समाचार

    Showing ६५१-६६० of १,५८८ items.
  • धरान लिगामेन्ट स्कुलमा अभिभावकहरुलाई मनोरन्जन

    छाल खवर धरान,२२ फागुन ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ का अभिभावकहरु सोमवार दंग थिए ।उनीहरु आफ्ना छोरा छोरीहरुले देखाएको प्रतिभा देखेर दंग भएका हुन् ।हल भरी खचाखच अभिभावकको भीडमा आफ्ना छोराछोरीले विभिन्न विषयमा प्रतिभा देखाएका थिए । अभिभावकको भीडमा विद्यार्थीहरुले पढाईका अतिरिक्त प्रतिभा प्रष्फुुटन गरेको दृष्यले अभिभावक पनि कम हर्षित देखिएका थिएनन् ।यस्तो कार्यक्रममा अन्य विद्यालयले कमै गर्ने गरेकाछन् । धरान लिगामेन्टले पढाईका अतिरिक्त विद्यार्थीहरु भित्र लुकेर रहेको वहुप्रतिभा पस्कनको लागि सोमवार अभिभावक माझ विद्यार्थी भन्ने कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा बिद

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • ७,४९६ पटक पढिएको
    • छाल खबर
  • गोर्खा वीर योद्धाहरूको सम्मानमा ट्रायल ब्लेजर दौड

    छाल खवर धरान,२१ फागुन ः गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।ट्रष्टले आगामी चैत ४ गते धरानमा सो दौडको आयोजना गर्न लागेको हो । हङकङमा विश्वयुद्धका वीर गोर्खा सहिद गोर्खा योद्धाहरूको स्मृतिमा आयोजना गरिने पुर्खा दिवसमा गोर्खा ट्रायल दौड आयोजना गरिँदै आएको थियो सोही अवसरमा धरानमा पनि गर्न लागेको आयोजकले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । गोर्खा ट्रायल ब्लेजरले नेपाल सो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको सिमेट्री ट्रष्टका अध्यक्ष महेन्द्रकुमार राईले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । दौडको रुट धरान–१८ रत्न चौ

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • ५,६६४ पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेशले द्धन्द्धको विजारोपण गरेको छ अध्यक्ष राई

    छाल खवर धरान,२० फागुनः जनता समाजवादी पार्टी नेपालको किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले ऐतिहासिक भूमि, यहाँका आदिवासी समुदायको पहिचान मेटाउने षडयन्त्रपूर्ण नामकरणको विरुद्धमा सरोकारवालाहरूसँग मिलेर आन्दोलनको घोषणा गर्ने तयारी गरीरहेको वताएकाछन् । पत्रकार महासङ्घ कार्यालय सुनसरीको सभाहलमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष राईले सो कुरा वताएका हुन् । राईले प्रदेश सरकारले प्रदेश सभामा नामाकरणको सवालमा खुल्ला छलफल, बहस नगरी रातारात छलेर छापामार शैलीमा कोशी प्रदेश गरेको दावी गर्दै ऐतिहासिक भूमिमा विद्रोहको दीर्घकालीन बीजारोपण गरिदिएको आरोप लगाएकाछन् । उनले कोशी सबैको साझा प

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • ७,९३० पटक पढिएको
    • छाल खबर
  • हराइजन टुबोर्ग रनिङ कप बास्केटबल फागुन २१ देखी

    छाल खवर धरान,२० फागुन ः खेलकुदको शहर धरानमा एकपछि अर्को गरेर खेलकुद प्रतियोगिता आयोजना हुने गरेको छ । धरानमा जारी अन्तर्राष्ट्रिय वुढासुव्वा गोल्डकपको फाइनल हुने अन्तिम दिनको भोलीपल्ट बास्केट बलको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । धरानमा आयोजना हुन लागेको प्रथम राष्ट्रिय बास्केटबल प्रतियोगिताको सातौँ संस्करण फागुन २१ गते देखी सञ्चालन हुने निश्चित भएको आयोजकले जनाएको छ । आयोजक हराइजन क्लब, धरानले शुक्रवार धरानमा पत्रकार सम्मेलन गरी हराइजन टुबोर्ग रनिङ कप बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकरी दिएको हो । आयोजकले २०६९ साल देशी सुरु भएको हराइजन रनिङकप काठमान्डु उपत्यका बाहिर सञ्चा

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • ५,६६० पटक पढिएको
    • छाल खबर
  • तीन विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति

    छाल खवर काठमाडौं, १९ फागनु ः तीन पार्टी निकट विद्यार्थी संगठनहरुवीच स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहकार्य गर्ने भएकाछन् । रानीतिक पार्टीहरु नेकपा एकीकृत समाजवादी ,नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनबीच निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारीबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको विद्यार्थी संगठनबीच तीन बुँदे सहमति भएको अनेरास्ववियूकी महासचिव आरती लामाले जानकारी दिएकिछन् । अनेरास्ववि

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • ३,६३६ पटक पढिएको
    • छाल खबर
  • क्यामरुन बुढासुव्वा गोल्डकपको फाइनलमा प्रवेश, उपाधिका लागि शनिबार झापासँग प्रतिष्पर्धा गर्ने

    छाल खवर धरान,१९ फागुन ः धरानमा जारी २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा क्यामरुनको एभेनियर फुटबल क्लब प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एन्फा मोरङलाई २–० गोलले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनका लागि पूर्वाद्धको ४४ औं मिनेटमा टिम्बाले गोल गरेर टिमको खाता खोलेका थिए भने उत्तराद्धको ४२ औं मिनेटमा क्यामरुनले आत्मघाती गोल उपहार पायो । मोरङका खेलाडी सुजन चौधरीले डिबक्सभित्र वल रोक्ने प्रयास गर्दा आफ्नै पोष्टमा गोल भएको थियो । विहिवारको खेलमा क्यामरुनका डिन म्यान आफ दि म्याच घोषित भएका थिए उलने नगद १० हजार नगद पुरस्का हात पार्न सफल भएका थिए । यस वर्षको गोल्डक

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • २,६१८ पटक पढिएको
    • छाल खबर
  • फागुन १७ गतेबाट धरानमा नाटक ‘कुमार मामा’ मञ्चन हुने

    छाल खवर धरान,१६ फागुन ः पछिल्लो समय धरानमा नाटकलाई व्यवायिककरण गर्ने प्रयास भईरहेको छ । केही समय अघि खुवालुङ नाटक धरानमा निकै लोकप्रिय वनेको थियो । दर्शकहरुले टिकट काटेर हल नै खचाखच हुने गरी भरीएका थिए । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष तथा लेखक पत्रकार जनकऋषि राईको कथा ‘कुमार मामा’ को नाटय रुपान्तरण मंगलवार (आज)बाट धरानमा मंचन हुँदैछ । नाटकको निर्देशन धेरै दर्शकले रुचाइएको नाटक ‘इंघक’ का निर्देशक तथा रंगभूमि एकेडेमीका संचालक बिष्णु मोक्त्तानले गरेकाछन् । मोक्तानका अनुसार ‘कुमार मामा’ ले राजनीतिबाट पिल्सिएको एउटा पात्रको जीवनको आरोह–अवरोह

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • २,५०३ पटक पढिएको
    • छाल खबर
  • नेवार एकता समाजको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

    छाल खवर धरान,१५,फागुन ः धरानमा सिंगो नेवार समुदायको नेतृत्व गर्न सफल नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएकाछन् । शनिवार भएको निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित वनेका हुन् ।अध्यक्षमा श्रेष्ठको मात्र उमेद्वारी परेको थियो । यस अघि उपाध्यक्ष र संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत पहल गरेका थिए । त्यसैगरी १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए । निर्वाचित स

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • ४,८२२ पटक पढिएको
    • छाल खबर
  • २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा कर्साङसँग आयोजक धरान पराजित

    छाल खवर धरान,१४ फागुन ःशनिवारबाट शुरु भएको २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा आयोेजक धरान भारत कर्साङको युकेएफसिसँग पराजित भएको छ । शनिवार भएको उद्घाटन खेलमा टाइब्रेकरमा ५–३ ले आयोजक धरान फुटवल क्लव युकेएफसिसंग पराजित भएको हो । धरान १६ स्थित रंगशालामा शनिबार भएको उद्घाटन खेलमा निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै खेल हुन नसकेपछि सिधै टाइब्रेकर भएको थियो । टाइब्रेकरमा कर्साङका तर्फबाट सिद्धान्त क्षेत्री, सुब्रत सोरेन, साहिल राई, आकाश प्रधान र राज राउतले गोल गरेका थिए । यता धरानका खेलाडीहरु दोर्जे तामाङ, मदन लाबुङ र रोमन लिम्बुले टाइब्रेकरमा गोल गरेपनि विजयको यात्रा तय गर

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • १,१७५ पटक पढिएको
    • छाल खबर
  • केही दिनका लागि भएपनि खेल तमासा संचालन गछौ –मेला संयोजक श्रेष्ठ

    छाल खवर धरान,१२ फागुनः उद्घाटनको दिनवाटै संचालनका रोक लागेको खेल तमासा शुचारु हुने दावी मेला संयोजक सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल श्रेष्ठले दावी गरेकाछन् । नगरपालिकाले जुवा जन्य खेलको रुपमा रहेको भन्दै खेलतमासालाई संचालनमा रोक लगाएको थियो । मेला आयोजकले खेल तमासा संचालन गर्नका लागि ठेकेदारलाई ठेक्का दिएको थियो । ठेकेदारले सवै सामान ढुवानी गरी मेला स्थलमा खेल तमासा जडान समेत गरीसकेको थियो । उद्घाटनको दिन नगरपालिकाले संचालनमा रोक लगाएपछि ठेकेदारलाई समस्या परेको छ । नगरपालिकाले मेला संचालनमा सहयोग गरेपनि खेलतमासामा रोक लगाएपछि आयोजकलाई घाटा हुने निश्चित प्राय रहेको छ । मेलाको प

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • ६,४४४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic