समाचार

    Showing ७५१-७६० of १,७२१ items.
  • सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएलको आपत्ति

    छाल खवर धरान,१२ वैशाखः धरान नगरपालिकाले राखेको सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएल धरान नगर समितिले आपत्ति जनाएको छ । धरान उपमहानगरपालिकाले धरान र इटहरी बीचको सिमाना भनि तरहरामा राखेको सिमाना प्रारम्भ बोर्ड युवा संघ इटहरीले हटाएको घटनाप्रति वाइसिएलले गम्भीर आपत्ति जनाएको हो । स्थानीय तह बीचको सिमाना विवाद सम्बन्धित स्थानीय तह बीचको संवाद, समन्वय र छलफलबाट कानुन बमोजिम समाधान खोजिनु पर्नेमा वाइसिएलले माग गरेको छ । धरान नगर सरकारले सिमा सम्बन्धी चालेका कदमहरुको अवमूल्यन हुने गरी पार्टीको भातृ संगठनले अराजक ढंगले सिमा प्रारम्भ बोर्ड हटाइनु गम्भीर र आपत्तिजनक रहेको नगर अध्यक्ष दिपम तामाङले व

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • २,७०३ पटक पढिएको
    • छाल खबर
  • एम्स आईडलको उपाधि पुष्पा र सुपिललाई

    छाल खवर धरान,१० वैशाखः एम्स एकेडेमि धरान–१२ ले आयोजना गरेको एम्स आईडल सिजन–६ को उपाधि पुष्पा विवकर्मा र सुपिल उदाशले हात पारेकाछन् । आइडलमा नृत्यतर्फ पुष्पा बिश्वकर्मा र गायन तर्फ सुपिल उदासले आइडलको उपाधि हात पारेका हुन । धरान–१५ स्थित शिक्षा सदन स्कुलको सदन सभा हलमा शनिबार आयोजित प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका थिए । त्यसैगरी नृत्यतर्फ अनिसा मगर र सुबज्ञा बस्नेत क्रमशले फष्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि हात पार्न सफल वनेका थिए । त्यस्तै गायनतर्फ प्रनोज राई र प्रतिज्ञा शाक्य फष्ट रनर अप र सेकेन्ड रनर अप हुन सफल भएका थिए । यस अघि कलेजमा लिइएको दुबै बिधाको अडिस

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ४,७२८ पटक पढिएको
    • छाल खबर
  • स्कुललाई सहयोग गर्दै पूर्व विद्यार्थीद्धारा शुभकामना आदान प्रदान सम्पन्न

    खेमबहादुर माझी धरान,९ वैशाख ः धरान–१६ स्थित भगवति आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरुको संगठन भगवति मिडिल स्कुल एलुम्नाई एशोसिएशनले नव वर्षको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।  स्कुलको हलमा शनिवार आयोजित कार्यक्रममा पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । पूर्व विद्यार्थी उद्धव श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ समाजसेवी अधिवक्ता विश्वनाथ वास्तोला प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा २०१० सालमा विद्यालय स्थापना हुदा पहिलो भर्ना भएका विद्यार्थीहरु पूर्व माननीय हरीनाथ वास्तोला, पूर्व माननीय कुन्ता शर्मा, हरीप्यारा श्रेष्ठ, डा.नविन नेपाल, टोमप्रसाद आ

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • १,३८१ पटक पढिएको
    • छाल खबर
  • महिला समितिद्धारा संस्थागत विकास अभिमुखिकरण तालिम

    छाल खवर धरान,९ वैशाख ः नेवार एकता समाज महिला समितिद्धारा एक दिने संस्थागत विकास अभिमुखिकरण तालिम सम्पन्न भएको छ । रेडक्रस भवनमा आयोजित कार्यक्रममा भएको सो कार्यक्रममा १३ जना महिला सहभागी रहेका थिए । संस्थागत विकास र संस्था भित्र कसरी सफल संगठन र संस्थालाई कसरी चलाएमान वनाउने भन्ने विषयमा तालिम दिइएको प्रशिक्षक मोहन श्रेष्ठले जानकारी दिएकाछन् । नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले संस्थालाई अघि वढाउने कुरामा महिलाको महत्वपूर्ण भूमिका हुने भएकोेले महिलाले हरेक कुरामा अग्रसर भएर अघि वढन आग्रह गरेका थिए । महिला समितिकी अध्यक्ष विद्या शाक्यले प्रशिक्षण उपलव्धी मुलक भएको वताइन । महिला सम

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • ३,१६५ पटक पढिएको
    • छाल खबर
  • धरान १ वडा कार्यालयद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    छाल खवर धरान,९ वैशाखः धरान उपमहानगर पालिका वडा न।–१ को आयोजनामा शनिबारका दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजना र छाताचोक टोल विकास संस्थाको संयोजनामा रक्तदान कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको टोल विकास संस्थाका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिएकाछन् । विरामीहरुका लागि रगतको अभाव नहोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • २२८ पटक पढिएको
    • छाल खबर
  • धरान माबिका कक्षा–१२ लाई बिदाई

    छाल खवर धरान,८ वैशाखः धरान माध्यामिक विद्यालय (धरान उच्च) मा बिज्ञान संकाय तर्फ कक्षा–१२ को अध्ययन पूरा गरेका बिद्यार्थीलाई शुक्रबार कक्षा–११ का बिद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका छन। धरान कलेज अफ म्यानेजमेन्टको प्राङ्गणमा भएको कार्यक्रममा उच्च र कलेजका प्रीन्सिपल चित्रप्रसाद ढुङ्गेल प्रमुख अतिथि रहेका थिए । कार्यृक्रममा पढाइ र अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई प्रमुख अतिथि ढुङ्गेल, बिज्ञान संंकायका इन्चार्ज सुनिल कुमार भगत, संचालक डा.अशोक कुमार झा लगायतले पुरस्कार बितरण गरेका थिए । कलेजका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले बिद्यार्थीहरुको म

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • ६,६८२ पटक पढिएको
    • छाल खबर
  • सहिद लाजेहाङको परिवारलाई आर्थिक सहयोग

    छाल खवर धरान,८ वैशाखः एक महिना अघि कोशी प्रदेश नामाकरण खारेजीको माग गदै भएको आन्दोलनका क्रममा सहिद भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई हङकङबाट आएको आर्थिक सहयोग प्राप्त भएको छ । लाजेहाङको परिवारलाई शुक्रवार एक कार्यक्रमका वीच आर्थिक रकम हस्तान्तरण गरीएको थियो । नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा प्रदेश नं १ पहिचानी संघर्ष समिति हङकङका संयोजक किरण सुच्चा राईको नेतृत्वमा हङकङमा रहेको नेपालीहरुबाट संकलन गरिएको नगद ५ लाख ११ हजार ५ सय ८५ रुपैयाँ शुक्रबार लाजेहाङको परिवारलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सुच्चा राई कल्याणकारी सेवा समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राई र किरात राई

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • २,८९६ पटक पढिएको
    • छाल खबर
  • सिटिजन्स् बैंकको १६ औं स्थापना दिवसमा रक्तदान र स्वास्थ्य शिविर

    छाल खवर धरान,७ वैशाखः सिटिजन्स् बैंक इन्टरनेसनल लि. धरान शाखाले बैंकको १६ औं वार्षिक उत्सवका अवसरमा विहिवार निःशुल्क स्थास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  बैंकले विराट मेडिकल सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क स्थास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो । धरान १७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको भवनमा आयोजित कार्यक्रममा १५० जनाले स्त्रीरोग, नाक÷कान÷घाटी, जनरल मेडिसिन विभागसँग सेवा तथा परामर्श लिएकाछन् भने सुगर, प्रेशर तथा रगत परिक्षण गराएको धरान शाखा प्रमुख तोर्ण बहादुर कार्कीले जानकारी दिएकाछन् । कार्यक्रममा वैंकका कोशी प्रदेश प्रमुख प्र

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • १,५२८ पटक पढिएको
    • छाल खबर
  • एमाले धरानको अध्यक्षमा हर्कजंग निर्वाचित

    छाल खवर धरान,६ वैशाखः दुइ दिनसम्म चलेको अधिवेशनले नेकपा एमाले धरान नगर समितिको अध्यक्षमा हर्कजंग एभेङलाई चयन गरेको छ । वुधवार सम्पन्न अधिवेशनले एभेङको अध्यक्षतामा ८५ सदस्यीय नया कमिटी चयन गरेको हो । त्यसैगरी कार्यसमितिको उपाध्यक्ष,सचिव र उपसचिवद्धयमा क्रमस पारस काङमाङ, राजेन्द्रकुमार राई, द्वय योगेशबाबू काफ्ले, दिवस कन्दङवा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा २० वटा वडाको भूगोलबाट लोक कुमारी श्रेष्ठ,कृष्ण कुमार राई, शिवकुमार राई,भुवनसिंह बस्नेत, टेकबहादुर कन्दङ्वा,हरि प्रसाद शाही, विकास भुजेल, दीपककुमार बनेपाली, राजेन्द्र राई, मनप्रसाद लिम्बू, सुनिता राई, रामजी विष्ट, टल्के तामाङ, धन ब

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ३,२५५ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चको २४ औं वार्षिक उत्सवमा कक्षा १२ लाई विदाई

    छाल खवर धरान,६वैशाख ः धरान माध्यामिक विद्यालय (धरान उच्च) को २४ औं वार्षिक उत्सव कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरीएको छ । धरान कलेज अफ मेनेजमेन्टको प्राङगणमा भएको कार्यक्रमा कक्षा ११ र १२ को आन्तरीक परिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो । विद्यालयका अध्यक्ष शिव नारायण साह, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा वहादुर निरौला, सहयाक प्रिन्सिपल सुरेश घिमिरे, विज्ञान संकायका इन्चार्ज सुनिल भगत, कलेजका संचालक डा. गोविन्द तुम्वाहाङ, चन्द्र बहादुर फोम्वो लगायतले विद्यार्थीहरुलाई मेडल र प्रमाण– पत्र वितरण गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ४,५८५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic