समाचार

    Showing १,०९१-१,१०० of १,६४९ items.
  • पुलिस स्कुलमा १५ औँ अन्डर ८ फुटबल प्रतियोगिता सुरु

    धरानछाल खवर धरान,११ मंसिर ः खेलकुद क्षेत्रमा अग्रणी रहेको धरानस्थित नेपाल पुलिस स्कुलमा १५ औँ अन्डर ८ फुटबल प्रतियोगिता सुरु भएको छ । कक्षा ९ ले आयोजना गरेको सो प्रतियोगितामा कक्षा चारदेखि कक्षा आठसम्म अध्ययनरत इच्छुक विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएकाछन् । स्कुलका फुटबल प्रशिक्षक सागर कार्कीका अनुसार कक्षा ९ का विद्यार्थीहरुलाई कुनै पनि कार्यक्रम तथा प्रतियोगिता सफलताका साथ आयोजना गर्न सिकाउने उदेश्यले हरेक वर्ष यो प्रतियोगिता आयोजना गरीदै आएको हो । प्रतियोगिताबाट स्कुल फुटबल टिमका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने पनि बताए । विद्यार्थीहरुलाई विद्यालयस्तर देखि नै कार्यक्रम तथा प्

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • ३,८४४ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र नंं १ मा सुजेन्द्र तामाङ विजयी

    छाल खवर धरान,८ मंसिर ः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ विजयी वनेकाछन् । उनले निकटतम प्रतिद्धन्दी लक्ष्मी खतिवडालाई भारी मतले पराजित गर्दै विजयी वनेका हुन् । विजयी तामाङले ३९३ मत ल्याई विजयी भए भने उनका प्रत्याशी खतिवडाले २१५ मत मात्र पाएकीथिइन । खतिवडा संस्थापन पक्षकी उमेद्वार हुन भने तामाङ पौडेल समूहबाट उमेद्वार वनेका थिए । नगर कार्यसमितिमा पनि संस्थापन समूहको प्यानल नै पराजित वनेको थियो । त्यसैगरी सचिवद्धयमा महेन्द्र प्रधानले ३६४ मत ल्याई विजयी भए भने केषव पुरीले ३२१ मत ल्याई विजयी वनेकाछन् ।सचिव पदमा खतिवडा प्यानलका देवेन्द्र लिम्बू २९३ र जय बहादुर लि

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १,४८२ पटक पढिएको
    • छाल खबर
  • नेकपा एकिकृत समाजवादीको धरानमा कार्यालय सञ्चालनमा

    छाल खवर धरान,७ मंसिर ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो संगठन विस्तार र कार्यालय संञ्चालनलाई तिव्र बनाउने क्रममा मंगलवार धरानमा सम्पर्क कार्यालय सञ्चालन गरेको छ । अन्य क्षेत्रमा कमिटी गठन र कार्यालय सञ्चालन भईरहदा धरानमा ढिलाई हुदा निकै चर्चा परिचर्चा हुन थालेको थियो । यसका वावजुद कार्यालय सञ्चालन भएको हो । धरानमा एकमात्र जनप्रतिनिधि कैलाश अग्रवाल एकिकृत समाजवादी पार्टीमा आवद्ध भएका थिए भने अन्य गतिविधि शुन्य अवस्थामा रहेको थियो । पार्टीका नेता कैलाश अग्रवालको अध्यक्षतामा बसेको बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरी पुरानो पानस होटल भएको घरमा कार्यालय सञ्चालन ल्याएको ह

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ७,७८४ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस प्रदेशसभा निर्वाचन सुनसरी क र ख मा अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानल विजयी

    छाल खवर धरान,५मंसिर ः नेपाली कांग्रेस प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सुनसरी १(१)मा अनिल श्रेष्ठ प्यानल विजयी भएको छ । धरान ८ सभागृहस्थित मतदान केन्द्रमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले सभापतिमा २६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी मदन ढकालले ९६ मत मात्र पाए । उपसभापतिमा श्रेष्ठ प्यानलकी झुमादेवी राईले २८१ र प्रदिप शाक्यले २३७ मत पाएर विजयी भए भने ढकाल प्यानलका उम्मेदवार कुमार मोक्तानले ९६ र मनोज सुब्बाले ९७ मत पाए । यसैगरि सचिवमा श्रेष्ठ प्यानलका युवराज शंकरले २८० र राजेन्द्र राईले २४४ मत पाएर विजयी भए । सचिवमा उम्मेदवार ढकाल प्यानलका राजेन्द्रकुमार राईले ९९ र सुनिल श्र

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १,४४७ पटक पढिएको
    • छाल खबर
  • क्षेत्रीय सभापतिमा सुजेन्द्र तामाङ प्यानलको उम्मेद्वारी घोषणा

    छाल खवर धरान,३ मंसिर ःधरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुजेन्द्र तामाङले सुनसरी क्षेत्र नं. १ को सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । तामाङले विहिवार धरान–१५ स्थित धरान किचनमा आयोजित पत्रकार सम्मेलनउनको प्यानलको उम्मेद्वारी घोषणा गरेको गरेकाछन् । उनको प्यानलको सचिवमा केशव पुरी र महेन्द्र प्रधान, सहसचिवमा सुमित राई र भोजराज न्यौपाने रहेका छन् । पत्रकार सम्मेलनमा प्रदेशसभा सुनसरी १ (१) कार्य समितिको उम्मेदवारमा सभापतिमा अनिल श्रेष्ठ, उपसभापतिमा प्रदीप शाक्य, झुमा राई, सचिवमा राजेन्द्र राई, युवराज शंकर, सहसचिवमा हरिप्रसाद ओझा र सहसचिवमा रमिता श्रेष्ठले उम्मेद्वारी दिएकी छिन् ।

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • ३,७८४ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजनमा साइग्रेसको ‘स्टोरी’

    छाल खवर धरान,१ मंसिर ः कथा वाचनलाई ‘ट्रेण्ड’ का रुपमा विकास गर्न सफल पछिल्लो समय नेपाली युवामाझ लोकप्रिय कथावाचक तथा उत्प्रेरक वक्ता साइग्रेस पोख्रेल धरानमा छन् । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीका संघर्षको कथा भन्दै विश्व भ्रमणका लागि निस्किएका साइग्रेस सोमबार धरानमा देखिए । आईएमई ग्रुपको सहकार्यमा ‘नेपाल टुर’ मा निस्किएका उनको अहिलेको मुख्य ‘कन्टेन्ट’ श्रमका लागि विदेश गएका नेपाली कामदारको संघर्षको कथा र ‘रेमिट्यान्स’ भइरहेको विकासमा आधारित छ । धनगढीबाट सुरु भएको ‘वर्ड टुर विथ साइग्रेस’ पूर्वी नेपालका बिर्तामोड र धरानमा

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • २,१३३ पटक पढिएको
    • छाल खबर
  • विपीका डा.लोकबहादुर श्रेष्ठलाई न्युसाउथ वेल्समा विद्यावारिधीका लागि छात्रवृत्ति

    श्रीशीशा राई धरान,३० कार्तिक ः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक डा. लोकबहादुर श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ न्युसाउथ वेल्समा विद्यावारिधि अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकाछन् । उक्त विश्वविद्यालय विश्वकै उत्कृष्ट ५० मध्ये एक विश्वविद्यालय मानिन्छ । डा. श्रेष्ठले प्राप्त गरेको छात्रवृत्तिलाई साइन्सिया स्कलरसिपका नामले चिनिन्छ जुन चिकित्सा अध्ययनमा विश्वकै एक उत्कृष्ट र सम्मानित छात्रवृत्ति मानिन्छ । यो छात्रवृत्ति पाउने उनी नेपालका पाँचौ र विपी प्रतिष्ठानका पहिलो चिकित्सक हुन् । ४ वर्षे विद्यावारिधी अध्ययनका लागि दिइने यस छात्रवृत्ति करिब चार करोड नेपा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १,७२१ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै

    छाल खवर काठमाडौं,३० कार्तिक ःप्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्। मंगलबार बस्ने प्रदेशसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। यसअघि आइतबार उनले प्रदेश सभा नियमावली अनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो। पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १,५३९ पटक पढिएको
    • छाल खबर
  • समाजवादी प्रेस संगठनको संस्थापक पदाधिकारी र सदस्य घोषणा

    छाल खवर काठमाडौं ,२७ कार्तिक ः नेकपा (एकिकृत समाजवादी) पार्टी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनको संस्थापक पदाधिकारी एवं सदस्य घोषणा भएको छ । संगठनको संयोजकमा पत्रकार शम्भु श्रेष्ठ चुनिएका छन् । त्यस्तै महासचिवमा भुपराज खड्का र तेजप्रसाद वाग्ले तोकिएका छन् । उपाध्यक्षमा प्रकाश खतिवडा र शितल शाह,वुद्धविर बाहिङ राई, शान्तराम विडारी, तीर्थराज सिग्देल प्रदेश उपाध्यक्ष, नवराज छतकुली, श्रीराम सिग्देल, विकास वन्जाडे, दुर्गा थापा, राजेन्द्र कुवार,चुनिएकाछन्। त्यसैगरी सचिवहरुमा शुभाष प्रसाद साह, उत्तरसिं विष्ट, गोविन्द चौलागाई , र कोषाध्यक्षमा कृष्णराज गौतम चयन भएकाछन् । संगठनको संस्थापक सदस्

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • २,१७१ पटक पढिएको
    • छाल खबर
  • लिम्बुवान मञ्च सुनसरीको अध्यक्षमा पुनः अमर इजम ,नगरमा सञ्जुहाङ साँवा सर्वसम्मत

    छाल खवर धरान,२७ कार्तिक ःसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरी र धरान नगरको सर्वसम्मत नेतृत्व चयन भएको छ । धरानमा भएको जिल्ला सम्मेलन र नगर सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । धरानको इजिराइडर सभाहलमा सम्पन्न अधिवेशनले सुनसरी जिल्ला अध्यक्षमा पुनःअम्मर इजम सर्वसम्मत चुनिएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पदम खेवाङ, उपाध्यक्षहरुमा देउमान लिम्बू, नरबहादुर लिम्बू, डम्बर थक्लुङ, सरस्वती सुब्बा, मोहम्मद ताहिर, दिलु सुब्बा राई, तिर्थराज मादेम्बा, राजकुमार वनेम र मनोहर थलङ निर्वाचित भएका छन् । सचिवमा निर्मल राई, पदम तामाङ, कृष्टिना

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ५,५४५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic