राष्ट्रिय

    Showing २०१-२१० of ३३४ items.
  • उद्योग बाणिज्य महासंघको निर्वाचन काठमाडौंको तीन स्थानबाट

    छाल खवर धरान,३० असोज ः उद्योगी व्यापारीको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन तीन स्थानबाट हुने भएको छ । मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न हुने ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन तीन स्थानमा हुन लागेको हो । उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुने महासंघले जनाएको छ । महासंघले दिएको जानकारी अनुसार १२ गते बन्द सत्र हुनेछ भने १३ गते निर्वाचन हुने महासंघले जनाएको छ। महासंघले दिएको जानकारी अनुसार महासंघ कार्यालय टेकु,नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहलमा निर्वाचनका कार्यक्रम तय गरीएको छ । वर्तमान वरिष्ठ उपाध्यक्

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • २,०५९ पटक पढिएको
    • छाल खबर
  • ओली सरकारमा तीन मन्त्री थपिए

    काठमाडौं २९, असोजः निकै लामो विवाद छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेकाछन् । प्रधानमन्त्री ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका हुन । उनले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन । ओलीले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेकाछन् । उनले अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेकाछन् । निकै चर्चामा रहेको सञ्चा

    • प्रकाशित मितिः असोज २९, २०७७
    • १,९५८ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति तय

      छाल खवर धरान,१६ असोज ः कोरोना महामारीका कारण दुइ पटक स्थगन भएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को साधारणसभा तेस्रो पटकका लागि तय भएको छ । महासंघको तेस्रो पटकका लागि तय भएको साधारण सभाको मिति मंसिर ११ र १२ गतेका लागि तय गरीएको छ । महासंघको साधारण सभा काठमाण्डौमा गर्नको लागि स्थान तय गरीएको महासंघले जनाएको छ । विहिवार बसेको कार्यकारी समितिको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई सदर गर्दै मंसिर ११ र १२ गते साधारणसभा गर्ने निर्णय गरेको हो । महासंघकी अध्यक्ष भवानी राणाले यसअघि पदाधिकारी बैठकले गरेको सिफारिस तथा चुनावको मोडालिटीलाई नै

    • प्रकाशित मितिः असोज १६, २०७७
    • २,७९८ पटक पढिएको
    • छाल खबर
  • विरोध पत्र कांग्रेस सिध्याउने खेल ः नेतृ सुजाता कोइराला

    छाल खवर काठमाडौं, १३ असोज ः कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति विरुद्ध दर्ता गराइएको विरोध पत्र कांग्रेस सिध्याउने खेल भएको बताएकी छन्। कम्युनिष्ट सरकारसँग जुध्नु पर्ने बेला आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको असहमतिपत्रप्रति कोइरालाले आफ्नो गभ्भिर असहमति रहेको बताएकी छन्। प्राइम टेलिभिजनमा कुरा गर्दै नेतृ कोइरालाले पौडेल समुहको विरोध पत्रमा आफुले असहमति छ भन्दा भन्दै हस्ताक्षर समावेश गराएको पनि दावी गरेकीछिन् । विरोध पत्रका विषयमा आफूले असहमति रहेको जानकारी गराएको समेत उनले स्पष्ट पारेकीछिन् । कांग्रेसभित्र आपसमै

    • प्रकाशित मितिः असोज १३, २०७७
    • १,४३५ पटक पढिएको
    • छाल खबर
  • वामदेव गौतम विरुद्ध सर्वोच्चमा रिट दर्ता

    छाल खवर धरान,५ असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्यको पद खारेजीको लागि सवोच्च अदालतमा उजुरी परेको छ । बर्दियाबाट प्रतिनिधिसभा चुनावमा पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरीएको थियो । गौतमको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले आइतबार पेश गरेको रिट निवेदनलाई सर्वोच्च प्रशासनले सोमबार दर्ता गरेको हो। अधिवक्ता त्रिपाठीका अनुसार निवेदनमा गौतमलाई सिफारिस गर्ने निर्णय बदर गर्न, उनलाई सांसदको हैसियतमा काम कारबाही गर्न रोक लगाउन माग गरिएको छ । प्रारम्भिक सुनुवाइका लागि ब

    • प्रकाशित मितिः असोज ५, २०७७
    • २,१२० पटक पढिएको
    • छाल खबर
  • आज बिहानै ६ रेक्टर स्केलको भुकम्प

    छाल खवर धरान,३१ भदौ ः बुधबार (आज) बिहानै नेपालमा भुकम्पको धक्का महशुस गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोको राम्चे रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा भुकम्प गएको थियो । सिन्धुपाल्चोक केन्द्रविन्दु भएपनि भूकम्पको धक्का काठमाडौं उपत्यका सहित आसपासका जिल्ला र पुर्वमा पनि महसुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो ।

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • १,४०२ पटक पढिएको
    • छाल खबर
  • विपी प्रतिष्ठान धरानका भूपू उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं,३० भदौ ः वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति डा. बलभद्र प्रसाद दासले झण्डै ८ करोड बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मंगलबार डा दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा विगो कायम गरी मुद्दा दायर गरेको हो । डा. बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसामात्र रहेको आयोगको ठहर छ । तर डा। दासले सोही अवधिभित्र। १५ करोड ३२ लाख ३ हजार ३५० रु

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • २,५२५ पटक पढिएको
    • छाल खबर
  • नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई प्रतिबन्ध

    छाल खवर धरान,३० भदौ ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घ संस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउन्डेसन, अध्ययन केन्द्रजस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो। नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घ संस्थामध्ये अधिकतरले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन–५ मा रोक लगाउने निर्देशन दिएको हो। केन्द्रमा भने कुनै रोक लगाइएको छैन। पुष्प

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • २,२८९ पटक पढिएको
    • छाल खबर
  • कुलमान नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद बैठकमै लगिएन

    छाल खवर धरान,३० भदौ ःसर्वाधिक चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.लाई पुर्न दोहोर्याउने चर्चा देशभर चलिरहदा सोमवार वसेको मन्त्री परिषद वैठकले भने प्रस्ताव नै पेस गरेन् । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्यि सभामा पठाउनको लागि निर्णय गर्ने र कुलमानलाई पुर्न कार्यकारी निर्देशकमा नियुक्ति गर्ने अपेक्षा आम नेपालीले गरेका थिए । सोमवारको मन्त्रीपरिषद वैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै गएन। भदौ २८ गते कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि प्राधिकरणको प्रवन्ध निर्देशक पद खाली छ।बैठकले कुलमानलाई नै पुन नियुक्ति गर

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • १,३१० पटक पढिएको
    • छाल खबर
  • आजको मन्त्री परिषद वैठकमा वामदेव र कुलमानबारे निर्णय हुने

    छाल खवर काठमाडौ,२९ भदौ ः आजको मन्त्री परिषद वैठकबाट सर्वाधिक चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपाल कम्युनिष्ट पार्टीिका उपाध्यक्ष वामदेव गौतमलाई राष्टिय सभामा लैजाने विषयमा निर्णय गर्ने वुझिएको छ । गौतमलाई राष्ट्रिय सभामा लैजाने यस अघि नै नेकपा केन्द्रीय समितिले सिफारी गरीसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीको भनाई रहेको छ । कुलमान घिसि

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • १,७३४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic