समाचार

    Showing १,५२१-१,५३० of १,६४९ items.
  •  भदौ १० गतेसम्म लकडाउन लम्वियो

    छाल खवर धरान,२ भाद्र ः धरानमा तेस्रो चरणको लकडाउनको समय घोषणा भएको छ । नगरकार्य पालिकाको मंगलवार वसेको वैठकले भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण दिनप्रतिदिन वढदै गएको र संक्रमणको जोखिम कम नभएकोले लकडाउनको समय एक सातालाई थप गरेको ९ नं वडाका वडाध्यक्ष रत्न कट्वालले वताउनु भयो । कट्वालका अनुसार बुधवार देखि विहान ८ बजेसम्म तरकारी, दुध र खाद्यान्न बिक्री गर्न दिने निर्णय भएको छ ।समुदायबाट ‘व्यापाक जनगुनासो आएकोले तरकारी, दुध र खाद्यान्न पसल बिहान ८ बजेसम्म स्वास्थ्य संगठनको मापदण्ड अपनाएर खोल्न दिने निर्णय भएको जानकारी दिनुभयो । यस अघि जो सुकैले पनि लकडाउनको समय

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ३,७२३ पटक पढिएको
    • छाल खबर
  • आज(सोमवार) मात्र धरानमा १३ जनामा कोरोना सङ्क्रमण

    छाल खवर धरान,१ भाद्रः धरानमा सोमवार १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित नर्सको परिवारका ४ जना सहित सो संख्यामा संक्रमित भएको जनाईएको छ । बीपी प्रतिष्ठानमा कार्यरत धरान –१६ निवासी नर्सको परिवारका ४ जना सहित धरान १८ का २ जना ३० वर्षीय पुरुष, २७ वर्षीय महिला, धरान १९ को १ जना ३९ वर्षीय पुरुष, धरान १५ का २ जना १९ र ३९ वर्षीय महिला, धरान १७ का १ जना ३९ वर्षीय महिला स्वास्थ्यकर्मी रहेको बताइएको छ । धरान ९ का १ जना २४ वर्षीय महिला, धरान १० का २ जना ५० र ७७ वर्षीय महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी

    • प्रकाशित मितिः भदौ १, २०७७
    • ४,७९३ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा भदौ ७ गतेसम्म हिडडुल गर्न निषेध

    छाल खवर धरान,३२ साउन ः जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञाको समय थप गरिएको छ । आइतवार वसेको डिसिसिएमसि बैठकले भदौ ७ गतेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नै फैलिन शुरु गरीसकेको र छिमेकी देश भारत र छिमेकी जिल्लाहरुमा संक्रमण दिनप्रतिदिन बढदो हुन थालेकोले निषेधाज्ञा थप गर्ने निर्ण गरीएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताउनु भयो । आइतवार राती १२ वजेदेखि लागू हुने गरी ‘भदौ ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । छिमेकी मुलुक भारत छिमेकी जिल्लाहरु ‘म

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ३,२२७ पटक पढिएको
    • छाल खबर
  • हात्तिसार क्याम्पसको प्रमुखमा डा. लिम्बु नियुक्त

    छाल खवर धरान,३१ साउन ः धरान १४ विजयपुर, हात्तीसार स्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रमुखमा सहप्राध्यापक डा. दिलकुमार लिम्बु नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयको त्रुधवारको कार्यकारी परिषद् बैठकले उहालाई क्याम्पस प्रमुख नियुक्ति गरेको हो । क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुनेछ । धरान १९ निवासी डा।लिम्बुलाई डा. लिम्बु वनस्पति शास्त्रका सहप्राध्यापक हुनुहुन्छ । उहा विगत ६ महिनादेखि निमित्त क्याम्पस प्रमुख भएर कार्य गर्दै आउनु भएको थियो । विगत ६ वर्षसम्म सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समेत उहाले सम्हाल्नु भएको थियो । उहा हिमालयन रेञ्जलेण्ड कार्बन सिक्विस्ट्रेसनका विज्ञ समेत

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • १२,८३९ पटक पढिएको
    • छाल खबर
  • छात्रवृत्तिको रकम उपलव्ध गराउन अनेरास्ववियूको माग

    खेमबहादुर माझी धरान,३० साउन ः अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) हात्तिसार क्याम्पसर धरान इकाई समितिले विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति वापतको रकम उपलव्ध गराउन माग गरेको छ । अनेरास्ववियूले शुक्रवार ज्ञापन पत्र वुझाउदै छात्रवृत्ति वापतको रकम तत्काल उपलव्ध गराउन माग गरेको हो । इकाई अध्यक्ष आशिष प्रधानले संगठनले स्थापना देखि नै विद्यार्थीको हितमा काम गर्दै आएको र कोराना भाईरस (कोविड १९)ले आर्थिक रुपमा आक्रान्त पारेको अवस्थामा छात्रवृत्तिको रकमले पनि विद्यार्थीमा ठूलो राहत पुग्ने वताए । यस महामारीको समयमा उक्त छात्रवृत्ती रकमले परिवारले नै ठूलो टेवा पुग्ने भएकोले

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • ३९४ पटक पढिएको
    • खेमबहादुर माझी
  • सभामुख भण्डारीको रिपोर्ट नेगेटिभ

    छाल खवर धरान,२९ साउन ः प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको दोस्रो पटकको आरटि.पिसिआरको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रमुख स्वकिय सचिव गिरिराज अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै होम क्वान्टिनमा रहनु भएका सभामुख भण्डारीको पुनः आरटिपिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिनुभएको छ । सभामुख भण्डारीको परिवारका एक जना सदस्यलाई कोरोना संक्रमण देखिए पश्चात संक्रमितलाई वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आईशोलेसनमा राखेर तत्काल नै परिवारका अन्य सदस्य, नीजि सचिवालय, सुरक्षाकर्मी लगायतको परिक्षण गर्दा सबैमा कोरोना संक्रमण नभएको पुष्टि भएको थियो । स्वास्थ्य परिक्षणको न

    • प्रकाशित मितिः साउन २९, २०७७
    • २,७०२ पटक पढिएको
    • छाल खबर
  • वीपी प्रतिष्ठानलाई नेविसंघ र तरुण दलको चेतावनी

    छाल खवरधरान,२९ साउन ःनेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाली विद्यार्थी संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गा जग्गा व्यापारीलाई दिने षडयन्त्रको विरोध जनाएको छ । दुवै संगठनले प्रतिष्ठानको जग्गा व्यापारीक घरानालाई वुझाउने तयारी गरेको भन्दै घोर भत्र्सना गरेको छ ।धरानको छाताचोकमा रहेको पुरानो अस्पतालको जग्गालाई प्रतिष्ठानले आफ्नो स्वार्थका लागि व्यापारीलाई दिन लागेको उनीहरुको आरोप रहेको छ । उपकुलपित ज्ञानेन्द्र गिरी र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल व्यक्तिगत स्थार्थमा जग्गा व्यापारी घरानालाई दिन लागेकोले तत्काल रोक्न म

    • प्रकाशित मितिः साउन २९, २०७७
    • १२,६९८ पटक पढिएको
    • छाल खबर
  • धरानमा जनप्रतिनिधिलाई कोरोना पुष्टि

    छाल खवर धरान,२९ साउन ः धरानमा समुदायस्तरमा कोारोना वढदै जादा जनप्रतिनिधिलाई समेत संक्रमण पुष्टि भएको छ । धरानमा पहिलो पटक एक महिला जनप्रतिनिधिलाई पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।कोरोना संक्रमण पुष्टि हुनेमा वडा नं ९ की निर्वाचित दलित महिला सदस्य रहेकीछिन् । उनको साउन २४ गते वडा नं १५ मा स्वाब संकलन भएको थियो । उनले ज्वरो आएर स्वाब दिन गएको बुझिएको छ ।दिउसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसुलेन कक्षमा लाने तयारी भइरहेको वडाध्यक्ष रत्न कट्वालले जानकारी दिनुभएको छ ।

    • प्रकाशित मितिः साउन २९, २०७७
    • ३,४१८ पटक पढिएको
    • छाल खबर
  • प्रदेश संसद श्रेष्ठलाई कारोना संक्रमण पुष्टि

    छाल खवर धरान,२८ साउन ः प्रदेश १ का प्रदेशसभा सदस्यमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । नेकपाको धनकुटाकी प्रदेश सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार आएको रिपोट अनुसार श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । सांसद श्रेष्ठले बुधबार साढे ११ बजे सामाजिक संञ्जालमार्फत कोरोना संक्रमण भएको जानकारी गराउनु भएको छ । उहाले ‘कोभिड १९ महामामारीबाट अछुत रहन नसकेको पनि उल्लेख गर्नुभएको छ । उहाले साउन २४ गते धरानमा स्वाव परीक्षण गर्न दिनुभएको थियो सोही रिपोटमा पोजेटिभ रिपोर्ट आउको थियो ।उहाले सामाजिक सञ्जालमा श्रीमान् नयन र आफूसंग एक हप्ता भित्र सम्पर्कमा रहनुहुन

    • प्रकाशित मितिः साउन २८, २०७७
    • १,४७५ पटक पढिएको
    • छाल खबर
  • धरानमा भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय

    खेमबहादुर माझीधरान,२८ साउन ः समुदायमा कोरोनाको संख्या वढन थालेपछि बुधबारबाट धरानमा थप एकहप्ता लकडाउन गर्ने निर्णय भएको छ । नगरपालिकाको बुधवार वसेको कार्यपालिका वैठकले आगामी भदौ ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।कोरोना संक्रमणको जोखिम कम नभएकोले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको कार्यपालिका सदस्य तथा ९ नं. वडाका वडाध्यक्ष रत्न कट्वालले वताउनु भयो । दोस्रो चरणको लडकडाउनको समय आज मध्यरातीबाट सकिदैछ । दोस्रो चरणको लकडाउन साउन २२ गतेदेखि शुरु भएको थियो । बैठकले बाहिरी नाकाबाट आउने खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कट्वा

    • प्रकाशित मितिः साउन २८, २०७७
    • १२,२७५ पटक पढिएको
    • खेमबहादुर माझी

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic