अर्थ

    Showing १६१-१७० of १७५ items.
  • आन्तरीक पर्यटनको गन्तव्य बन्दै चिन्डेडाडा भ्यूटावर

    असार,२८ धरान ः धरानको आन्तरीक पर्यटनको गन्तव्य मध्ये धरान २० स्थित चिन्डेडाडामा निर्माण गरीएको भ्यू टावर रहेको छ । प्रदेश सरकारले त्यस क्षेत्रको पर्यटकीय संभावनालाई मध्यनजर गर्दै भ्यूटावरको अवधारण लिएको थियो । प्रदेश सरकारले भ्यू टावर निर्माणका लागि ५० लाख रुपैया विनियोजन गरेको थियो । करिव ८ कठ्ठा क्षेत्रफलमा रहेको सो भ्यू टावर निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख र उपभोक्ता समितिबाट ५ लाख ८९ हजार ८सय ९ रुपैया लगानी भएको निर्माण समिति चिण्डेडाडा पर्यटन तथा सुचना पूर्वाधार विकास केन्द्र नेपाल धरानका अध्यक्ष सम्फर तामाङले जानकारी दिएकाछन् । उनका अनुसार कम्पाउण्ड वाल लगाउन र तयारी अवस्थामा पु

    • प्रकाशित मितिः असार २८, २०७७
    • ३,५८१ पटक पढिएको
    • भोला श्रेष्ठ
  • छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

    काठमाडौं,२५ असारः यातायात क्षेत्रका मजदुर र यातायात व्यवासायिहरुको चर्को दवावपछि सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेसंगै यातायात सञ्चालन हुने भएको हो । मन्त्रिपरिषद्को बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने निर्णय

    • प्रकाशित मितिः असार २५, २०७७
    • ३८७ पटक पढिएको
    • छाल खबर
  • महासंघमा बढ्यो चुनावी सरगर्मी, यस्ता छन् नेतृत्वका आकांक्षी

    छाल खवर धरान,२३ असारः उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समिति यतिवेला चुनावी मैदानमा होमिएको छ ।लकडाउनले व्यवसायीहरु निराश भईरहेको वेला आफ्ना एजेण्डा सहित काम गर्छौ भन्दै महासंघको नेतृत्वको लागि चुनावी मैदानमा होमिएको हो ।उद्योग वाणिज्य क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको महासंघले साउन २६ र २७ गतेका लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेसँगै महासंघ निर्वाचनमा होमिएको हो । हलका अध्यक्ष भवानी राणाको दुई वर्षे कार्यकाल सकिएसँगै महासंघले यसअघि चैत २८ र २९ गतेको लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेको थियो । तर, घोषित कार्यक्रम अघि कोरोना महामा

    • प्रकाशित मितिः असार २३, २०७७
    • ३७४ पटक पढिएको
    • छाल खबर
  • उद्योगी व्‍यवसायीको ७ सुत्रीय माग

    छाल खवर मोरड.,२२ असारः प्रदेश १ का उद्योगी व्यवसायीहरुले ७ सुत्रीय माग राखी सरकार समक्ष पेश गरेकाछन् ।उद्योग संगठन मोरंग, मोरङग ब्यपार संघ लगायत प्रदेश १ का ३६ वटा उद्योग वाणिज्य संघहरुले संयुक्त रुपमा हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय मोरंग मार्फत माग पत्र वुझाएका हुन् ।सरकारसंग उद्योगी व्‍यवसायीहरुले बैंकको ब्याज घटाउन, किस्ता भुक्तान गर्ने समयावधि थप गर्न, पूर्नकर्जा सुविधा, लकडाउन अवधिको बीमाको प्रिमियम छुट, विद्युत महसुल डिमाण्ड शुल्क, कर तथा राजस्व बुझाउन समयको माग, र कर तथा राजश्व फिर्ता सम्बन्धि माग गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताउनुभयो ।सरकारस

    • प्रकाशित मितिः असार २२, २०७७
    • १,०३४ पटक पढिएको
    • छाल खबर
  • लकडाउनको अवधिमा घरभाडा छुटदिने घरधनीलाई सम्मान

    छाल खवर धरान,२२ असारः लकडाउनको अवधिमा व्यवसायीलाई घरभाडा छुट गर्ने घरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघ धरानले सोमवार सम्मान गरेको छ ।चैत्र १० गतेदेखि कोरोना (कोभिड–१९) को कारणबाट भएको लकडाउनका कारण उद्योग व्यवसायीलाई पीरमर्का परेको महशुस गरि घरभाडा छुट गर्ने घरधनीलाई सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिनसम्म घरभाडा छुट दिने करिब ४१ जनालाई सम्मानगरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताउनुभयो । संघका द्वितीय अध्यक्ष अनिल अग्रवालको संयोजक रहेको सो कार्यक्रममा घरधनीका तर्फबाट प्रभुप्रसादश्रेष्ठल

    • प्रकाशित मितिः असार २२, २०७७
    • ४७४ पटक पढिएको
    • छाल खबर
  • कर नबुझाएका उद्योग–व्यवसायको अध्ययन गरिँदै

    विराटनगर,१८,असार ः आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ ।बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्ता उद्योग तथा व्यवसायले समयमै कर बुझाए वा नबुझाएको अध्ययन गरिने भएको हो ।हामीलाई उद्योग–व्यवसाय सञ्चालन छन् वा छैनन् भन्ने कुरा सबैले जानकारी दिइरहनुपर्ने छैन, आन्तरिक राजस्व कार्यालय मोरङका प्रमुख कर अधिकृत विमल सापकोटाले भने, “तर सम्बन्धित निकायमा जानकारी दिएर सञ्चालनमा भए÷नभएको हामीले हेर्नुपर्ने हुन्छ । उन

    • प्रकाशित मितिः असार १८, २०७७
    • ४३१ पटक पढिएको
    • छाल खबर
  • आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौ, १६ असारः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल र मटितेलको मूल्य बढेको हो ।मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४।७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५।८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ । गत २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य

    • प्रकाशित मितिः असार १६, २०७७
    • ३४४ पटक पढिएको
    • छाल खबर
  • एडिवीले धराने जनतालाई ठगेको संघर्ष समिति संयोजक गोलेको आरोप

    भोला श्रेष्ठ धरान,१३ असार ः एशियाली विकास बैंकको क्रृण तथा अनुदानमा ल्याइएको धरान खानेपानी आयोजनाले धराने उपभोक्तालाई ठगेको आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले आरोप लगाएकाछन् ।अढाई अर्बको लागतमा निर्माण गरीएको आयोजनाको डि.पि.आर. बमोजिम ७ मिटरको पानीको चापमा न्युनतम् १६ घण्टादेखि २४ सै घण्टा विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने सम्झौता वमोजिम खानेपानी नदिएर ठगी गरेको उनले आरोप लगाएका हुन । उनले अनुगमनका क्रममा दिन विराएर आधा घण्टामात्र पानी आउने गरेको, पानीको चाप अत्यन्त कम भएकाले

    • प्रकाशित मितिः असार १३, २०७७
    • २,१२५ पटक पढिएको
    • छाल खबर
  • स्थानीय निकायहरुले आज नीति, कार्यक्रम र बजेट ल्याउँदै

    छाल खवर धरान,१० असार ः स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आ–आफ्ना गाउँ र नगर सभामा पेस गर्दैछन् । संघ र प्रदेश सरकारले जस्तै पालिकाले पनि असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।केही पालिकाले नीति, कार्यक्रम तथा बजेट सभामा प्रस्तुत समेत गरिसकेका छन् भने धेरैले आज बजेट पेस गर्ने तयारी गरेका छन् । आउँदो वर्ष खर्च गर्न सक्ने मात्र बजेट ल्याउने पालिकाको तयारी छ ।पालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना संक्रमण जोखिमपछिको अवस्था, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड दिएका छन् । संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रद

    • प्रकाशित मितिः असार १०, २०७७
    • ८०१ पटक पढिएको
    • छाल खबर
  • ‘हस्ताक्षर गरेकै भरमा बैंकिङ कसूर लगाउनु ठिक भएन’

    छाल खवर धरान ५ असार ÷ नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बेंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ ।आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो ।राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।कर्जा लिनेले बद्मासी गर्ने तर कर्जाको फाइलमा हस्ताक्षर गरेकै भरमा विपक्षी बनाई मुद्दा चल्दा यसले समग्र बैंकिङ क्षेत्रलाई नै असर गरेको संघले उल्लेख गरेको छ ।यो समस्या समयमै सम्बोधन नहुने हो भने हाल कार्यरत राम्रा व्यक्तिहरु बैंक

    • प्रकाशित मितिः असार ५, २०७७
    • २४४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic