समाचार

    Showing १,२३१-१,२४० of १,६४९ items.
  • नेपाल वसोवासद्धारा विपन्न परिवार राहत वितरण

    छाल खवर धरान,९ असार ःनेपाल बसोबास बस्ती संरक्षण समाजले विपन्न परिवारलाई धरानमा खाद्यान्न वितरण गरेको छ । समाजले धरानका विभिन्न स्थानमा सुकुम्बासि तथा बिपन्न परिवारलाई मङ्गलबार खाद्यान्न सामग्री बितरण गरेको हो ।समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीका अनुसार धरान १७ स्थित साउने बस्तिका ४६ घर, १६ नम्बर वडा सुर्यटोलका १९ घर र १३ नम्बर वडा अमर बस्तिका १३ घर गरि जम्मा ७८ घर परिवारलाई राहत वितरण गरीएको हो । खाद्यान्न वितरण अन्य क्षेत्रमा पनि निरन्तरता दिइने अध्यक्ष कार्कीले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • ३३० पटक पढिएको
    • छाल खबर
  • केन्द्रमा शेर बहादुर देउवाको घोषणा ,धरान नगरमा किशोर राईको उम्मेद्वारी घोषणा

    छाल खवरधरान,७ असार ःसामुहिक नेतृत्व,मजवुत संगठन र पारदर्शिता, सुनिश्चित सुशासन हाम्रो प्रतिवद्धता भन्ने मुल नारा तय गर्दै नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा किशोर राईले नेपाल कै पहिलो पटक नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन् । राईले १४ औं महाधिवेशनका लागि धरान नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । राईले सोमबार विज्ञप्ति जारी गर्दै धरान नगर सभापतिमा आफुले उम्मेदवारी घोषणा गरेको जानकारी दिएका हुन् । आफु नगर सभापति भएको खण्डमा धरानलाई नेपाली काँग्रेसको किल्ला वनाउने उनले उल्लेख गरेकाछन् । उनले स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउनको लागि आफ्नो महत्

    • प्रकाशित मितिः असार ७, २०७८
    • १२,३६३ पटक पढिएको
    • छाल खबर
  • एम्स एकेडेमीमा यस बर्षदेखि आमसञ्चार पढाई हुने

    छाल खवर धरान,६ असार ः एम्स एकेडेमी धरान १२ मा यस वर्षदेखि आमसञ्चार विषयमा पढाई हुने भएको छ । एम्स एकेडेमीमा नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा आमसञ्चार विषयको पढाई शुरु गर्ने भएको हो । एकेडेमीले नयाँ भर्नाका लागि अनलाइन प्रि–रजिष्ट्रेसन समेत खुल्ला गरेको हो । एम्सका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार एकेडेमीको फेसबुक पेजमा अनलाइन फारम भर्ने लिंक राखिएको छ । एसईई रिजल्टको प्रतिक्षामा रहेका विद्यार्थीहरुले एम्स एकेडेमीको पेजमा गएर अनलाईन दर्ता गर्न सक्ने व्यवस्था गरीएको छ । अनलाइन मार्फत आवेदन दिने विद्यार्थीहरुले रिजल्ट आएपछि प्रवेश परीक्षा दिनुपर्ने र त्यसपछि भर्ना

    • प्रकाशित मितिः असार ६, २०७८
    • ११,५७२ पटक पढिएको
    • छाल खबर
  • पत्रकारको नाममा रकम ठगी गर्ने २ जना पक्राउ

    छाल खवर धरान,६ असार ःपत्रकार हौ भन्दै व्यापारीहरुसँग अवैध रुपमा रकम उठाउने दुइजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि उनीहरुले रकम ठगी गर्र्दै आएका थिए । गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहर

    • प्रकाशित मितिः असार ६, २०७८
    • २,३५५ पटक पढिएको
    • छाल खबर
  • स्थापना दिवसमा मेयर पार्कमा वृक्षारोपण

    छाल खवर धरान,६ असार स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट प्रदेश नं १ ले आयोजना र नेपाल स्काउट धरानको समन्वयमा वृक्षारोपण सम्पन्न भएको छ । शनिवार धरान–१६ स्थित मेयर पार्कमा बाह्रै महिना हरियाली रहने रुख तथा फूलहरू रोपिएको हो । नेपाल स्काउट प्रदेश १ का तदर्थ समितिका सदस्य हेमन्त भण्डारीले जानकारी दिए। फूलहरूले पार्कहरूलाई सुन्दर र सुगन्धमय बनाउने कार्य गर्दछ, त्यसैले धरानका अन्य ठाउँहरूमा पनि बोटबिरुवा रोप्ने योजना स्काउटको रहेको स्काउट भण्डारीले बताएकाछन् । स्काउट धरानका संयोजक अनुप तामाङ, उपमहानगरपालिका उपप्रमुख एवम् प्रमुख स्काउट मञ्जु भण्डारी, इलाका प्रहरी कार्यालयका प

    • प्रकाशित मितिः असार ६, २०७८
    • ५,१३६ पटक पढिएको
    • छाल खबर
  • मारवाडी मिड यूथको रक्तदानमा२ सय ३ पिन्ट रगत संकलन

    छाल खवर धरान,५ असार ः मारवाडी मिड यूथ धरानले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय ३ पिन्ट रगत संकलन भएको छ । कोरोना महामारीको बिचमा आयोजना गरीएको कार्यक्रममा पनि लक्ष्यभन्दा पनि बढी रगत संकलन भएको मारवाडी मिड यूथ धरानका संयोजक अनिल कुमार अग्रवालले जानकारी दिएकाछन् । उनका अनुसार १ सय ५० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएकोमा २ सय ३ पिन्ट रगत संकलन भएको छ । कोरोना महामारीले गर्दा प्रदेश १ का विभिन्न अस्पतालहरूमा बिरामीले रगत नपाएर अकालमा ज्यान गुमाउन थालेपछि समाजले रक्तदान कार्यक्रमको आयोजना गरीएकोे आयोजकले जनाएकोछ । कार्यक्रम संयोेजक अग्रवालका अनुसार प्रदेश १ का ब्लड बैङ्कहरूमा रगतक

    • प्रकाशित मितिः असार ५, २०७८
    • २,३३७ पटक पढिएको
    • छाल खबर
  • खाद्य प्रविधि विषय नेपालमै पहिलो पल्ट प्लस टु लेवलमा मेघा कलेजमा

    छाल खवरधरान,५ असारः धरान मेघा कलेजले यसै वर्षदेखि नेपाल मै पहिलो पटक नयाँ विषयमा कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ । कलेजले विज्ञान संकाय अन्तर्गत नेपाल मै पहिलो पल्ट खाद्य प्रविधि तथा पोषण विज्ञानको पठनपाठन सञ्चालन गर्ने भएको हो । यो शैक्षिक सत्र देखि प्लस टु सञ्चालनमा ल्याउने भएको छ । नेपालको शिक्षा निति अनुसार कक्षा १ देखि १२ सम्म एउटै विद्यालयमा सञ्चालनमा गर्नुपर्ने नितिलाई अवलम्बन गर्दै यो शैक्षिक सत्रबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको हो । गत शैक्षिक सत्र सम्म कक्षा १० सम्म र व्याचलर तह सञ्चालन गर्दै आएको थियो । मेघाले यस सत्रबाट विज्ञान संकाय र व्यवस्थापन संकायको पठनप

    • प्रकाशित मितिः असार ५, २०७८
    • १०,७५४ पटक पढिएको
    • छाल खबर
  • मारवाडी मिड युथद्धारा रक्तदान भोली भानुचोकमा रक्तदान

    छाल खवर धरान,४ असार ः मारवाडी मिड युथ धरानले भोली भानुचोकमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।आयोजकले रक्तदान गर्ने विषयमा सञ्चारकर्मीलाई जानकारी गराएको हो । कार्यक्रम संयोजक अनिल अग्रवाल प्रिन्स)ले कोरानो महामारीका कारण अस्पतालहरुमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रमको आयोजना गरीन लागेको जानकारी दिएकाछन् । कोरोना महामारीका कारण विरामीले आवस्यता अनुसार रगत नपाएर उपचारमा समस्या भोग्नु परेकोले रगतको अभाव हुन नदिनको लागि कार्यक्रमको आयोजना गरीएको अग्रवालले जनकारी दिएकाछन् । मानवीय सेवा र मानिसको जीवन दान दिने जस्तो पुन्य कार्यमा सहभागी हुनको लागि समेत उनले अपिल गरेकाछन् । यस्तो पुन्य क

    • प्रकाशित मितिः असार ४, २०७८
    • १,५६९ पटक पढिएको
    • छाल खबर
  • मेघा कलेजको प्रमुखमा भाष्कर पौडेल नियुक्त

    खेमबहादुर माझी धरान,२ असार ः धरान मेघा कलेजको प्रमुखमा धरान १४ निवासी भाष्कर पौडेल नियुक्त हुनु भएको छ । शिक्षा क्षेत्रमा लामो समय कार्यरत पौडेललाई कलेज व्यवस्थापन समितिले सोमवार कलेज प्रमुखमा नियुक्त गरेको हो । धरान स्थित विष्णु मेमोरीयल कलेजबाट आफ्नो उच्च शिक्षाको अध्यापन शुरु गर्नुभएका पौडेल त्याहाको कलेजका पूर्व संयोजक समेत रहनु भएको थियो । त्यसपछि उहाँ ह्वाइट हाउस कलेज काठमाडौंको प्राध्यापक, अरनिको इन्टरनेशनल कलेजका संस्थापक लगायत थुप्रै शैक्षिक संस्थाहरुमा उहाँको आवद्धता रहेको छ । नव नियुक्त क्याम्पस प्रमुख पौडलले उच्च शिक्षा अध्ययनका लागि काठमाडौलाई केन्द्र मानेर त्याही जानुपर्ने वा

    • प्रकाशित मितिः असार २, २०७८
    • ११,७२५ पटक पढिएको
    • खेमबहादुर माझी
  • प्रदेश १ को बजेट ३२ अर्व ४६ करोड

    छाल खवर विराटनगर,१ असार ः प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३२ खर्व ४८ करोड ९२ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेश १ का योजना तथा आर्थिक मामिला मन्त्री टंक आङबुहाङले मंगलवार सो बजेट सार्वजनिक गरेका हुन् ।मन्त्री आङवुहाङले प्रदेश भरका स्थानीय तहलाइ बित्तीय समानीकरण, सर्सत अनुदान र समपुरक अनुदानका लागि कूल ३ अर्ब २२ करोड ४२ लाख रुपैयाँ छुट्याएको छ । उनले प्रदेश भरका स्थानीय तहले बित्तीय समानीकरण बापत १ अर्ब, सर्सत अनुदान ८५ करोड ४१ लाख र समपुरक अनुदान १ अर्ब ३७ करोड रुपैयाँ पाउने सार्वजनिक गरेका हुन् । यस्तै राजश्व बाँडफाँडबाट प्रदेशभरका स्थानीय तहमा करिव ८८ करोड बाँडफाँड

    • प्रकाशित मितिः असार १, २०७८
    • ८३५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic