समाज

    Showing २५१-२६० of ४१५ items.
  • शिङ्साबा भोटे समाजमा पहिलो पटक महिला नेतृत्व

    छाल खवर धरान,३१ साउन ःशिङ्सावा भोटे समाजको मा पहिलो पटक महिला अध्यक्ष छोजुङ भोटे निर्वाचित बनेकी छिन् । आठौं अधिवेशनबाटद्धारा पहिलो पटक महिला अध्यक्ष छोजुङ भोटे निर्वाचित बनेकी हुन्। धरान र हिमाली शिङ्सावा भोटिया समाजको धरानमा भएको आठौं अधिवेशनबाट छोजुङ अध्यक्षमा निर्वाचित भएको हो । छोजुङ समाजको एतिहासिक पहिलो पटक महिला नेतृ अध्यक्ष पदमा चयन बनेकी हुन् । समाजको आठौ अधिवेशनल तथा १७ औ वार्षिक साधारण सभाले छजुङलाई अध्यक्षमा निर्वाचित गरेकोे छ ।नेतृत्व आलोपालो गर्ने सहमती नभएपछि अधिवेशनमा भोटद्धारा छोजुङ अध्यक्ष पदमा चयन बनेकी हुन् । अध्यक्ष पदका लागि चुङ्दाक भोटे र छोजुङ लामा भोटे २ जनाकोे

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • २,९०० पटक पढिएको
    • छाल खबर
  • आगलागी पीडित आइतीमायाको घर निर्माण

    छाल खवर धरान,३० साउन ः गत वर्ष आगलागिहबाट पीडित धरान– १४ पिण्डेश्वर मन्दिर जाने वाटोकी आइतीमाया लिम्बूको घर निर्माण सम्पन्न भएको छ । गत बर्ष असोज ९ गते भएको आगलागीबाट पीडित आइतीमाया लिम्बूको सहयोगीहरुले घर निर्माण गरीदिएका हुन् । निम्न आर्थिक अवस्थाकी आइतीमाया लाई घर निर्माण गरीदिएको निर्माण सदस्य दिपक घिसिङले जानकारी दिएकाछन् । चिउरा मिलमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी उनको साथमा १७, १८ बर्षको एक छोरा, बुहारी र नाती छन् ।उनकी बुहारी सफारी चलाउछन् तर गुजारा गर्न हम्मे छ । देश विदेशबाट सहयोगी दाताहरुबाट साथ पनि मिल्यो । विगत ३ महिनादेखि घर निर्माण कार्य शुरु भयो ।निर्माण

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • ३,३०३ पटक पढिएको
    • छाल खबर
  • पहिचान साहित्य अभियानलाई बेलायती गोर्खा सैनिकहरुको १ लाख ६ हजार

    छाल खवर धरान,३० साउन ः पहिचान साहित्यप्रति प्रतिवद्ध बेलायती गोर्खा सैनिकहरुले बागियान साहित्य कोषमा एक लाख छ हजार रुपैया जम्मा गरेकाछन् । नेपालको विभिन्न स्थानमा जन्मिई हाल बेलायती गोर्खाली सेनामा कार्यरत कर्ण राई, गोबिन्द तामाङ, लाल आङथुपो, भाइकुमार राई, यादव राई, घनेन्द्र जिमी, जगत नवोदित, प्रेमिज राई, सन्त लिम्बु, विजय बान्तावा राईले एकमुष्ट रुपमा सो रकम जम्मा गरेका हुन् । पहिचान साहित्य लेखन अभियानका रुपमा विगत ६ वर्षदेखि धरानबाट निरन्तर प्रकाशन हुँदै आएको बागियान साहित्यिक पत्रिकाले अभियानको प्रभावकारिता र निरन्तरताका लागि बागियान साहित्य कोष स्थापना गरेको छ । साउन २८ गते विहीबार धरा

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • २,७०९ पटक पढिएको
    • छाल खबर
  • पंखवतिद्धारा राहत कोष हस्तान्तण

    छाल खवर धरान,२१ साउन ः पंखवति बचत तथा ऋण सहकारी संस्था लि. बराहक्षेत्र–२ ले शेयर सदस्यलाई राहत कोष हस्तान्तरण गरेको छ । सहकारीले शेयर सदस्य बीरमाया राईको परिवारलाई मृत्यु पश्चात राहत कोष हस्तान्तरण गरेको हो । केही दिन शेयर सदस्य बीरमाया राईको मृत्यु भएको थियो । संस्थाले आफ्ना शेयर सदस्यहरुको लागि गत वर्षदेखि मृत्यु राहत कोषको स्थापना गरेको व्यवस्थापक चक्रबहादुर राईले जानकारी दिएकाछन् । बीरमाया राईको परिवारलाई राहत कोषबाट सहयोग स्वरुप ४० हजार नगद हस्तान्तरण गरीएको व्यवस्थापक राईले वताएकाछन् । कोषलाई आगामी दिनमा पनि निरन्तरता दिदै लगिने संस्थाले जनाएको छ । शेयर सदस्यको मृत्यु पश्चात

    • प्रकाशित मितिः साउन २१, २०७८
    • १,६०९ पटक पढिएको
    • छाल खबर
  • शिक्षा दिने गुरुप्रति सम्मान प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

    छाल खवर काठमाडौं,९ साउन ःशिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदैछ । आषाढ शुक्ल पूर्णिमाका दिन मनाईने गुरु पूर्णिमामा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष पनि कोरोना सङ्क्रमणका कारण सार्वजनिक कार्यक्रम कमै गरिए पनि विभिन्न माध्यमबाट श्रद्धाभाव प्रकट गरिने जनाइएको छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका

    • प्रकाशित मितिः साउन ९, २०७८
    • ३,०४३ पटक पढिएको
    • छाल खबर
  • वार्षिक उत्सवमा आश्रमलाई स्टेशनरी वितरुण

    छाल खवर धरान,७ साउन ः कृति बचत तथा ऋण सहकारी सस्था लि. धरान– १२ ले स्टेशनगरी सामान वितरण गरेको छ । संस्थाले १३ औ वार्षिक उत्सबको अवसरमा धरान–३सरस्वती बाल आश्रम लाई सामान वितरण गरेको हो । आश्रमका अध्यक्ष दान बहादुर राईलाई १० दश हजार बराबरको कपि बितरण गरिएको सहकारीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिएकाछन् । फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा काम गरौं भन्ने उदेश्यले आश्रमलाई सहयोग गरीएको उनको भनाई रहेको छ । कार्यक्रममा उपाध्यक्ष कुशल श्रेष्ठ,सदस्य दिपेन लिम्बू,गोपाल भुजेल,सुन्दर श्रेष्ठ,तथा कर्मचारी धनमाया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । संस्थाले यस अघि पनि कोरोना महामार

    • प्रकाशित मितिः साउन ७, २०७८
    • ३,७०३ पटक पढिएको
    • छाल खबर
  • सभामुख भण्डारीद्धारा बकरइदको शुभकामना

    छाल खवर धरान,५ साउन ः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलमबीहरुको महान पर्व इद–उल–अजहा (बकरइद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख भण्डारीले बुधवार शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्धायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोतर प्रगतिको शुभकामना व्यत्त गनुभएको हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, तथा बहुसाँस्कृतिक विशेषताले सम्पन्न हामी नेपालीहरुका संस्कार, सँस्कृति एवंम् पर्वहरुले हाम्रा यिनै विविधताहरुलाई एक सुत्रमा बाँधेर सामाजिक सहिष्णुता, सद्भाव, राष्ट्रिय एकता तथा नेपालीको साझा पहिचान कायम गर

    • प्रकाशित मितिः साउन ६, २०७८
    • २,४११ पटक पढिएको
    • छाल खबर
  • आज साउने सङ्क्रान्ति पर्व देशभर मनाइँदै

    छाल खवर धरान,१ साउन ः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज ९शुक्रबार० देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचिन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ। माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर

    • प्रकाशित मितिः साउन १, २०७८
    • १,१५५ पटक पढिएको
    • छाल खबर
  • उवासंघ सुनसरीद्धारा स्वागत र विदाईलाई निरन्तरता

    छाल खवर धरान,१५ असार ः सुनसरी उद्योग वाणिज्य संघ,धरानले प्रहरी प्रमुखको विदाई र स्वागतको कार्यक्रमलाई निरन्तरता दिएको छ । धरानका अन्य सरकारी कार्यालयका प्रमुख आउदा जादा खासै वास्ता नगर्ने सुनसरी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालयका प्रमुख आउदा स्वागत र जादा विदाई गर्दै आएको छ । इलाका प्रहरी कार्यालय धरानमा कार्य अवधि पुरा भएर सरुवा हुन लागेका डिएसपी ज्ञानेन्द्र बस्नेतलाई विदाई गर्दै उनको ठाउमा आएका डिएसपी नरेन्द्र कुवँरलाई संघले आफ्नै कार्यकक्षमा स्वागत गरेको थियो । कार्यक्रममा डिएसपी नरेन्द्र कुँवरले सुनसरी उद्योग वाणिज्य संघको सदैव सहकार्यको अपेक्षा गरेका छन् । कुवँरले आर्थिक ग

    • प्रकाशित मितिः असार १५, २०७८
    • ९,३५७ पटक पढिएको
    • छाल खबर
  • किन खाइन्छ त असार १५ मा दहि चिउरा रु यस्तो छ कारण

    छाल खवरधरान,१५ असार ःआज असार पन्ध्र अर्थात् दहि चिउरा खाने दिन । हामी असारलाई धान दिवस मात्र भन्दैनौं आजको दिन दहि चिउरा खाएर मनाउछौं । नेपाल आफैमा बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र हो । त्यसैले हाम्रो रहनसहन अनि खानपान पनि मौसम र समय अनुसार नै परिवर्तन हुन्छ । हामीले आज खाने दहि चिउराको पनि आफ्नै विशेषता छ । चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ। दहीचिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ। दही च

    • प्रकाशित मितिः असार १५, २०७८
    • २,४४६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic