नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टिहरु समेत सबै राजनितिक दलका नेताहरु छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा भेला भए । उनिहरु बिच आफ्ना मुलुकको आन्तरीक राजनिति बारे विस्तृत छलफल भई २०६२ साल मंसिर ७ गतेका दिन बाह्र बुदे संझौता भयो । त्यसकै आधारमा नेपालमा अशान्ति र आन्दोलन सुरु गरियो । यस्तो आन्दोलनले जनजिवन अस्तव्यस्त, अशान्त र अराजकताको वातावरण सृजना भयो । अन्ततः मुलुकको राजनितीले कोल्टे फेर्यो । परिणाम संविधान सभाको निर्वाचन गर्ने टुङ्गो लाग्यो । समयमा निर्वाचन पनि सम्पत्र भयो । संविधान सभाका ६०१ जना सभासद्हरुले लामो समय लगाएर धेरै वर्षपछि आख
छाल खवर धरान,१८ असोज ः यतिवेला कुनै निर्वाचन आउन लागेको जस्तो गरेर परि पार्टी प्रवेश गर्नेक्रम जारी रहेको छ । कहिले कुन पार्टीबाट कहिले कुन पार्टीबाट पार्टी परित्याग र प्रवेश गर्ने क्रम तिव्र वन्न थालेको छ । शनिवार तेह्रथुममा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य सहित सयौको संख्यामा नेपालि काङ्ग्रेस परित्यागगरी नेकपामा प्रवेश गरेका छन् । नेकपा लालिगुराँस नगर कमिटिको विस्तारित पुर्ण बैठकको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य तेह्रथुम अध्यक्ष ललितबहादुर सोदेम्बा, लगायत नेपाली कांग्रेस परित्याग गरि १०० भन्दा बढि नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ । नव प्रवेशीह
छाल खवर धरान,१८ असोज ः पार्टी एकिकरण भएको करिव ३ वर्षको अन्तरालमा सत्तारुढ दल नेकपा निकट दुई विद्यार्थी संगठनबीचमा एकता सम्पन्न हुन थालेको छ । सोही क्रममा सुनसरी जिल्लामा एकता प्रक्रिया शनिवार सम्पन्न भएको छ । पुर्वमाओवादी निकट अखिल क्रान्तिकारी र पुर्वएमाले निकट अनेरास्ववियु बीच एकता प्रक्रिया सम्पन्न भएको हो । विद्यार्थी संगठनको जिल्ला संयोजकमा पुर्वएमोले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकमा पुर्वमाओवादी निकट संगठनबाट बुद्रोस लिम्बुलाई यस अघि नै तोकिएको थियो । दुवै संगठनले शनिवार विज्ञप्ती जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटि बनाउदै एकता प्रक्रिया सम्पन्न गरेको सार्वजनिक गरेकाछन
द्धन्द्धकालमा श्रीमान सैन्य कार्वाहीमा मारिए पछि आफ्नो काँधमा आएको दुई छोराको सुन्दर तथा सुरक्षित भविष्य निर्माण गर्ने जिम्मेवारी पुरा गर्न अवसर खोज्दै विदेशिए की झापाली चेलीले विदेश पुगे पछि थाह पाइन उनि त बेचिएकि रहिछन । चरम यौन हिंसाले थलिएर लेवनानमा नारकिय जीवन बिताउन बाँध्य उनि विश्वव्यापी कोरोना माहमारीका क्रममा स्वदेश फर्कने अवसर मिलाएर दुई बर्ष पछि उम्कन सफल भईन र नेपाल फर्किन । सिराहको नवराजपुर गाउँपालिका वार्ड नं. ५ कसुन्डी कि मुर्तिदेवी यादवलाई बोक्सीको आरोप लगाउदै उन्का परिवारहरुको अगाडी नै मल मुत्र ख्वाइयो तथा निर्घात कुटपिट गरियो । यो बिषयमा कतै चर्चा गरे चोरी मुद्दामा फसाईदिन
छाल खवर धरान,१५ असोज ः धनकुटाको सागुरीगढीमा एउटा पार्टी छाडने र अर्को पार्टीमा प्रवेश गर्ने क्रम तिव्र वन्दै गएको छ । वुधवार सागुरीगढी–५ मा नेकपा र राप्रपा परित्याग गरी ९ जना नेपाली काग्रेसमा प्रवेश गरेकाछन् ।पार्टी प्रवेश गर्नेहरुमा खगेन थेगिम,भानु थेगिम ,सुसन थेगिम, कविराज राई, मेघ राज थेगिम, रमा काफ्ले,हर्कवीर थेवे ,मान बहादुर तामाङ ,श्रीकुमार थेगिम रहेकाछन् । नव प्रवेशीहरुलाई प्रमुख अतिथि पुर्व मन्त्री नेपाली कांग्रेसका नेता सुनिल बहादुर थापा, प्रदेश क्षेत्रीय कार्यसमिति (क) सभापति जितेन्द्र राई,नेका जिल्ला सदस्य हर्क चेम्जोङग,नेका जिल्ला सदस्य प्रतिकमान राई,प्रदेश क्षेत्रीय कार
छाल खवर काठमाडौं, १३ असोज ः कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति विरुद्ध दर्ता गराइएको विरोध पत्र कांग्रेस सिध्याउने खेल भएको बताएकी छन्। कम्युनिष्ट सरकारसँग जुध्नु पर्ने बेला आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको असहमतिपत्रप्रति कोइरालाले आफ्नो गभ्भिर असहमति रहेको बताएकी छन्। प्राइम टेलिभिजनमा कुरा गर्दै नेतृ कोइरालाले पौडेल समुहको विरोध पत्रमा आफुले असहमति छ भन्दा भन्दै हस्ताक्षर समावेश गराएको पनि दावी गरेकीछिन् । विरोध पत्रका विषयमा आफूले असहमति रहेको जानकारी गराएको समेत उनले स्पष्ट पारेकीछिन् । कांग्रेसभित्र आपसमै
छाल खवर धरान,१० असोज ः यतिवेला पार्टी परित्याग गर्ने र पार्टी प्रवेश गर्ने लहर नै चलेको छ । खोटाड. र भोजपुर पछि सुनसरीमा पनि यो कार्यले निरन्तरता पाएको छ । सुनसरीमा पनि पार्टी प्रवेशको कार्यक्रमले निरन्तरता पाएको छ । शनिवार स्थानीय समाजसेवी बस्नेत मण्डलको नेतृत्वमा १७५ जनाले नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन । सुनसरी जिल्लाको भोक्राह नरसिंह गाँउपालिका कालीथान टोलका स्थानीय नेपाली कांग्रेस परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेका क्षेत्रिय सहसचिव बस्नेत मण्डल, क्रियाशिल सदस्यहरु विजय मण्डल, उपेन्द्र मण्डल, गुरुदेव मण्डल, च
छाल खवर धरान,७ असोज ः यतिवेला मुलुकका विभिन्न ठाउमा चुनावको झल्को दिने गरी मुलुकभर नेकपा,कांग्रेस र समाजवादी पार्टीमा प्रवेश गर्ने र छोडनेक्रम तिव्र वनेको छ । भोजपुरको अरुण गाउँपालिका–४ स्थित चरम्बीको ¥याङमा नेपाली काङ्ग्रेस परित्याग गरि दुई दर्जन बढी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । वडा पार्टीले सोमवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेको नेकपा अरुण गाउँपालिका कमिटीले जनाएको छ । पार्टी प्रवेश गर्नेहरुमा ताराकुमार तामाङ, अर्जुनकुमार राई, देवबहादुर मगर, सुमन नेपाली, हेमराज परियार, पुष्पराज सुन्दास, सविन थापा, कालीबहादुर तामाङ,
छाल खवर धरान,६ असोज ः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्न कुलमान घिसिङलाई नियुक्ति नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनि नेपाली कांग्रेसको जातीय संगठन नेपाल आदिवासी जनजाति संघले दिएको छ । संघका प्रदेश १ संयोजक नन्दराज राईले मंगलवार सुनसरीको धरानमा आयोजित विरोध सभामा वोल्दै सो चेतावनि दिएका हुन् । सरकारले कुलमान घिसिङलाई पुर्न कार्यकारी निर्देशक वनाउने आफ्नो मागलाई वेवास्ताा गरे देशभर आन्दोलन चर्काउने चेतावनि दिदै त्यसबाट पर्ने क्षतिको जिम्मेवारी स्वयम सरकारले लिनु पर्ने उल्लेख गरेकाछन् । मुलुकमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको अवस्थाबाट चौविसै घण्टा विजुली आउने वर्तमा
छाल खवर धरान,५ असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्यको पद खारेजीको लागि सवोच्च अदालतमा उजुरी परेको छ । बर्दियाबाट प्रतिनिधिसभा चुनावमा पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरीएको थियो । गौतमको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले आइतबार पेश गरेको रिट निवेदनलाई सर्वोच्च प्रशासनले सोमबार दर्ता गरेको हो। अधिवक्ता त्रिपाठीका अनुसार निवेदनमा गौतमलाई सिफारिस गर्ने निर्णय बदर गर्न, उनलाई सांसदको हैसियतमा काम कारबाही गर्न रोक लगाउन माग गरिएको छ । प्रारम्भिक सुनुवाइका लागि ब
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic