समाचार

    Showing ६८१-६९० of १,५८८ items.
  • धरानमा प्रदेशस्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता

    छाल खवर धरान,१८ माघ ः धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२गतेसम्म आयोजना हने भएको हो । आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् । धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान,झापा,मोरङ,इलाम,उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् । पत्रकार

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ४,७५५ पटक पढिएको
    • छाल खबर
  • देशको आर्थिक संकट बारे एकीकृत समाजवादीले प्रधानमन्त्री समक्ष बुझायो ध्यानाकर्षण पत्र

    छाल खवर काठमाडौ.,१७ माघः नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक संकट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताले देशको अर्थतन्त्र गम्भीर संकट तर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्न समेत धौधौ भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । एकीकृत समाजवादीले जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ । मजदुर, किसा

    • प्रकाशित मितिः माघ १७, २०७९
    • ३,५२१ पटक पढिएको
    • छाल खबर
  • बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न मैत्रीपुर्ण फुटबल

    छाल खवर धरान,१७ माघ ःअन्तर्राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्दै आएको धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न सोमवार मैत्रीपुर्ण फुटबल आयोजना गरेको छ । फागुन १३ गतेदेखि हुन लागेको २३ औं टुबोर्ग बुढासुब्बा गोल्डकपको प्रर्वद्धनको लागी उक्त मैत्रीपुर्ण खेल गरिएको हो । नगर प्रमुख हर्कराज राईको कप्तानीमा उपमहानगरपालिकाको टोली र किशोर राईको कप्तानीमा पुर्वराष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीबीच खेल भएको सो खेल धरान–१६ स्थित रंगशालामा भएको थियो । खेलमा आयोजक धरान फुटवल क्लवको टिमलाई २–० को अन्तरले गोलगरी उपमहानगरपालिकाको टोली २–० विजयी बनेका थियो । उपमहानगरक

    • प्रकाशित मितिः माघ १७, २०७९
    • २,८९६ पटक पढिएको
    • छाल खबर
  • वन उपभोक्तालाई रेकर्ड किपिङ र लेखा व्यवस्थापन तालिम

    छाल खवर धरान,१७ माघ ः धरान क्षेत्रका सब डिभिजन बन कार्यालय, बिष्णुपादुका, धरानले सामुदायिक वनका पदाधिकारीहरुलाई एक दिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम दिएको छ । कार्यालयले १६ वटा सामुदायिक वन उपभोक्ता समूहका १६ वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, सल्लाहकार समितिलाई सो तालिम दिएको हो । तालिममा ५० जनाको सहभागीता रहेको थियो। तालिममा सहभागीहरूलाई बैठक सञ्चालन,रेकर्ड किपिङ, पत्राचार, फाईलिङ, माइन्युट लेखन, अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो । त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका, २०७३ बमोजिम सामुदायिक वनहरूले

    • प्रकाशित मितिः माघ १७, २०७९
    • ३,१४९ पटक पढिएको
    • छाल खबर
  • रोटरी क्लव र रोट्याक्ट क्लवद्धारा आयोजित रक्तदानमा ८० पिन्ट रगत संकलन

    छाल खवर धरान, १६ माघ ः रोटरी क्लव अफ धरान र रोट्याक्ट क्लव धरानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लवले नियमित कार्यक्रम अन्र्तगत कार्यक्रमको आयोजना गरेको हो । भानुचोकमा आयोजित कार्यक्रममा ८ पिन्ट रगत संकलन भएको रोटरी क्लव अफ धरानका पूर्व सभापति सुरेन्द्र स्थापितले जानकारी दिएकाछन् । क्लवले आयोजना गर्ने गरेको नियमित कार्यक्रम अन्र्तगत रक्तदान आयोजना गरीएको स्थापितको भनाई रहेकोछ । सो कार्यक्रममा धरान सिटी कलेजका विद्यार्थीीहरुले सहभागिता जनाएका थिए ।

    • प्रकाशित मितिः माघ १६, २०७९
    • १,९५५ पटक पढिएको
    • छाल खबर
  • प्रदेशस्तरीय पाचौं पुष्प प्रदर्शनी व्यापार मेला माघ २५ गतेबाट

    छाल खवर धरानः फूलवारीको शहर उपनामले परिचित धरानमा माघको अन्तिम साता प्रदेशस्तरीय पाचौं पुष्प व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ । आयोजकले सोमवार धरानमा पत्रकार सम्मेलन गरी सो मेला सञ्चालन हुने वारेमा जानकारी दिएको हो । आयोजकले दिएको जानकारी अनुसार माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुने सो मेला पव्लिक स्कुलको खेल मैदानमा हुनेछ । पाच दिनसम्म सञ्चालन हुने सो मेलाको प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ । फ्लोरिकल्चर एसोसिएसन सुनसरीले पत्रकार सम्मेलन गरी स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ । । धरानलाई फूलबारीक

    • प्रकाशित मितिः माघ १६, २०७९
    • २,४०० पटक पढिएको
    • छाल खबर
  • एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

    छाल खवर काठमाडौं,१४ माघ ः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो । बोर्डले शनिवार परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डको तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ३,०६६ पटक पढिएको
    • छाल खबर
  • धरानमा सुमेधाको शाखा उद्घाटन, उत्कृष्ट सेवा दिने प्रतिवद्धता

    छाल खवर धरान, १३ माघ ः विश्वको विभिन्न मुलुकमा उच्च शिक्षा अध्यय्नका लागि नेपालबाट विद्यार्थी पठाउदै आएको सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को धरानमा शाखा उद्घाटनभएको छ। बिहिबार सरस्वती पुजाको अवसर पारेर धरानमा शाखा बिस्तार गरीएको प्रा.लि.का सि.ईओ. एबम संस्थापक सुरेन्द्र घिमिरेले बताए।सन २०१७ मा इटहरीको आईतबारेमा स्थापना भएको प्रा.लि.ले ६ बर्षको अनुभव र सफलताले धरानमा सेवा बिस्तार गर्न उत्प्रेरित गरेको सि.ई.ओ. घिमिरेले बताए। प्रा.लि को धरान शाखा कार्यालय धरान( १० पुतली लाइन स्थित लोटस प्लाजाको चौथो तलामा रहेको छ। प्रा.लिले यु.के.अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देसमा रहेका बिश्वबिद्यालयहर

    • प्रकाशित मितिः माघ १३, २०७९
    • ३,२४८ पटक पढिएको
    • छाल खबर
  • सरस्वती पुजाकाे अवसरमा द डान्स गार्डेन धरानकाे उद्धाटन तथा सम्मान कार्यक्रम

    छाल खबर   धरान । द डान्स गार्डेन धरानको औपचारिक रुपमा उद्धाटन भएको छ । गार्डेनको हलमा गरिएको हिजो भएको उद्धाटन धरान उपमहानगरपालिका का वडा नं १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले तथा कार्यक्रको विशेष अतिथि धरान उपमहानगरपालकिाका वडा नं ९ का पुर्व वडाध्यक्ष रत्न बहादुर कट्वाले रिबन काटेर पानसमा बत्ती बालेर उद्धाटन गरिएको हो ।   द डान्स गार्डेन द्धारा उद्धाटनका साथसाथै सरस्वती पुजाको पवन अवसरमा द डान्स गार्डेन एकल नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ ।   प्रतियोगितामा प्रथम साया राई, दोस्रो सेरुङ याख्या, तेस्रो ईमा याख्खा भएका थिए । प्रथम दोश्रो र दोश्रो लाई नट्राजको मुर्ति,

    • प्रकाशित मितिः माघ १३, २०७९
    • ४,३२४ पटक पढिएको
    • छाल खबर
  • आफ्नै निर्णयमा पछि हट्यो सरकार क्रसर खोल्न दिने सरकारको निर्णय

    छाल खवर काठमाडौं,१२ माघः सरकारले गरेको निर्णय एक महिना पछि वित्न नपाउदै उल्टीएको छ । सरकारले क्रसर उद्योगहरु खुल्न नदिने भनि गरेको निर्णय एक महिना पुग्न नपाउदै उल्टीएको हो । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो तर एक महिना पनि नपुग्दै सरकार पछि हटेको छ । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेको प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ

    • प्रकाशित मितिः माघ १२, २०७९
    • २,५९१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic