छाल खवर धरान,१८ वैशाख ः धरानमा शनिवार थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमिणहरु मध्ये एकजना संचारकर्मी पनि रहेको धरान उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थप भएसँगै धरानमा १९० हाराहारीमा सक्रिय संक्रमित पुगेको छन् । मेहताका अनुसार संक्रमित मध्ये एक दर्जन हाराहारी मात्र कोभिड अस्पतालमा लगिएको छ भने अन्य होम आइसोलेसनमा रहेकाछन्
छाल खवर धरान,१६ वैशाख ः जिल्ला प्रशासन कार्यालय सुनसरीले एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ । कार्यालयले शुक्रवार राती १२ बजेपछिबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो । जिल्लामा कोरोना संक्रमण र मृत्यू दरमा वृद्धि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रशासनले एक साताको लागि निषेधाज्ञाको आदेश जारी गरेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार त्यस्तो आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको स्थानीय तहका प्रमुखहरुसहितको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा आगामि
काठमाडौं,६ वैशाख ःकोरोना महामारीको दोस्रो लहर सुरु भएको भन्दै सरकारले फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमण बढेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ र भिडभाड हुने क्षेत्रमा नियन्त्रण गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गरेको बताएका छन् । शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय मास्क नलगाए सार्वजनिक सवारी र कार्यालयमा प्रवेश निषेधहोटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म म
छाल खवर काठमाडौं, ६ वैशाखः पटिल्लो समय कोरोनाको महामारी फैलन थालेपछि सरकारले कोरोना महामारी थप फैलन नदिन देशभरका प्रमुख सहरका विद्यालयमा भौतिक उपस्थिति नगर्ने गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको सोमबार बिहान बालुवाटारमा बसेको बैठकले सहरी क्षेत्रका विद्यालयको भौतिक उपस्थिति वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले जानकारी दिएकाछन् । मन्त्री हृदेश त्रिपाठीका अनुसार जिमहल, पार्टी प्यालेस, सभा सम्मेलन, रात्रीकालिन व्यवसाय रोक लगाउनुका साथै जनस्वास्थ्य मापदण्ड पूरा गरेर २५ जना भन्दा बढी भेला हुन नपाउने थप निर्णय गरेको छ। बैठकले
काठमाडौं, ४ फागुन ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन गरि कार्वाहि गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ । काठमाडौं सिनामंगलका अनन्तराज पाण्डेले प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी तथा अस्पताल निर्देशक डा. गौरीशंकर शाहसहित मेडिकल व्यापारी चेतन अग्रवालको फर्म विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । प्रतिष्ठानले विभिन्न समयमा खरिद गर्न आब्हान गरेको टेण्डरमा कम दररेट रकम कबोल गर्ने सप्लायर्सलाई वाइपास गर्दै सबैभन्दा बढि दररेट हाल्ने सप्लायर्ससँग सम्झौता गरेको भन्दै त्यसका विरुद्ध उजुरी दिएका छन् । ‘वीपी कोइराला स्वास्थ्य वि
छाल खवर धरान,२१ पुष ः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको सह आयोजनामा होम स्टे तथा होटल रेष्टुरेन्ट क्यान्टीन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्वन्धि दुइदिने तालिम सम्पन्न भएको छ । धरानमा आयोजना गरीएको सो कार्यक्रममा धरानका ३७ जना होटल सञ्चालकहरु सहभागी रहेको सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामस्वरुप शर्माले वताए । तालिममा कार्यालय प्रमुख काशीनाथ घिमिरेले होटल रेष्टुरेन्टको समास्या समाधान र स्तरउन्नतीका लागि खाद्य स्वच्छताको महत्वको विषयमा जानकारी दिएका थिए ।स्वच्छ र सफा भएको खण्डमा ग्राहकको आर्कषण हुने भएकोले व्यवसाय
छाल खवर काठमाडौं,२५ मंसिर ः नेपालले आम जनतालाई कोरोना भाइरसका विरुद्धको खोप लगाउन करिब पौने दुई खर्ब रुपैयाँ खर्चिनु पर्ने देखिएको छ । नेपाली जनतालाई महामारीबाट बचाउन विश्व स्वास्थ्य संगठनको सहयोग कुरिरहेको नेपालले आम नागरिकको स्वास्थ्यको सुरक्षा गर्नको लागि १९ अर्ब ७२ करोडदेखि २ खर्ब ४३ अर्ब २७ करोडसम्म खर्च गर्नु पर्ने देखिएको छ । सम्म खर्च गर्नुपर्ने देखिएको छ । खोप उत्पादक कम्पनीहरू मोडर्ना अमेरिका, अक्सफोड–अष्ट्रेजेनिक बेलायत, फाइजर बायोटेक अमेरिका र स्पुतनिक रुसले खोपबारे आधिकारिक रूपमा जारी गरेको अद्यावधिक विवरणअनुसार ती खोपका लागि नेपालले गर्नुपर्ने खर्चको मूल्य निकालिएको हो ।
छाल खवर धरान,२० मंसिर ःरिंकीबुङको राँगोलाई ।।चुङकेबुङको चुलेसीले ।।ताप्लेजुङमा ताकेर ।।कालेबुङमा काटेर ।।अरुण तमोर तरौला ।।तिते फापर छरौला ।।फुल लाउँला केसरी ।।खाउँला बेसरी ।। कुनै समय निकै स्रोता माझ लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीतका गायक हुन सुरेश गन्धर्बलाई उपचारका लागि कामना सेवा विकास बैंकले ५० हजार सहयोग गरेको छ । उनी पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट ग्रसित वनेकाछन् । उनलाई कामना सेवा विकास बैंकको प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर चेक हस्तान्तरण गर्नुभएको थ
छाला खवर काठमाडौं,२१ मंसिर ः कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ । स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खो
धरान, ६ मंसिरः रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको तेश्रो वार्षिकउत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगतको चरम अभाव हुंदा विरामीले अकालमै जीवन विताउन परिरहेको तथा उपचारमा गम्भिर समस्या उत्पन्न भईरहेकाले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख सुजेन्द्र तामाङले बताए । कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको र कम तौल तथा ब्लडप्रेसरका कारण १६ जना रक्तदान गर्नवाट वञ्चित भएका थिए । कार्यक्रममा हालसम्म ४१ औं पटक रक्तदान गर्न
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic