समाचार

    Showing १,६०१-१,६१० of १,६४९ items.
  • हल्दिबारीको गाउँसभामा कुटाकुट

    छाल खवर धरान, ११असारः यतिबेला नगर सभा र गाउसभा बसेर नीति तथा कार्यक्रम बनाउन नगरपालिका र गाउपालिकालाई चटारो भइरहेको बेला एक स्थानीय निकायमा भने गाउसभामा कुटाकुट भएको छ ।झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । सभामा सहभागी रहेका गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार समेत गरेको बुझिएको छ ।लिङदेनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित सदस्यहरुले कुर्सी, टेबल पनि भाँचिदिएको प्रत्यक्षदर्शीले बताएकाछन् ।अध्यक्ष लिङ्गदेनले गाउँसभा बिथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेबल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति प

    • प्रकाशित मितिः असार ११, २०७७
    • २५१ पटक पढिएको
    • छाल खबर
  • लागूऔषध कारोबारमा इन्स्पेक्टर पक्राउ

    छाल खवर धरान, ११ असार ः लागू औषध नियन्त्रणमा रहेको निकायले आफै कारोवारमा संलग्न भएको अनौठो घटना सार्वजनिक भएको छ । पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही रहेको प्रहरीले जनाएको छ ।लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी अधिकृत शाही पक्राउ परेका हुन ।उनी ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत थिए ।लागूऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।बुधवार पेप्सिकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै जाँदा शाहीसम्म पुगेको प्रहरीको दावी रहेको छ ।प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद गरेको थि

    • प्रकाशित मितिः असार ११, २०७७
    • १३९ पटक पढिएको
    • छाल खबर
  • चट्याङबाट ४ जनाको मृत्यु

    छाल खवर धरान, ११ असार ः वर्षासंगै विहिवार विहान परेको चटानले सप्तरीमा चार जनाको मृत्यु भएको छ ।महादेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा महादेवा गाउँपालिका–२ का ६० वर्षीया छेदी ठाकुर र २६ वर्षीय वेचन यादव, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिकाका ४६ वर्षीय केसी साहको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।चट्याङ लागेर १८ वर्षीया आसा मण्डल घाइते भएकी छिन् । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भैरहेको जिप्रका

    • प्रकाशित मितिः असार ११, २०७७
    • ८७ पटक पढिएको
    • छाल खबर
  • चट्याङ लागेर १ जनाको मृत्यु

    छाल खवर उदयपुर, ११ असार ः वर्षासंगै विहिवार परेको चटानबाट उदयपुरमा एकजनाको ज्यान गएको भने अन्य तीन जना घाइते भएकाछन् ।मृत्युहुनेमा त्रियुगा नगरपालिका वडा नं १३ असारीका ४५ वर्षीय कानन चौधरी रहेकाछन् ।खेतमा काम गर्न गएको बेला अचानक चट्याङ लागेर घाईते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।अन्य घाइतेहरुमा त्रिनपा–१३ भातीखर्क निबासी ३१ वर्षिया अनिता खड्कारहेकीछिन् खेतमा काम गर्नेक्रममा उनलाई चटानले हानेको थियो । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।फर्ममा परेको चट्या लागेर मगरको आमा ६१ तिर्थमाया मगर सामान्य घाईते भएको

    • प्रकाशित मितिः असार ११, २०७७
    • २९९ पटक पढिएको
    • छाल खबर
  • वोर्डमा ल्याउने निर्णय धराने जनताप्रतिको अन्तरघात– संघर्ष समिति संयोजक

    छाल खवरधरान,१० असार ःअसफल खानेपानी आयोजनालाई बोर्डमा ल्याउने नगरसभाको निर्णय तत्काल पुर्नविचार गर्नुपर्ने माग संघर्ष समितिले गरेको छ । सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति, धरानका संयोजक सुजेन्द्र तामाड।ले असफल योजनालाई वोर्डमा ल्याएर अघि वढनु भनेको धराने जनतालाई अन्तरघात भएको हुनाले तत्काल निर्णय पुर्नविचार गर्नुपर्ने बताएकाछन् ।खानेपानी संस्थान बाहेक एसियाली विकास बैंक अन्र्तगतको खानेपानी आयोजनाले दैनिक १ करोड ३ लाख उत्पादन गर्ने योजना भएपनि दैनिक औसत ६२ लाख मात्र उत्पादन गरेको दावी गरेकाछन् ।उनले घरघरमा दुइ तिन तलामाथि चढ्ने गरी ७ मिटरको प्रेसर हुन्छ भनि भनिएको भएपनि टंकीक

    • प्रकाशित मितिः असार १०, २०७७
    • ७,५८६ पटक पढिएको
    • छाल खबर
  • धरानको बजेट १ अर्ब ७२ करोड प्रस्तुत

    छाल खवर धरान,१० असार ः धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७र०७८ को लागि बजेट सार्वजनिक गरेको छ । वीपी प्रतिष्ठानको अडोटरियम हलमा आयोजित सातौ नगरसभाबाट सो बजेट सार्वजनिक गरीएको हो ।उपमेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक बर्षभन्दा करिब ५ अकरोड कम हो । चालु बर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख रहेको छ ।सुवेदले आगामी बर्षको आन्तरिक आयतर्फ ५३ करोड ४२ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ भने संघीय समानीकरण अनुदानतर्फ ३० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट ९५ लाख ३५ हजार आय अनुमान गरिएको छ भने संघीय राजश्व बाँडफाडबाट १६

    • प्रकाशित मितिः असार १०, २०७७
    • १,३१४ पटक पढिएको
    • छाल खबर
  • धरानबाट लागूऔषध सहित तीन पक्राउ

    छाल खवर धरान, १० असरा ः धरानमा लागु औषधको कारोवारोमा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।प्रहरीले दिएको जानकारी अनुसार सुनसरीको धरान–२० बिष्णुपादुकाबाट लागूऔषध तथा जंगली जनावरको अंग सहित तीन जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा शहीदभूमि गाँउपालिका–१ घर भई धरान–११ बस्ने २९ वर्षीय नन्दीमान राई, सोही ठाउँका १९ वर्षीय दिनेश भन्ने सविन राई र उदयपुरको कटारी नगरपालिका–२ ताप्ली घर भइ धरान–११ बस्ने २० वर्षीय सागर राई रहेको प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे बिष्णुपादुकाबाट धरानतर्फ आउदै गरेको को २ ह

    • प्रकाशित मितिः असार १०, २०७७
    • ९१ पटक पढिएको
    • छाल खबर
  • बसमा बम विष्फोट गराएको आरोपमा २ जना पक्राउ

    छाल खवर धरान,१० असार ः करिव दश वर्ष अघि बसमा बम विष्फोट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।रौतहटमा १० वर्ष पहिला यात्रु बोकेको बसमा बम विस्फोट गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटले इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।दुवै जना विरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा छ ।२०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए ।विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्त

    • प्रकाशित मितिः असार १०, २०७७
    • १६९ पटक पढिएको
    • छाल खबर
  • लागुऔषध सहित १ जना पक्राउ

    छाल खवर धरान, १० असार ःलागू औषध कारोवारमा बढन थालेको छ ।मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना पक्राउ परेको छन् ।ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार पासवानको साथबाथ २२ बोतल लागु औषध कोरेक्स सहित पक्राउ गरेको छ । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।लागू औषध कारोवारको धन्धा लकडाउनको समयमा भित्र भित्रै वढन थालेको प्रहरीको दावी रहेको छ ।

    • प्रकाशित मितिः असार १०, २०७७
    • २२६ पटक पढिएको
    • छाल खबर
  • संयुक्त दलित संघर्ष समिति धरानद्वारा आन्दोलन घोषणा

    छाल खवर असार,९ असार ः विभिन्न स्थानमा दलित माथि भएको हत्याका घटनाको विषयमा धरानमा संयुक्त दलित संघर्ष समितिले शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने भएको छ । पश्चिम रूकुमको चौरजहारीमा भएको विभत्सपूर्ण घटना, अंगिरा पासीको बलात्कार पछि हत्या र शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या प्रकरणको विरोधमा संयुक्त दलित संघर्ष समिति धरानले खबरदारी पूर्ण धर्ना कार्यक्रम गर्ने भएको हो । समितिले मंगलवार धरानमा दलित अगुवा , बिभिन्न राजनीतिक दलका दलित नेताहरु , दलित अधिकारकर्मी , जनप्रतिनिधीहरु र दलित पत्रकारहरु सङ्ग छलफल गरी भोली असार १० गते बुधवार गर्ने आन्दोलनको कार्यक्रम तय गरेको समितिका संयोजक गंगा कालिकोटेले

    • प्रकाशित मितिः असार ९, २०७७
    • ४९२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic