छाल खवरधरान,६ फागुन ः धरानमा शुक्रवारबाट जारी प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि धरान–१५ स्थित होलील्याण्ड इन्टर नेशनल वोडिङ स्कुलले हात पारेको छ । धरान उच्च कलेजले आयोजना गरेको प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि होलील्याण्डले हात पारेको हो । होलील्याण्डले धरान कै सगरमाथा स्कुललाई पराजित गरी उपाधि हात पार्न सफल वनेको थियो । प्रतियोगिताको विजेता विजेता वनेको होलील्याण्डले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ भने उपविजेता सगरमाथा स्कुलले नगद २५ सय सहित ट्रफी
छाल खवर धरान,५ फागुन ः धरान उच्च कलेजको आयोजनामा शुक्रवारबाट प्रदेश स्तरीय अन्तर विद्यालय छात्रछात्रा ुथ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उद्घाटन भएको छ । प्रदेश १ का पूर्व प्रमुख तथा विद्यालयका संस्थापक गोविन्द तुम्बाहाङ र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले अफिसियललाई बल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरेका थिए । उद्घाटन खेलमा हिमशिखर तरहरा र मर्निङ स्टार भरौलले स्पर्धा गरेका छन् । धरान र धरानबाहिरका विद्यालयका ३५ टिमले स्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले पुरुषतर्फ नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले नगद २ हजार ५ सयसहित ट्रफी, म
छाल खवर धरान,३ फागुनः धरानÞ–१६ स्थित शारदा बालिका नमूना माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पहिलो पटक महिला चयन भएकीछिन् । मंगलवार भएको अभिभावक भेलाले पहिलो महिला अध्यक्ष दिभा श्रेष्ठ चयन भएकीछिन् । व्यवस्थापन समितिको सदस्यहरुमा सरस्वती रजक,माया राई, श्रीकुमार राई,समीर लिम्बु, मनोज भट्टराई, शिक्षा अभिभावक सदस्यमा मुरारी भट्टराई (वडाध्यक्ष) सदस्य पदम लुइटेल ( शिक्षक प्रतिनिधि र सदस्य सचिवमा प्रधानाध्यापक धर्म नारायण सिंह रहेकाछन् ।
छाल खवर धरान,३ फागुन ः धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केट बल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । कलेजले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी दिएको थियो । फागुन ५ र ६ गते आयोजना हुने सो प्रतियोगितामा झापा मोरङ,सुनसरी लगायतका जिल्लाबाट छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम सहभागी हुने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले जानकारी दिएकाछन् । प्रिन्सिपल चित्रप्रसाद ढुङगेलका अनुसार प्रतियोगितामा वि
छाल खवर धरान,२७ माघ ः सुनसरी क्षेत्र नं. १ (क) का प्रदेस संसद माननीय रमेस कुमार बस्नेतले शिक्षा क्षेत्रको बिकासका लागि आफुले सक्दो कोसिस गर्ने बताएकाछन् । विहिवार भानु स्मृती माध्यामिक विद्यालय धरान–३ को ५९ औ वार्षिकोत्सव तथा पुरस्कार बितरण कार्यक्रमलाई सम्वोधन गर्दै वस्नेतले सो कुरा वताएका हुन । शिक्षा सवैको लागि अपरीहार्य विषय भएको वताउदै यस क्षेत्रको विकासका लागि अफूले सक्ने जति सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा वोल्दै पब्लिक हाई स्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा ले हरेक बिद्यालयले शिक्षामा मात्र नभएर बिद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि जो
छाल खवर धरान,२३ माघ ः हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा महिला प्रिन्सिपल नियुक्त हुनु भएको छ । स्कुल व्यवस्थापन समितिको निर्णय अनुसार सोमवारबाट पार्वति लिम्वुलाई प्रिन्सिपल नियुक्ती गरीएको हो । स्कुलको शेयर सदस्य रहनु भएकी लिम्वुलाई प्रिन्सिपलमा नियुक्त गरीएको विद्यालयका मेनेजिङ डाइरेक्टर गंगाराम राईले जानकारी दिनुभएको छ । प्रिन्सिपल नियुक्त भएपछि लिम्वुले आफुलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा व्यवस्थापनलाई धन्यवाद दिदै विद्यालयको सर्वोपरी हित र विकासका लागि आफूले समय खर्च गर्ने वताउनु भयो । Your browser does not support the video element. नव नियुक्त लिम्वुले सिङ्गो संस
छाल खवर धरान,२२ माघ ः नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल वनेको छ । निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्वु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए । प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए । त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए । प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण –पत्र प्रदान गरीने विद्यालयका सह
छाल खवर धरान। २१ माघ ःसब डिभिजन वन कार्यालय, बिष्णुपादुका धरानद्वारा वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सम्पन्न भएको छ । ज्वालामुखी माध्यमिक विद्यालय, धरान १७ पटनालीमा शुक्रवार सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत ८५ भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो। विद्यार्थीहरुमा वन र वातावरणको महत्वको विषयमा सकारात्मक ज्ञानको विकास गर्दै विद्यार्थीहरूलाई वन, वातावरण, जैविक विविधता, वन्यजन्तु, जलाधार, जलवायु परिवर्तन लगायतका विषयमा सचेतना जगाउने उद्देश्यले वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सञ्चालन गरिएको सब डिभिजन व
छाल खवर धरान,२० माघः धरान उच्च कलेजका विद्यार्थीहरुद्धारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल वनेको छ । धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल वनेका हुन । छात्रातर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो । त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउदै विविए संकायका खेलाडी विजेता वनेका थिए ।विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन । उनको गोल नै खेलका लागि निर्ण
छाल खवर धरान,१५ माघ ः आफ्नो वार्षिक उत्सवमा केही न केही कार्यक्रम गर्दै आएको प्रेस सेन्टर नेपाल सुनसरीले यस पटक ओझेलमा परेको सरकारी विद्यालयलाई सहयोग गरेको छ । सेन्टरले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा धरान–१६ स्थित भकारी स्कुल भनिने पञ्चायत आधारभूत विद्यालयका छात्र छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । धरानमा ६३ वर्ष अघि स्थापित पुरानो तर ओझेलमा परेको स्कुललाई सञ्चार माध्यमको ध्यान नपुगेको विषयलाई उजागर गर्न ओझेलमा परेका ठाउँहरूमा वार्षिकोत्सव मनाउँदै आएको सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले वताए । सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरेले प्रेस सेन्टरले सङ्गठनको वार्षिकोत्
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic