समाज

    Showing ३०१-३१० of ४१५ items.
  • अन्तरजातीय विवाह गर्ने जोडीहरु सम्मानीत

    छाल खवर धरान,१५ चैत ःजातीय विभेदको अन्त्य गर्दै समाजमा चेतनाको विकास गर्ने उदेश्यले दलित विकास समिति धरानले २ जना दलित अगुवासहित अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । समाज विद्यमान जातीय विभेदलाई अन्त्य गर्नको लागि चेतनाको लागि यो अभियानलाई गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरीएको हो । दलित समुदायको हितमा काम गर्दै आएका पूर्व वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा र नरमाया परियारलाई दलित अगुवा स्मृति समाज सुधार सम्मान गरिएको थियो । उनीहरुलाई १० हजार ५ सय रुपैया नगदसहित सम्मान पत्रले सम्मान गरीएको विकास समितिका संयोजक किशोर परियारले जानकारी दिए । सोही कार्यक्रममा अन्तरजात

    • प्रकाशित मितिः चैत १५, २०७७
    • ४,२११ पटक पढिएको
    • छाल खबर
  • सभामुखद्धारा होलीको शुभकामना व्यक्त

    छाल खवर धरान,१५ चैत ः प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले होली पूर्णिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभाभुख भण्डारीले आइतवार शुभकामना सन्देश जारी गर्दै सवैमा शुभकामना सन्देश दिनु भएको हो । सभाभुख भण्डारीले वसन्त ऋतुलाई स्वागत गर्दै रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने रङहरुको पर्व होली फागु पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गर्नुभएको छ । उहाले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–इष्टमित्र एकआपसमा रङमा रङ्गिएर असत्य माथी सत्यको विजयोत्सव माया प्रेमको प्र

    • प्रकाशित मितिः चैत १५, २०७७
    • ३,११५ पटक पढिएको
    • छाल खबर
  • काठमाडौलाई विर्साउने हिटी चतरामा निर्माण हुने

    छाल खवर धरान,१२ चैत ः पुराना पुस्तालाई हिटीको वारेमा जानकारी भएपनि नया पुस्तालाई भने हिटीको वारेमा थाहा छैन ।नया पुस्तालाई हिटीको वारेमा जानकारी र सेवा दिने उदेश्यले सुनसरीको वराहक्षेत्र स्थित चतरामा हिटी (ढुङगे धारा) निर्माण हुने भएको छ ।प्रथम जगतगुरु पीठमा प्राचिन शैलीको हिटी (ढुङगे धारा) निर्माण गरीने भएको हो । हिटी काठमाडौं बाहिर पूर्वमा पहिलो पटक श्रीराधा सर्वेश्वर हिटी बुधवार एक कार्यक्रमका वीच शिलान्याश गरीएको छ ।हिटीको शिलान्याश विश्व हिन्दू परिषद् नेपाल, धरानका अध्यक्ष देवराज अधिकारी तथा काठमाडौंका कवि तथा साहित्यकार नरेन्द्र श्रेष्ठले गरेका थिए ।विश्व हिन्दु परिषदको अगुवाईमा निर्मा

    • प्रकाशित मितिः चैत १२, २०७७
    • ३,०२५ पटक पढिएको
    • छाल खबर
  • भोजपुर सदरमुकाममै बढ्न थाल्यो खानेपानी समस्या

    छाल खवर भोजपुर,१० चैत ः सुख्खायाम सुरु भएसंगै मुहानको पानीको सतह घटेपछि सदरमुकाममा खानेपानी समस्या थपिएको छ । नयाँ खानेपानी आयोजनाको खानेपानी पनि नआउनाले समस्या दिनानुदिन बढ्दै गएको हो । पर्याप्त खानेपानी आपूर्ति विद्यार्थी, गृहिणीलाई बढि सास्ती छ । खानेपानी अभावले सहरीकरण, पुर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव पारेको छ । करिब १६ सय घरधुरी उपभोक्ता रहेको सदरमुकामलाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितीले दैनिक २ लाख लिटर मात्रै पानी वितरण गरिरहेको छ । दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भएपनि मुहानको पानी घटेकाले समितीले दुई प्याकेजमा दिनको समयान्तरालमा खान

    • प्रकाशित मितिः चैत १०, २०७७
    • ३,६१५ पटक पढिएको
    • छाल खबर
  • तामाङ घेदुङ दुहवीमा योञ्जन

    दुहवी, ६ चैत्रः तामाङ जातिको साझा जातिय संस्था नेपाल तामाङ घेदुङको सुनसरीस्थित दुहवी नगरपालिका कार्यसमितिको अध्यक्षमा कुष्ण योञ्जन सर्वसम्मत चयन भएकाछन् । । नेपाल तामाङ घेदुङ सुनसरीको अध्यक्ष सुरज लामा पाख्रिनको अध्यक्षतामा सम्पन्न प्रथम भेलाले योञ्जनको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । भेलामा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का कोषाध्यक्ष जानुकला पाख्रिन लगायतले मन्तव्य राखेका थिए । भेलाले उपाध्यक्षमा सन्तोष थिङ र गीतादेवी तामाङ, सचिवमा मिलन स्याङवो, कोषाध्यक्षमा प्रमिला ब्लोन, सहसचिवमा अमर घिसिङ र सदस्यमा सीता घिसि

    • प्रकाशित मितिः चैत ७, २०७७
    • ३,७६३ पटक पढिएको
    • छाल खबर
  • नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

    छाल खवर उदयपुर, ५ चैत ः पढदा धेरैलाई अनौठो लाग्नसक्छ तर वास्तविक घटना नै भएको छ । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावास सहित ४० हजार रूपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । त्यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ । गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा

    • प्रकाशित मितिः चैत ५, २०७७
    • ९०८ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ स्तरीय तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

    छाल खवर धरान,५ चैत ः धरानमा प्रदेश १ स्तरीय तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । विजयपुर खबर डट कम र हार्ट एफएम ८७.६ मेगाहर्जको सयुक्त आयोजनामा तालिम आयोजना गरीएको थियो । स्वतन्त्र ,निस्पक्ष र सिर्जनशील पत्रकारिता आजको आवश्यकता भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा प्रदेश १ का ४० जना भन्दा वढी युवा युवति सहभागी रहेका थिए । उक्त तािलमा सुनसरी,मोरङ, झापा, उदयपुर, धनकुटा, सप्तरी, सिरहा, इलाम लगायतका जिल्लाबाट युवायुवतीहरुको सहभागीता रहेको तालिमका सहयोगी संस्था सि.ईं नेपालका प्रतिनीधि तथा विजयपुर खबर डट कमका सहसम्पादक कुवेर गुरुङले जानकारी दिए । तालिमको सहजिकरण नेपाल पत्रक

    • प्रकाशित मितिः चैत ५, २०७७
    • २,५४१ पटक पढिएको
    • छाल खबर
  • नेवा पत्रकार राष्ट्रिय दवू सुनसरीमा मोहन

    छाल खवर धरान,४ चैत ः नेवार समुदायको पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दवूः जिल्ला कार्य समिति सुनसरीको पाँचौ अधिवेशन बुधवार धरानमा सम्पन्न भएको छ । अधिवेशनले धरानका क्रियाशिल पत्रकार मोहन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा रश्मी प्रधानलाई चयन गरेको छ । त्यसैगरी अधिवेशनले सौरभ श्रेष्ठ, अनिल श्रेष्ठ,अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठलाई सदस्यमा निर्वाचित गरेको निर्वाचन अधिकृत महेश श्रेष्ठले जानकारी दिएकाछन् । नव निर्वाचित सम

    • प्रकाशित मितिः चैत ४, २०७७
    • २,५२२ पटक पढिएको
    • छाल खबर
  • बलात्कारको आरोप लगाएर पुरुष फसाउन खोज्ने सुर्खेतकी महिलालाई साढे ३ वर्ष जेल

    छाल खवर सुर्खेत ,३ चैत ः आफूलाई एक सरकारी जाँगीरेबाट पटक पटक बलात्कार भएको भन्दै झुटो उजुरी दर्ता गराउने एक महिलालाई तीन साढे तीन वर्ष कैद सजाय सुनाइएको छ । वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला सुनाएको हो । सोमवार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिए । स्रेस्तेदार बाँस्कोटाका अनुसार वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालय सुर्

    • प्रकाशित मितिः चैत ३, २०७७
    • २,३६५ पटक पढिएको
    • छाल खबर
  • एकल महिला र जेष्ठ नागरीक र विपन्नलाई चामल वितरण

    छाल खवर धरान,२५ फागुन धरान–५ ठिङ्गाबारी,देउराली र देवीगाउँका एकल महिला, जेष्ठ नागरिक तथा निम्न आय भएका १५ घरधुरीलाई चामल वितरण गरीएको छ । १११ औं विश्व श्रमिक महिला दिवस २०२१ को अवसरमा १ सय ७५ केजी चामल वितरण गरिएको आयोजकले जनाएको छ । विश्व शान्ति महिला संघ, नेपाल सुनसरी शाखाले निम्न आय भएका परिवारलाई खाद्यान्न वितरण गरेको हो । आयोजक संस्थाकी सुनसरी अध्यक्ष सीता सुब्बा खापुङका अनुसार उक्त सहयोग आइ आर एफ एफ जर्मनले उपलब्ध गराएको हो । सो कार्यक्रममा धरान–५ की वडा सदस्य शान्ति देवी राई प्रमुख अतिथि रहेकी थिइन भने वडा सदस्य हेमकुमारी विश्वकर्मा विशेष अतिथि रहेकि थिइन । विश्वकर्मा

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • २,९२९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic