समाचार

    Showing १३१-१४० of १,७२१ items.
  • हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन सम्मानित

    छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार्षिक उत्सवका अवसरमा चार जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, सामाजिक अभियन्ता ललित योञ्जन,प्रकाश गिरी र अस्थायी प्रहरी चौकी श्याम चोक रहेकाछन् । पत्रकार राईलाई पत्रकारीताको माध्यमबाट विद्यालयलाई योगदान गरेको भन्दै नगद ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो । पत्रकार राई विगत तीन दशक भन्दा लामो समयदेखि पत्रकारीतामा सकृय रहेकाछन् । सामाजिक अभियन्ता योञ्जन श्याम चोक समाजका युवा अध्यक्ष हुन उनले लामो समयदेखि समाजसेवामा अहोरात्र खटीरहेक

    • प्रकाशित मितिः पुस ११, २०८२
    • २,५६९ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

    छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया सिजन–४ को उपाधि साजिलाल मा.विले हात पार्न सफल वनेको छ । विहिवार सम्पन्न भएको फाइनल प्रतियोगितामा साजिलालले अन्य विद्यालयलाई पछि पार्दै उपाधी हात पारेको हो । प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ। प्रतियोगितामा जीवन ज्योति इङलिस बोर्डिङ स्कुल, चक्रघट्टी बराहक्षेत्रले दोस्रो स्थान प्राप्त गरेको छ । जीवन ज्योतिले नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ। त्यसैगरी धरान मेघा हि

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २,९७८ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

    छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया–२०८२ (सिजन–४) को बुधबार सम्पन्न पहिलो चरणबाट ६ विद्यालय फाइनलमा प्रवेश गरेकाछन् । फाइनलमा प्रवेश गर्ने विद्यालयहरूमा आयोजक हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान,धरान मेघा हिमालयन स्कुल धरान, महेन्द्र माध्यमिक विद्यालय तित्रिगाछी बराहक्षेत्र, जीवन ज्योती बोर्डिङ स्कुल बराहक्षेत्र, साजिलाल मा.वि.सुन्दरहरैचा मोरङ र तरहरा मोडेल एकेडेमी रहेको प्रतियोगिता संयोजक सुवास मोक्तानले जानकारी दिएकाछन् । प्रतियोगिताका निर्णायकमा नवदीप साह र सुरेश रेग्मी रहेका छन्। प्रतियोगिताको फाइनल बिहीबार स्

    • प्रकाशित मितिः पुस ९, २०८२
    • १,३११ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

    छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) को तयारी पुरा भएको आयोजकले जनाएकोछ । हिबिस्कस ईङिलस बोर्डिङ स्कुलको ब्यवस्थापन, शिव गंगा टोल विकास संस्था धरान १५ र हिबिस्कस बाल क्लब, धरान १५ ले शनिवार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । कोशी प्रदेश स्तरिय हाजिरी जवाफ प्रतियोगितामा ४४ वटा स्कुलले सहभागिता हुने हाजिरी जवाफ प्रतियोगिता ब्यवस्थापन समितिका संयोजक सुवास मोक्तानले जानकारी दिएकाछन् । मोक्तानले धरान उपमहानगरपालिकाबाट २८, इटहरी उपमहा नगरपालिकाबाट ६, मोरङ जिल्लाबाट ३, बराहक्षेत्र नगरपालिकाबाट ४, रामधुनी नगरपालिकाबाट १ र इनरुवा नगरपालिकाबाट २ गरेर

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ३५० पटक पढिएको
    • छाल खबर
  • हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्धारा सम्मान

    छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुको संस्था एशोसिएसन अफ कम्प्युटर इन्जिनियरीङ स्टुडेन्ट तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरीङ स्टुडेन्टको आयोजनामा भएको टिच फेस्टिबल अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ विजेता वन्न सफल वनेको छ । धरान क्षेत्रबाट सहभागी ८ स्कुललाई पछि पार्दै हिविस्कस स्कुल विजेता वन्न सफल वनेको हो । हिविस्कस स्कुलले नगद १० हजार प्रमाण– पत्र प्राप्त गर्नेछ । त्यसैगरी सिदार्थ शिसुसदन स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ । विजेतालाई मात्र नगद पुरस्कारको व्यवस्था गरी

    • प्रकाशित मितिः पुस २, २०८२
    • १,४५० पटक पढिएको
    • छाल खबर
  • नेपाल शिक्षक महासङ्घ धरान गठन

    छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र विद्यालय कर्मचारी परिषद्को सहभागितामा महासङ्घ निर्माण भएको हो । नव गठित समितिको अध्यक्षमा शिक्षा सदन मा.विका शिक्षक अशोक पोखरेल चयन भएकाछन् । त्यसैगरी समितिको सहअध्यक्ष र खुल्ला उपाध्यक्ष र महिला उपाध्यक्षमा क्रमस राजेन्द्र खतिवडा,एमकुमार खत्री र लक्ष्मी भट्टराई बस्नेत चयन भएकाछन् । त्यस्तै सचिव र ७ सहसचिवमा क्रमस टेकबहादुर ढकाल,रविन थापा,केशवप्रसाद खतिवडा,फुलनदेवी लिम्वू, ठमेन्द्र बराल,सविता राई, मनु तामाङ,मङ्‌गलसिंह तामाङ चयन भ

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ४७६ पटक पढिएको
    • छाल खबर
  • मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

    छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवारलाई कम्वल वितरण गरेको छ । मञ्चले धरानमा विभिन्न मन्दिर आसपासमा रहेका विपन्नलाई कम्बल वितरण गरेको हो । जाडो शुरु हुन लागेकोले जाडोबाट बचाउन विभिन्न ठाउमा गरी १२२ वटा कम्बल वितरण गरीएको मञ्चका अध्यक्ष चन्द्र रतेरीया (अग्रवाल)ले जानकारी दिएकाछन् । आफूहरुको सानो प्रयासबाट कसैको ज्यान बचाउन र दुःखमा साथ दिन सकिन्छ भने साथ दिउ भन्ने उदेश्यले सहयोग गरेको चन्द्रको भनाई रहेको छ । कार्यक्रममा मारवाडी सेवा समती, मारवाडी महिला मञ्च र शनि मन्दिर समितिका पदाधिकारी र अन्यको उपस्थिति रहेको थियो । मारवाडी युवा मञ्चले विपन्न परिवारल

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • १,७३९ पटक पढिएको
    • छाल खबर
  • विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्झौता

    छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुलवीच स्वास्थ्य सम्झौता भएको छ । विजयपुर अस्पतालले हिविस्कस वोडिङ स्कुलका अभिभावक,शिक्षक,कर्मचारी र विद्यार्थीहरुलाई २० प्रतिशतसम्म उपचारमा छुट दिइने सम्झौता भएको हो । स्कुल र अस्पतालवीचमा २० प्रतिशतसम्म छुट दिइने सम्झौता भएको अस्पतालका अध्यक्ष पंकज खतिवडाले वताउनु भयो । सम्झौताले स्कुल परिवारलाई उपचारमा सुविधा र थप राहत पुग्ने विश्वास रहेको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो । हिबिस्कस ई.बो. स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र सञ्चालकहरू प्रति सामाजिक उत्तरदायी तथा जिम्मे

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ७३९ पटक पढिएको
    • छाल खबर
  • जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

    छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ अध्यक्षमा गणेश राई चयन भएकाछन् ।शुक्रवार धरानमा भएको प्रदेश भेलाले राईको अध्यक्षतामा सर्वसम्मत ४९ सदस्यीय समिति चयन गरेको हो ।समितिको तीन उपाध्यक्षमा डिल्ली सुव्वा,रमा कार्की र नसरुल महम्मद रहेकाछन् भने महासचिवमा नगेन्द्र पारघरी लिम्वू रहेकाछन् ।त्यसैगरी समितिको तीन सचिवमा गणेश खालिङ,कुमार सुन्वार र रन्जित साम्पाङ चयन भएकाछन् ।सदस्यहरुमा सुमन राई,दुर्गा गुरुङ, दुर्गा राई,लगायत रहेकाछन् ।अघिल्लो समितिका केही नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नयाँ कमिटी निर्माण गरेको हो ।पार्टीलाई प्रदेश १ मा पहिलो

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २,१८४ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी डान्सिङ आइडलको उपाधि साईमा र सागरिकालाई

    छाल खवर मंसिर २८ मंसिरः सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साईमा लिम्बु र सागरिका श्रेष्ठले हात पारेकाछन् । सुनाखरी एकेडेमी धरान–१२ मा सम्पन्न एकल नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेबाट उनीहरुले उपाधि हात पारेका हुन । सिनियरतर्फ कक्षा ९ की साईमा लिम्बु र जुनियरतर्फ कक्षा ५ की सागरिका श्रेष्ठ प्रथम बनेका हुन्। सुनाखरी बाल क्लबको आयोजनामा तथा सुनाखरी एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा सिनियरतर्फ कक्षा ७ की चारु राई र जुनियरतर्फ कक्षा ३ की सोफिया राईले उपविजेताको उपाधि हात पार्न सफल वनेका थिए । यस्तै, सिनियरतर्फ कक्षा ६ की इसिका श्रेष्ठ र जुनियरतर्फ कक्षा ३ की एलिभेट गिर

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • १९५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic