छाल खवर धरान,२५ चैत ः हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशन धरानमा सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा शनिबार धरान १४ स्थित हुक्पा चोङवाङ पार्कमा अधिवेशनमा सम्पन्न भएको हो । उपप्रमुख बेघाले च्याब्रुङ बजाएर कार्यक्रमको समुदघाटन गर्दै चोङवाङ प्रतिभा र सृजनाका फुलहरु पुस्तक बिमोचन समेत गरेका थिए । चोङवाङ समाजले बंशज उत्थानको कार्य गर्दे कठिन परिस्थीतिमा पनि सामाजिक कार्यमा योगदान गरेको भन्दै अझै निरन्तरताको कामना गरेका थिए । कल्याण संघले फेदाङ गाउपालिकामा ८ आना जग्गा प्रदान गर्ने जग्गादाता मान बहादुर रेग्मीलाई लगायत धरान १४ बिज
छाल खवर धरान,२० चैत ः सहकारी समन्वय समिति धरान नगर समितिले ६६ औं सहकारी दिवसका अवसरमा तीजनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा उत्कृष्ट सहकारीतर्फ धरान १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लि. लाई उत्कष्ट सहकारी सम्मान गरीएको थियो भने सहकारी अभियान्तको रुपमा धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमलाई सम्मान गरीएको थियो । संचारक्षेत्रबाट योगदान गरेको भन्दै संचारकर्मी रस्मी प्रधानलाई सम्मान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यकारी अधिकृत मात्रृका भट्टराईले विषम परिस्थितिमा सहकारी शेयर सदस्य तथा वचतकर्ताहरुको मनोवल उच्च वनाउने गरी काम गर्नुपर्नेमा जोडदिएका थिए ।
छाल खवरधरान,१७ चैत ः नेवार एकता समाज केन्द्रीय समितिले आफ्नो वार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । समाजले विहिवार धरानमा पत्रकार सम्मेलन गर्दै आफ्नो वार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको हो । समाजका अध्यक्ष महेश श्रेष्ठले समाजले पहिलो चरणमा बालबालिका तथा किशोर, किशोरी विकाश सम्बन्धी सङ्घ, संस्थाहरूसँग समन्वय गरेर विद्यालय तथा जनस्तरमा जनचेतना मूलक कार्यक्रम गर्नेकार्यक्रम तय भएको जानकारी दिएकाछन् । विपन्न तथा असहाय उच्चशिक्षा अध्ययन अध्ययनबाट वञ्चित युवा, बालबालिकालाई अध्ययन गर्ने व्यवस्था तथा बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावकलाई अभिप्रेरित गर्ने अभियान सञ्चालन गर्नेछ ।
छाल खवर धरान,१६ चैतः नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा सुनसरीमा एकसाथ दुइ स्थानमा प्रभातफेरी गरी मनाइएको छ । संघलाई महासंघ वनाउने संस्थापक जिल्लाको रुपमा रहेको सुनसरीमा धरान र इटहरीमा प्रभातफेरीको आयोजना गरी स्थापना दिवस मनाईएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा दुइस्थानमा कार्यक्रमको आयोजना गरीएको थियो । प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायिक पत्रकार भन्ने नाराका साथ पत्रकारहरूले प्रभातफेरी गर्दै मनाएका छन् । धरान उपमहानगरपालिका अगाडिबाट शुरु भएको प्रभातफेरी छाताचोक हुँदै भानुचोकमा पुगेर समापन गरीएको थियो । कोणसभालाई वरिष्ठ पत्रकार हर्ष सुब्बा र भीम ज्व
छाल खवर धरान,१५ चैत ः सुुनसरी जिल्ला स्ट्रेन्थलिफ्टिङ संघले दुुइजना विजेता खेलाडीलाई सम्मान गरेको छ । संघले दुुइवटा खेलमा विजेता हुन सफल खेलाडीहरुलाई एक कार्यक्रमकावीच सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा संस्थापक अध्यक्ष कविर भगत प्रधानाङ्ग र जिल्ला सदस्य सन्दीप गिरी रहेकाछन् । कविरले हालै काठमाडौंमा सम्पन्न खुल्ला अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इनक्लिनिङ विनिच प्रेस च्याम्पिएनसिप २०२३ मा रजत पदक प्राप्त गरेका थिए भने अर्का सदस्य सन्दीप गिरीले धरानमा सम्पन्न हालै सम्पन्न चौथो मिस्टर कोशी च्याम्पिएनको उपाधि हात पारेका थिए । खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान गरीएको संघका सुन
छाल खवर धरान,१५ चैत ः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानले स्वर्ण महोत्सवका अवसरमा छात्रवासको उद्घाटन गरेको छ । स्वर्ण महोत्सवका अवसर पारेर क्याम्पसले छात्रहरूका लागि नयाँ छात्रवास भवनको उद्घाटन गरेको हो । भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दालहालले एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए । ६५ जना विद्यार्थीहरु वस्न मिल्ने सो छात्रवासको लागत ३ करोड १७ लाख रुपैयाको लागतमा निर्माण भएको क्याम्पसकी सहायक क्याम्पस प्रमुख बविता अधिकारीले जानकारी दिएकीछिन् । क्याम्पसमा यसअघि छात्राहरुका लागि मात्र छात्रावास थियो । क्याम्पसमा हाल विद्यार्थी भने करिब १ हजारको सङ्ख्यामा छन् ।
छाल खवर धरान,१७ चैतः हिविसकस इड्लिस वोडिड. स्कुल धरान १५ ले विद्यार्थीहरुलाई मःमः बनाउने तालिम आयोजना गरेको छ । स्कुलले कक्षा ८ का २३ जना विद्यार्थीहरुलाई मःमः बनाउने तालिम दिएको हो । विद्यार्थीहरुलाई कितावी ज्ञानको अतिरिक्त व्यवहारीक ज्ञान समेत दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलकी प्रिन्सिपल पार्वति लिम्वुले जानकारी दिइन । विद्यार्थीहरुलाई विद्यालयकी शिक्षिका सपना साहले तालिम दिएकी थिइन । विद्यार्थीहरुलाई मःमः बनाउने तालिम र सेवा दिने विषयमा तालिम दिइएको तालिम प्रशिक्षक साहले जानकारी दिइन । अभिभावकको साथमा विद्यार्थीहरुलाई तालिम दिदा पाउदा खुशी लागेको प्रिन्सिपल लिम्वुको भनाई र
छाल खवर धरान,१३ चैत ः नेपालको एक मात्र खाद्य प्रविधिको पढाई हुने केन्द्रीय प्रविधि क्याम्पस धरानले स्वर्ण जयन्ती मनाउने तयारी पुरा गरेको छ । २०३० सालमा स्थापना भएको क्याम्पसले ५० वर्ष पुरा गरेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती मनाउने तयारी पुरा गरेको हो । स्वर्ण जयन्तीका अवसरमा यस अघि विभिन्न खेलकुद लगायतका कार्यक्रम सम्पन्न भई सकेको सहायक क्याम्पस प्रमुख वबिता अधिकारीले वताइन् । अधिकारीका अनुसार वुधवार (भोली) विहान प्रभात फेरी र दिउसो स्थापना कालका संचालकहरुसंग अन्र्तक्रिया कार्यक्रम लगायत सास्कृतिक कार्यक्रमहरु संचालन हुनेछ । सो अवसरमा क्याम्पस परिसारमा वर्तमान क्याम्पस प्रमुख दिलकुमार लिम
जसकुमार राई कम्यूनिष्ट पार्टी भित्रका इतिहास खोकु छिन्ताङ र आँखिसल्ला (२०३६) र इलामका रत्नकुमार वान्तावा (२०३५) को ऐतिहासिक दस्तावेजमा खोज्नेक्रममा फेला परेका दुई ऐतिहासिक पात्रहरु अहिले धरानमा छन् । दुबैलाई आमने सामने देख्न पाए अनि उनीहरुको एक अर्कामा भएको ऐतिहासिकताको पुर्नपुष्टी भनौ वा नयाँ पुस्तामा प्रत्यक्ष साझा गर्न पाए । इतिहासले जहिले बर्तमानलाई निर्देशन गरिरहने अनि इतिहासले भविष्यलाई पनि गज्जबले प्रभाव पार्ने हैसियत राख्ने हुनाले यहाँ परदेश बसेर पनि घरदेशको सम्झनामा केही लेख्न मनलाग्यो । यी दुई पात्र हुन कवि बम देवान अनि नेता शुशिला श्रेष्ठ । श्रेष्ठ जनता समाजबादी पार्टीबाट प्र
छाल खवर धरान,३० फागुन ः आवरहोम इङ्लिस वोडिङ स्कुल धरान– १९ ले प्रवेशिका परिक्षा एसईइ दिने विद्यार्थीहरुलाई एक कार्यक्रमवीच विदाई गरेको छ । स्कुलले व्रिटिस गोर्खा कम्युनिटी हलमा कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरेको हो । कक्षा ८ की युजिना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्वु प्रमुख अतिथि रहेका थिए भने स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले स्वागत मन्तव्य गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले मायाको चिनो उपहार दिएका थिए । औपचारीक कार्यक्रम शिक्ष
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic