छाल खवर धरान,२९ वैशाख ः सुनाखरी एकेडेमी धरान–१२ ले वार्षिक परिक्षाको नतिाज र प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीले बुधबार एक कार्यक्रमका वीच कक्षा, स्कुल ‘टपर’ विद्यार्थीलाई पुरस्कृत समेत गरेको हो । अतिरिक्त कार्यक्रममा धरान कै उत्कृष्ट कलेजको रुपमा परिचित रहेको सुनाखरीले सप्ताहव्यापी खेलकुदका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई ट्रफी र मेडल प्रदान गरिएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा–९ सम्म उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने स्कुल टपरलाई पनि पुरस्कार प्रदान गरिएको थियो । यस वर्ष जुनियरतर्फ उत्सव कार्की र सिनियर
छाल खवर धरान,१७ फागुन ःप्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट (पि.भि.आई.एच.एम.) कलेज धरान–१० ले महाशिवरात्रीको अवसर पारेर मङ्गलबार खेलकुद सप्ताह सुरु गरेको छ । उद्घाटन सप्ताहको पहिलो खेल ५ किलोमिटर म्याराथुन दौडाएर उद्घाटन गरीएको थियो । दौड कलेजबाट सुरु भएर कलेजरोड, लक्ष्मी चोक, पृथ्वीपथ, सिंहदेवि चोक, भानुचोक, पुतली लाईन हुँदै पुनः कलेजमै गएर टुङ्गिएको कोअर्डिनेटर अनिल श्रेष्ठले जानकारी दिए। उद्घाटनमा कलेजको कक्षा १२ को ब्यबस्थापन सङ्कायमा अध्ययनरत छात्र रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । त्यसैगरी दौडमा रोनिश श्रेष्ठले २२ मिनेट २८
छाल खवर धरान,२५ पुष ःविद्यार्थीहरुलाई कृषि क्षेत्रको उत्पादनको वारेमा जानकारी दिन सुनाखरी एकेडेमि धरान–१२ स्थितमा कक्षा–११ मा अध्ययनरत बिद्यार्थीहरुलाई शनिवार कृषि क्षेत्रको अवलोकन भ्रमण गराइएको छ। एकेडेमीले बिद्यार्थीहरुलाई धरान–५ ठिङ्गाबारीमा रहेको राम लिम्बु र सीता खापुङ्ले सञ्चालन गरेको न्यु होप कृषि फर्म लगायत विभिन्न तरकारीजन्य र खाद्यबालीको अवलोकन गराईएको थियो। फर्म सन्चालक लिम्बुले एक बर्ष अगाडि कोभिड–१९ ले बिश्व मानव जगतलाई नै त्रसित र निरास बनाएको बेला नयाँ आशाका साथ आफ्नै देसमा केही गर्नुपर्छ भनेर आफुले न्यु होप कृषि फर्म खोलेर तरकारी, खाद्यबाली, बङ्गुरप
छाल खवर धरान,७ पुष ःप्रदेश नम्बर १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई प्रदेश नंं १ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि गठित ५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ । समितिका संयोजक माननीय प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक्षमा मस्यौदा बुझाउनुभएको हो । उक्त कार्यदलमा प्रदेश सांसदहरू माननीय राजन राई माननीय धीरेन्द्र शर्मा, माननीय रामचन्द्र लिम्बू, अशोक चेम्जोङ्ग सदस्य रहनुभएको छ । त्यस्तै प्रदेश योजना आयोगका पूर्वसदस्य डा. पूर्ण लोक्सोम कार्यदलको सदस्य सचिव हुनुहुन्छ । कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै प्रदेश नं १ मुख्
छाल खवर धरान,७ पुष ः२०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेपछि मन्टेश्वरी पनि संञ्चालनमा ल्याएको छ । यस संगै स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम दिएको छ । पहिलो चरणको तालिममा मन्टेश्वरी अभिमुखीकरण तथा आर्ट एण्ड क्राफ्टको तालिम आफ्ना कर्मचारीहरुलाई दिने दिईरहेको छ । आज देखि शुरु भएको तालिम ४ दिनसम्म संञ्चालन हुनेछ । आर्ट एण्ड क्राफ्टका लागिमन्टेश्वरी ट्रेनर शिखा लिम्बु र नरमाया लिम्बुले सहजीकरण गरिरहेका छन । अभिमुखीकरणका लागि स्कुलका सिईओ
छाल खवर धरान,२ पुषः नेकपा एमाले १४ नं. वडा कमिटीले स्थानीय दन्तकाली मावि. धरान १४ का विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । सो स्विटर वितरण कार्यक्रममा कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई वितरण गरीएको हो । वडाकमिटीका अध्यक्ष सूर्यप्रसाद पोख्रेलको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला प्रचार प्रमुख रवि खनाल, धरान सहइञ्चार्ज ऋषिराज राई, नगर अध्यक्ष हर्क एभेङ, नगर सदस्य सुरेन्द्र घिमिरे,झरना सुनुवार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ९५ जना विद्यार्थीले स्विटर, दन्तकाली मा.वि.का कक
छाल खवर धरान,१ मंसिर ः कथा वाचनलाई ‘ट्रेण्ड’ का रुपमा विकास गर्न सफल पछिल्लो समय नेपाली युवामाझ लोकप्रिय कथावाचक तथा उत्प्रेरक वक्ता साइग्रेस पोख्रेल धरानमा छन् । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीका संघर्षको कथा भन्दै विश्व भ्रमणका लागि निस्किएका साइग्रेस सोमबार धरानमा देखिए । आईएमई ग्रुपको सहकार्यमा ‘नेपाल टुर’ मा निस्किएका उनको अहिलेको मुख्य ‘कन्टेन्ट’ श्रमका लागि विदेश गएका नेपाली कामदारको संघर्षको कथा र ‘रेमिट्यान्स’ भइरहेको विकासमा आधारित छ । धनगढीबाट सुरु भएको ‘वर्ड टुर विथ साइग्रेस’ पूर्वी नेपालका बिर्तामोड र धरानमा
श्रीशीशा राई धरान,३० कार्तिक ः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक डा. लोकबहादुर श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ न्युसाउथ वेल्समा विद्यावारिधि अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकाछन् । उक्त विश्वविद्यालय विश्वकै उत्कृष्ट ५० मध्ये एक विश्वविद्यालय मानिन्छ । डा. श्रेष्ठले प्राप्त गरेको छात्रवृत्तिलाई साइन्सिया स्कलरसिपका नामले चिनिन्छ जुन चिकित्सा अध्ययनमा विश्वकै एक उत्कृष्ट र सम्मानित छात्रवृत्ति मानिन्छ । यो छात्रवृत्ति पाउने उनी नेपालका पाँचौ र विपी प्रतिष्ठानका पहिलो चिकित्सक हुन् । ४ वर्षे विद्यावारिधी अध्ययनका लागि दिइने यस छात्रवृत्ति करिब चार करोड नेपा
छाल खवर इलाम,३० असोज ः इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ। इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो। इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ। प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए। कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न लागिएको हो। आठ सेमेष्टरको चार वर्षे कोर्ष चार लाख रुपैयाँमा पूरा गर्न सकिने छ। यो क्याम्पस सञ्चालनमा आएपछि जिल्लाभित्रका मात्र हैन बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउने अपेक्षा लिइएको छ। प
छाल खवर धरान,२४ असोज ः धरान–१२ स्थित सुनाखरी एकेडेमीले शेयर कारोबार सम्वन्धि जानकारी दिने उदेश्यले शुक्रबार एक दिने तालिम सम्पन्न गरेको छ । विद्यालयस्तर देखि नै जीवन उपयोगी शिक्षा दिने उदेश्य राखिएको सो कलेजले विभिन्न उपयोगी कार्यहरुमा शिक्षा दिदै आएको छ । जीवन उपयोगी र व्यवहारिक ज्ञान दिने उद्देश्यले कक्षा ११ का विद्यार्थीहरुलाई एकेडेमीले शेयर कारोबारसम्बन्धी शिक्षा दिएको हो । एकेडेमीका प्रिन्सिपल मिलन राईका अनुसार सो तालिमबाट विद्यार्थीहरुले सेयर कारोबारबारे ज्ञान हासिल गरेपछि पढाईसँगसँगै आम्दानी पनि गर्न सक्ने भएकोले कार्यक्रम आयोजना गरिएको हो । कलेजको अध्ययनको विषयमा पनि शेयरको व
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic