समाचार

    Showing १,२८१-१,२९० of १,६४९ items.
  • धरानमा एक सचारकर्मी सहित ३५ संक्रमिण

    छाल खवर धरान,१८ वैशाख ः धरानमा शनिवार थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमिणहरु मध्ये एकजना संचारकर्मी पनि रहेको धरान उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थप भएसँगै धरानमा १९० हाराहारीमा सक्रिय संक्रमित पुगेको छन् । मेहताका अनुसार संक्रमित मध्ये एक दर्जन हाराहारी मात्र कोभिड अस्पतालमा लगिएको छ भने अन्य होम आइसोलेसनमा रहेकाछन्    

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • १६८ पटक पढिएको
    • छाल खबर
  • अनधिकृत कमिटीको भ्रममा नपर्न जनप्रतिनिधिलाई एमालेको अनुरोध

    छाल खवर धरान,१७ वैशाख ःनेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सुनसरीले अनधिकृत कमिटी र व्यक्तिले वन्द कोठाबाट फैलाएको भ्रममा नपर्न जनप्रतिनिधिलाई अपिल गरेको छ । एमाले जिल्ला अध्यक्ष रमेश वस्नेतले शुक्रवार विज्ञप्ति प्रकाशन गरी अवैधानिक कमिटीले जनप्रतिनिधिको मनोवल कमजोर वनाउन वन्द कोठामा वसेर गरेको षडयन्त्रको भ्रममा नपर्न आग्रह गरेका हुन् ।   वस्नेतद्धारा जारी विज्ञप्तिमा संचार माध्यममा नाम जोडिएर आएका व्यक्ति रेवतिरमण भण्डारी २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले)को नवौं महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको सदस्यमा उमेद्वार बनि पराजित भई जिल्ला अध्यक्ष पद गुमाएका व्यक्ती भएको उल्

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • ४,५४५ पटक पढिएको
    • छाल खबर
  • पाचजना जनप्रतिनिधलाई स्पष्टीकरण

    छाल खवर धरान,१६ वैशाख ःनेकपा एमाले सुनसरीले निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । पार्टी विरोधी क्रियाकलाप गरेको र नेतृत्वप्रति फरक धारणा राखेको भन्दै पार्टीले उनीहरुलाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरुमा वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगर, धरान– १५ का वडाध्यक्ष नरेशकुमार ईवारम, रामधुनी– ५ का वडाध्यक्ष डेगराज फुयाँल, इनरुवा ३ का वडा सदस्य सरोज बराल र इटहरी उपमहानगरपालिकाका कार्यपालिका सदस्य गौरीमान परियार रहेको पार्टीले जनाएको छ । स्पष्टीकरण पत्रमा ‘स्थानीय तहको सदस्यले राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ३१ बमोजिम ‘पदावधि काय

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • २,६०२ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा एकसाताको लागि निषेधाज्ञा जारी

    छाल खवर धरान,१६ वैशाख ः जिल्ला प्रशासन कार्यालय सुनसरीले एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ । कार्यालयले शुक्रवार राती १२ बजेपछिबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो । जिल्लामा कोरोना संक्रमण र मृत्यू दरमा वृद्धि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रशासनले एक साताको लागि निषेधाज्ञाको आदेश जारी गरेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार त्यस्तो आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको स्थानीय तहका प्रमुखहरुसहितको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा आगामि

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • २,७१० पटक पढिएको
    • छाल खबर
  • अनेरास्ववियुको सुनसरी जिल्ला कमिटी गठन

    छाल खवर धरान,१३ वैशाखः ः अनेरास्ववियु जिल्ला कमिटी सुनसरीको गठन भएको छ । धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस धरानको सभाहलमा भएको भेलाले सुमन कार्कीको अध्यक्षतामा १२५ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको बरिष्ठ उपाध्यक्ष अतित किरण नेपाल,उपाध्यक्षहरु सुजन खत्री , सुमन दाहाल, सचिव आशिष प्रधान, सह सचिबहरु विरेन्द्र चौधरी, नवाज सरिफ अन्सारी, प्रतिक खतिवडा कोषाध्यक्ष रहेकाछन् । त्यसैगरी सदस्यहरुमा कुवेर गुरुङ,अनिशजंग कुवर, श्रवण मेहता,साइमन दाहाल,अरुण कट्वाल, सन्दिप रिमाल,सुनिल लिम्वु,कमल डाँगी,यशोदा पाण्ड, अरुण चौधरी,विनयश्याम राज गुरागाई, निमेश रिजाल,शौरभ खड्का, समिट कार्की छन् । त्यस्त

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • २,८१९ पटक पढिएको
    • छाल खबर
  • धरानमा भूमिहिन सुकुम्बासी संकलन गर्न फारम वितरण शुरु

    छाल खवर धरान,१२ वैशाखः धरानमा भूमिहिन दलित, भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न फारम वितरण कार्य सुरु भएको छ । आज (आईतबार) बिहान धरान उपमहानगरका नगर प्रमुख तिलक राईले धरानको १५ नं. वडा कार्यालयबाट फारम वितरण कार्य सुरु गर्नु भएको थियो । सहजिकरण समितिका संयोजक समेत रहेका नगर प्रमुख राईसहितको टोलीले धरानको १३, १६, ११, १७, ४, ५ र ८ नं. वडा कार्यालयमा पुगेर फारम वितरण गरेको हो । वडाहरुमा धरानको सबैभन्दा बढी भूमिहिन दलित, भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको बसोबास रहेका छन् । बाँकी रहेका वडाहरुमा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई आज धरान उपमहानगरपालिकामा बसेको कार्

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • ३,२८२ पटक पढिएको
    • छाल खबर
  • १९ नं वडा कमिटी पुर्नगठन

    छाल खवर धरान,१२ वैशाख ः नेकपा (एमाले) धरान उपमहानगर १९ नं वडा कमिटीको शनिवार पुर्नगठन भएको छ । भेलाले टेक बहादुर तामाङको अध्यक्षतामा ७५ सदस्यीय कमिटी पुर्नगठन गरेको हो । भेलाले उपाध्यक्षमा रमन लिम्बू वनेम,सचिवमा कुबेर गुरुङ,उपसचिव,उतम तामाङ कोष्ध्यक्षमाअनिला तामङलाई चयन गरेको छ । पुर्नगठित कमिटीलाई सुनसरी जिल्ला अध्यक्ष रमेश वस्नेत,जिल्ला सदस्यहरु पदम इस्वो,नरेश इवारम, राजमणी निरौला,धरान नगर अध्यक्ष नारायण सुवेदी,नगर सचिव पारस काङमाङ लगायतले शुभकामना दिएका थिए । एमालेले धरानका विभिन्न वडामा आफ्नो वडा कमिर्टी पुनगठन गर्दै संगठन विस्तार गर्दै आएको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • ६,००९ पटक पढिएको
    • छाल खबर
  • नाबालिकलाई जर्बजस्ती गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    छाल खवर धरान,९ वैशाख ःबालिकालाई जर्बजस्ति करणी गरेको आरोपमा भोक्ताहा नरसिंह गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा रहेकाछन् । बुधवार धरानको डुकु होटलमा नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा अध्यक्ष महेन्द्रप्रसाद यादव प्रहरी नियन्त्रणमा रहेकाहुन । धरान १३ स्थित एक होटलमा लगेर बालिकालाई जवरजस्ति करणी गरेको आरोपमा उनलाई वुधवार पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । संखुवासभा घर भएकी १७ बर्षीया नाबालिकालाई होटलमा लगेर जर्बजस्ती गरेको आरोपमा उनलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले वताएकाछन् । यादव युवतिको विचमा इटहरीको एक होटलमा भेटपछि उनीहर

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • ३,८२८ पटक पढिएको
    • छाल खबर
  • महासंघका पदाधिकारीहरुलाई वधाई तथा शुभकामना

    छाल खवर धरान,७ वैशाख ः नेपाल पत्रकार महासंघ सुनसरीका नव निर्वाचित पदाधिकारीहरुलाई समानता र न्यायको पक्षमा निडर भएर कलम चलाउन विभिन्न व्यक्तित्वहरुले सुझाव दिएकाछन् । गत चैत २५ गते निर्वाचित महासंघका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यमममा वोल्दै सो सुझाव दिएका हुन् । नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित वधाई तथा शुभकामना कार्यक्रममा वोल्दै अखिल नेपाल फुटबल संघ प्रदेश १ का अध्यक्ष तथा एन्फाका मानार्थ केन्द्रिय उपाध्यक्ष,नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य,धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले लोकतन्त्र र न्यायको पक्षमा निडर भएर चलाउन सुझाव दिएका थिए । उनले स

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • ७,७९० पटक पढिएको
    • छाल खबर
  • विहिवारदेखि धरानका सम्पूर्ण विद्यालय वन्द हुने

    छाल खवर धरान,७ वैशाख ः कोरोनाको ंसंक्रमण पुर्न दोहोरीन थालेपछि धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयहरु बिहीबारदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । धरान उपमहानगरपालिकामा मंगलवार बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्दै जानथालेपछि सरकारले वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेसँगै धरान नगरपालिकाको बैठकले पनि विद्यालय वन्द गर्ने निर्णय गरेको हो । बुधबार भने विद्यार्थीहरुलाई वार्षिक परीक्षा र स्वास्थ्य सुरक्षा प्रोटोकलबारे जानकारी गराउन एक दिन विद्यालय लाग्न दिने निर्णय गरिएको शिक्षा महाशाख प्रमुख रत्न कट

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • ८,४१२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic