खेलकुद

    Showing २१-३० of १३८ items.
  • सुनाखरी,कार्मेल स्कुल, आइडल र प्याराडाइज सेमिफाइनलमा

    छाल खवर धरान,१७ साउनः विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। डिपो स्कुलको आयोजनामा विहीबारदेखि सुरु भएको शनिबार सम्पन्न खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९, प्याराडाइज स्कुल तरहराले पूर्वाञ्चल स्कुल तरहरालाई ३३–१७, सुनाखरी स्कुल धरानले लिटल फ्लावर स्कुल झापालाई ३४–२१ तथा कार्मेल हाइ स्कुलले हिमशिखर स्कुल तरहरालाई ४४–४१ अंकले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्। उक्त दिनको खेलमा आइडल स्कुलका निशान खड्का, प्याराडाइजका प्रिन्स खत्री, सुनाखरी स्कुलका विक्रम

    • प्रकाशित मितिः साउन १७, २०८२
    • ३०० पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

    छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय खुल्ला बास्केट बल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो । बास्केटबल खेलको विकास र युवा प्रतिभा उजागर गर्न धरान बास्केटबल संघले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता २०८२ को आयोजना गर्न लागेको छ। आयोजकले दिएको जानकारी अनुसार असार ५ देखि ८ गतेसम्म धरान स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको कोर्टमा सञ्चालन हुने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताएका छन् । कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भो

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • १,९२८ पटक पढिएको
    • छाल खबर
  • प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको जोडीलाई

    छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि संयोग वस्नेत र सगुन कार्कीको जोडीले हात पारेको छ । धरान ब्याडमिन्टन ग्रुपद्वारा आयोजना गरिएको सो प्रतियोगिताको उपाधि वस्नेत र कार्कीले हात पारेका हुन् । प्रतियोगितमा मेन्स् डबल बि लेभलतर्फ एभरेष्ट ब्याडमिन्टन क्लबका संयोग बस्नेत र सगुन कार्कीको जोडी चेम्पियन बनेका थिए । उनीहरुले नगद ५१ हजार ट्रफि मेडल र प्रमाण पत्र हात पार्न सफल भएका थिए । त्यसैगरी प्रतियोगितमा ‘बि’ लेभल मिक्स डबल तर्फको उपाधि अनमोल राई र गीता राईले हात पारेका थिए । धरान नगर स्तरीय मेन्स डब्बल सि अन्तरगत आशिष र

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ६८१ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना

    छाल खवर धरान, ८ जेठः  खेलकुदको शहर उपनामले परिचित धरानमा धरान व्याडमिन्टन ग्रुपको आयोजनामा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । ग्रुपले वुधवार सावाली किचनमा पत्रकार सम्मेलनगरी प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने वारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिता जेष्ठ २३ र २४ गते प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुनेछ । संयोजक चाम्लिङले पुरुष युगल तर्फ मेन्स डबल बि लेभलतर्फ प्रथम राशी ५१ हजार, दोश्रो पुरस्कार २७ हजार र तेश्रो पुरस्कार ९ हजार,९हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने जानकारी दिए । त्यसैगरी उन

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • ४,९९७ पटक पढिएको
    • छाल खबर
  • प्रथम गोर्खा केरावारी रन सम्पन्न

    छाल खवर धरान,३ जेठः गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा प्रथम गोर्खा केरावारी रन सम्पन्न भएको छ । केरावारी गाउपालिकाको आर्थिक सहयोगमा शनिवार रन सम्पन्न भएको हो । सो रनमा महिला खुल्लातर्फ पुष्पा शेर्मा पाचथर प्रथम वनेकी थिइन भने मोरङ उर्लावारीकी मन्दिरा महतरा दोस्रो वनेकी थिइन ।प्रतियोगितामा धरानकी कल्पना राई तेस्रो वन्न सफल वनेकी थिइन । पुरुष खुल्लातर्फ तेह्थुमका सरोज लिम्वु प्रथम भएका थिए भने धरानका रोशन राई दोस्रो वनेका थिए । प्रतियोगितामा धरान कै रमेश लिम्वु तेस्रो भएका थिए । त्यस्तै भेट्रान्स पुरुषतर्फ धरानका विजय राई प्रथम हुन सफल भएका थिए भने धरान कै मंगल तामाङ दोस्रो भएका थिए

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ७६८ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड र ग्रीनल्याण्डको पोल्टामा

    छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३वाई ३ इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट– २०८२ को उपाधि ग्रिनल्याण्ड स्कुल काठमाडौं र होलील्याण्ड स्कुल धरानको पोल्टामा गएको छ । धरान–१९ स्थित हरियाली पार्कमा शनिवार सम्पन्न प्रतियोगितामा छात्रतर्फ ग्रीनल्यान्ड स्कुल, काठमाडौं र छात्रातर्फ होलील्याण्ड इन्टरनेशनल स्कुल धरानको पाल्टामा उपाधि गएको हो । छात्रतर्फको उपविजेता भने डिपोट सेकेन्डरी स्कुल धरान बन्न सफल वनेको छ । छात्रातर्फ भने होलिल्यान्ड इन्टरनेसनल स्कुल धरान (रातो) विजेता र होलिल्यान्ड स्कुल कै (कालो) उपबिजेता वन्न सफल वनेको छ । मोस्ट भ्यालुएबल प्

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ५,७५२ पटक पढिएको
    • छाल खबर
  • फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम्वु सम्मानीत

    छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक्वुलाई सम्मान गरेको छ । क्लवले धरान–१६ ज्ञान विज्ञान चोक स्थित सावाली किचनमा एक कार्यक्रमको आयोजना गरी लिम्वुलाई सम्मान गरेको हो । युवा खेलाडीलाई प्रोत्साहन गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको क्लवका अध्यक्ष दिलिप भुजेलले वताउनुभयो । उहाँले भन्नुभयो–भाई हाम्रो वडाको पनि भएको र खेल क्षेत्रमा छोटो समयमा धेरै ठूलो उपलव्धि हासिल गर्न सफल भएकोले हामीले थप प्रोत्साहन गर्नको लागी सम्मान गरेका हौ । सिंगापुरबाट फुटवल क्षेत्रमा प्रवेश गरेका लिम्वुले नेपाल आएपछि धरानबाट पुर्न आफ्नो फुटवलको यात्रालाई निरन्त

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • १,३२६ पटक पढिएको
    • छाल खबर
  • बुढासुब्बा गोल्डकप ६ लाख ५९ हजार नाफामा

    छाल खवर धरान,३ चैतः केही महिना अघि भएको २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्याय सार्वजनिक गरेको हो । गत माघ १९ देखी २६ गतेसम्म आयोजना भएको प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । आयोजक क्लवका कोषाध्यक्ष धनबहादुर राईले प्रतियोगितामा ६६ लाख ९९ हजार १५० रुपैयाँ आम्दानी भएको र ६० लाख ४० हजार १०० रुपैयाँ खर्च भएको जानकारी दिएका थिए । कोषाध्यक्ष राईले प्रतियोगितामा ६ लाख ५९ हजार ५० रुपैयाँ नाफा भएको जानकारी दिएका थिए । क्लवका अध्यक्ष प्रताप तामाङले घोषणा गरे अनु

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ४,६४९ पटक पढिएको
    • छाल खबर
  • गोर्खा ट्रेल ब्लेजरको उपाधि सरोज र पुष्पालाई

    छाल खवर धरान,२चैतः पूर्खाहरुको सम्मानमा धरानमा आयोजित तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि सरोज लिम्वु र पुष्पा शेर्पाले हात पारेकाछन्। प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बु र महिलातर्फ पाँचथरकी पुष्पा शेर्माले हात पारेकाछन्। गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा शनिवार बिहान प्रतियोगिता भएको हो। उपाधि विजेता सरोज लिम्बुले ३४ मिनेट ४५ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए भने महिला विजेता पुष्पा शेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । विजेता सुरजले नगद २० हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरे भने महिला विजेता पुष्पाले नगद २० हज

    • प्रकाशित मितिः चैत ३, २०८१
    • २,३७१ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कल खेलकुदको उपाधि देउराली चिल्ड्रेनलाई

    छाल खवरधरान,२४ फागुन क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको फुटलल खेलको उपाधि देउराली चिल्ड्रेन एकेडेमी धरान ५ ले हात पार्न सफल भएको छ । सिएससि क्लोजिङ सेरेमोनी अन्तर्गत भएको अन्तर स्कुल जुनियर व्वाइज फुटवल टुनामेन्टको उपाधि देउरालीले हात पार्न सफल वनेको हो । त्यसैगरी प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले दोस्रो हात पार्न सफल वनेको थियो । प्रतियोगितामा धरान इङ्लिस वोडिङ स्कुल धरान–५ तेस्रो भएको थियो भने वुद्ध आर्दश वोडिङ स्कुल धरान–९ चौथो हुन सफल वनेको थियो । विजेता तथा उपविजेता स्कुलका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानका अध्यक्ष गंगार

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ३,७८४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic