोजना गर्दै आएको

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २,१६४ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

    छाल खवर धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्मान गरेको छ । हिबिस्कस बाल क्लबद्वारा आज सहिद दिवसको अवसरमा सहिदहरुको तस्बिरमा माल्य अर्पण दिपप्रज्वलन गरी  सम्मान गरेको हो । जनताको मुक्तिको लागि र व्यवस्था परिवर्तनको लागि आफ्नो ज्यानको आहुति दिने अमर शहिदहरुर्ला सम्मान गरी कार्यक्रमको आयोजना गरीएको बाल क्लवकी अध्यक्ष आस्था उदाशले वताइन । शहिदहरुले सत्यको बाटोमा हिडन र अन्याय विरुद्ध लडनको लागि देखाएको बलिदानीका विषयमा विद्यार्थीहरुलाई जानकारी दिन कार्यक्रमको आयोजना गरीएको निर्देशक गंगाराम राईले जानकारी दिनुभयो । विद्यार्थीहरुले जहानिया राण शासन विरुद्धमा आफ्न

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २,५०१ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उपचारमा छुटको सुविधा

    छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ स्थित एक शैक्षिक संस्था यस्तो छ, जसले विगत दशकदेखि हजारौं विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन निरन्तर योगदान पुर्‍याउँदै आएको छ त्यो हो, हिविस्कस इङ्लिस बोर्डिङ स्कुल।स्थापना कालदेखि नै शिक्षा, अनुशासन र नैतिकताको त्रिभुजमा केन्द्रित भई संचालनमा आएको यस विद्यालयले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। यहाँ पठनपाठन मात्र होइन, विद्यार्थीको समग्र विकासमा जोड दिइन्छ — यही विशेषता हिविस्कस स्कुललाई धरानको अग्रणी शिक्षालयका रूपमा उभ्याउने कारक बनिरहेको छ। स्कुलको स्थापना र उद्देश्य हिविस्कस इङ्ल

    • प्रकाशित मितिः माघ ८, २०८२
    • २,५९४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic