अर्थ

    Showing ४१-५० of १६९ items.
  • यस पटकको पाँच दिने पुष्प मेला घाटामा, सरोकारवालाले सहयोग नगरेको गुनासो

    छाल खवर धरान,१ फागुन ः यस पटकको पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला घाटा व्यहोदै सम्पन्न भएको छ । फ्लोरीकल्चर एसोसिएसन सुनसरीको आयोजनामा भएको पाच दिने पुष्प प्रदर्शनी व्यापार मेला घाटा व्यहोर्दै सम्पन्न भएको हो । आयोजकले ७० लाख कारोबार हुने अपेक्षा गरेको भएपनि पाँच दिने मेलामा मात्र १० लाख हाराहारीमा कारोबार भएको कार्यक्रमका संयोजक युमेनहाङ राईले समापनका अवसरमा जानकारी दिए । आयोजकका अनुसार मेलामा १० लाख खर्च भएको जानकारी दिइएको थियो । मेलाका लागि प्रदेश सरकारबाट २ लाख बजेट प्राप्त हुनेछ भने धरान उपमहानगरले ५० हजार बजेट दिने भएको छ । मेलाका लागि धरान नगरपालिकाका वडा कार्यालयहरुलाई

    • प्रकाशित मितिः फागुन १, २०७९
    • २,२१० पटक पढिएको
    • छाल खबर
  • पाचौं पुष्प प्रदर्शनी व्यापार मेलाको तयारी पुरा

    छाल खवर धरान,२४ माघ ः धरानमा आयोजना हुन लागेको प्रदेश १ स्तरीय पााचौं पुष्प व्यापार प्रदर्शनी मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सवै तयारी पुरा भएको र उद्रघाटनका लागि प्रदेश नं १ कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गर्नेछन् । महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खेल मैदानमा माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुनेछ । मेलामा प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ ।स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ । । धरानलाई फूलबारीको शहरको रूपम

    • प्रकाशित मितिः माघ २४, २०७९
    • ६,८१० पटक पढिएको
    • छाल खबर
  • प्रदेशस्तरीय पाचौं पुष्प प्रदर्शनी व्यापार मेला माघ २५ गतेबाट

    छाल खवर धरानः फूलवारीको शहर उपनामले परिचित धरानमा माघको अन्तिम साता प्रदेशस्तरीय पाचौं पुष्प व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ । आयोजकले सोमवार धरानमा पत्रकार सम्मेलन गरी सो मेला सञ्चालन हुने वारेमा जानकारी दिएको हो । आयोजकले दिएको जानकारी अनुसार माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुने सो मेला पव्लिक स्कुलको खेल मैदानमा हुनेछ । पाच दिनसम्म सञ्चालन हुने सो मेलाको प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ । फ्लोरिकल्चर एसोसिएसन सुनसरीले पत्रकार सम्मेलन गरी स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ । । धरानलाई फूलबारीक

    • प्रकाशित मितिः माघ १६, २०७९
    • २,३५९ पटक पढिएको
    • छाल खबर
  • आफ्नै निर्णयमा पछि हट्यो सरकार क्रसर खोल्न दिने सरकारको निर्णय

    छाल खवर काठमाडौं,१२ माघः सरकारले गरेको निर्णय एक महिना पछि वित्न नपाउदै उल्टीएको छ । सरकारले क्रसर उद्योगहरु खुल्न नदिने भनि गरेको निर्णय एक महिना पुग्न नपाउदै उल्टीएको हो । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो तर एक महिना पनि नपुग्दै सरकार पछि हटेको छ । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेको प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ

    • प्रकाशित मितिः माघ १२, २०७९
    • २,५६७ पटक पढिएको
    • छाल खबर
  • वार्षिक उत्सवमा शैक्षिक सामग्री बितरण गर्दै व्रदर्स बेकरी

    छाल खवर धरान,११ माघ ः व्यवसायिक रुपमा केक निर्माण गर्दै आएको ब्रदर्स बेकरी धरानले आफ्नो छैटौ वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा ट्याकसुट वितरण गरेको छ । बेकरीले मंगलवार एक कार्यक्रमको आयोजना गरी धरान १७ पटनाली स्थित ज्वालामुखी माध्यामिक बिद्यालयमा अध्यनरत बिपन्न परिवारको नानीहरुलाई न्यानो कपडा ट्रयाक शुट र अन्य शैक्षिक सामग्रीहरु बितरण गरेको हो । वेकरी सञ्चालक मध्येका एन सि राईले २५ परिवारका बिद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट , शैक्षिक सामग्रीहरु वितरण गरेको जानकारी दिएकाछन् । बितरण कार्यक्रममा बेकरी संचालकद्वय एन.सी.राई र बिरेन्द्र थापालाई मुख्य अतिथी रहेक

    • प्रकाशित मितिः माघ ११, २०७९
    • ३,५१२ पटक पढिएको
    • छाल खबर
  • भोजपुरे खुकुरी माग बढ्यो, कालीगढको अभाव

    छाल खवर भोजपुर,८माघ ःख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको दे

    • प्रकाशित मितिः माघ ८, २०७९
    • २,२५० पटक पढिएको
    • छाल खबर
  • एनआइसी एशिया बैंकको डिजिटल बैंकिङमा समस्या, ग्राहकलाई समय र ब्याज दुबैको घाटा

    छाल खवर धरान,७ माघ ःएनआइसी एशिया बैंकको विद्युतीय भुक्तानी सेवा ( इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र कार्डलेस विथड्रअल) भरपर्दो नहुँदा उपभोक्ताले समस्या र ब्याज घाटा दुबै व्यहोर्नुपरेको छ । ग्राहक संख्या वृद्धिको तुलनामा बैंकले आवश्यक प्राविधिक समर्थन र जुटाउन नसक्दा यसका ग्राहकले नगदरहित भुक्तानीमा समस्या व्यहोर्नु परिररहेको छ । केही समययता वालेटमा फण्ड लोड नहुने समस्या देखिएको छऽ एकजना पीडित ग्राहकले खाताबाट रकम काटेपनि वालेटमा ब्यालेन्स देखि‌ंदैन, गुनासो गरेको तीन दिनपछि बल्लतल्ल रकम बैंक खातामा बैंकले फिर्ता गरिदिन्छ। खाताको रकम हराएको तीन दिनसम्मको ब्याज नोक्सानी पनि हामी उपभोक्ताले

    • प्रकाशित मितिः माघ ७, २०७९
    • २,५९५ पटक पढिएको
    • छाल खबर
  • आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशन गर्ने

    छाल खवर धरान,६ माघ ः आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने लागेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको छ । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २,५१८ पटक पढिएको
    • छाल खबर
  • वचत संघको निर्वाचनमा वस्नेत भन्दा दोव्वर मतले गिरी विजयी

    छाल खवर धरान,४ माघ ः वचत तथा ऋण सहकारी संघको निर्वाचनमा प्रतिष्पर्धी भन्दा दोव्वर मतले गोमा कुमारी गिरी विजयी वनेकीछिन् । संघको बुधवार भएको निर्वाचनमा आफ्ना प्रतिष्पधी जितेन्द्र बस्नेतलाई दोव्वर मतले पराजित गर्दै गिरी सचिव पदमा विजयी वनेकी हुन् । विजयी गिरीले ८८ मत पाउदा वस्नेतले ४४ मतमा चित्त वुझाउनु परेको थियो । वस्नेतलाई अन्य राजनीतिक दलको समेत समर्थन गरेको थिए । सागर राईले ३ मत पाएका थिए । जम्मा १३६ मत खसेकोे थियो । खुल्ला सदस्य निर्वाचित ४ जना महिला सदस्यहरुमा टिकादेवी पौडेल, भिममाया लिम्वु, कलावति देवि दुलाल, विमला भुजेल निर्वाचित भएकाछन् । त्यस्तै खुल्ला ६ सदस्यमा बुद्धिकुमार वुढाथो

    • प्रकाशित मितिः माघ ४, २०७९
    • १,६९५ पटक पढिएको
    • छाल खबर
  • धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

    छाल खवर धरान,१ माघ ःधनकुटामा माघ ६ देखि १६ गतेसम्म टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ । आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो । सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिए । माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिए । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल रहने उनले जानकारी दिए । दैनिक विभिन्न स्था

    • प्रकाशित मितिः माघ १, २०७९
    • १०४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic