छाल खवर धरान,४ भदौः नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानको अधिवेशनबाट नया नेतृत्व चयन गरेको छ । १० औ अधिवेशनले किशोर अधिकारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । शुक्रबार सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा चयन भएकाछन् । कार्यसमितिको सदस्यहरुमा राजु श्रेष्ठ, दिलकुमार राई, सुकराम लिम्बु, बिक्रम लिम्बु, तेजप्रसाद पोखरेल, सम्झना विक, देवी कार्की, रामेश मेहता, लालबहादुर लिम्बु, राजेश सुब्बा र युनिशा खत्री, दिपकला राई गरी १७ सदस्यीय रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख हर
छाल खवर धरान,२९ साउन ः संघीय लिम्वुवान पार्टी नेपालको युवा संगठन लिम्वुवान काङसोरे फोर्सले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । फोर्सले धरान–१४ विजयपुर स्थित पञ्चकन्या मन्दिरको आसपासको वन क्षेत्रमा वृक्षरोपण गरेको हो । सो क्षेत्रमा धुपी, कटहर, कोला, आप,सल्ला, वास लगायतका वृक्षरोपण गरीएको फोर्सका सचिव अनाम श्रेष्ठले जानकारी दिएकाछन् । उनका अनुसार लिम्वुवानको ऐतिहासिक राजधानी विजयपुर दरवारलाई संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा फोर्सका केन्द्रीय विभाग सचिव तथा सुनसरी जिल्ला इन्चार्ज सञ्जयहाङ राई (अराजक) ले ऐतिहासिक लिम्वुवान राजधानी विजयपुर माथि धार्मिक
धरान ः धरानको एक मात्र स्मार्ट कलेज, प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको कक्षा कोठामा केहि फरक दृष्य देखियो । फरक कलेजको पोसाकमा फरक कलेजका दुइ विद्यार्थी प्राइम भिजन कलेजमा प्रवेश गरे । ति विद्यार्थीहरु प्राइम भिजनमा आउँदा कक्षाका अन्य विद्यार्थीहरुले भब्य स्वागत गरे । तर ति विद्यार्थीहरु प्राइम भिजनमा किन आए त ? ति विद्यार्थीहरु कुन कलेजबाट आएका हुन् भन्ने प्रश्न सबैमा रहेको देखिन्थ्यो । सबै विद्यार्थीसंगै बसेर कक्षामा परिचयात्मक कार्यक्रम गर्दा थाहा भयो ति विद्यार्थीहरु डिइ इ कम कलेज उर्लाबारीका रोमा आले मगर र सुरेखा आचार्य रहेछन् । विद्यार्थीहरुको परिचय गराउँदै कलेजका
छाल खवर धरान,१७ साउन ः संखुवासभाबाट काठमाडौं गई वसोवास गरेका भोटे समुदायले आफ्नो धार्मिक कार्यका लागि संखुवासभा भोटे गुम्वा निर्माण गर्ने भएकाछन् । विगत तीन दशक भन्दा लामो समयदेखि करिव ८ हजार भोटे समुदाय काठमाडौ वसोवास गर्दै आएकाछन् । गुम्वा निर्माणका लागि मिथुन चाङ्पा भोटेको अध्यक्षतामा ११ सदस्यीय संखुवासभा भोटे गुम्वा निर्माण समिति समेत निर्माण भएको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषध्यक्ष – तप्चेन भोटे,,तेम्बा भोटे,ल्हाक्पा भोटे, ठिजुङ भोटे चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा दोर्जे भोटे, फुर्पु जेनजेन भोटे, निशा भोटे,सुमि भोटे, सोनु भोटे,ल्हाक्पा छेजिक भोटे रहेकाछन् । काठमाडौं
नीजि विद्यालयको क्षेत्रमा छोटो समयमा नै राम्रो नाम कमाउन सफल वनेको स्कुलको नाम हो हिविसकस इङलिस वोडिङ स्कुल । धरान–१५ स्थित यस स्कुलले पछिल्लो समय शैक्षिक क्षेत्रमा निकै राम्रो प्रभाव पार्न सफल वनेको छ । स्कुलका विविधि विषयमा स्कुलका शेयर सदस्य तथा सञ्चालक पवन झा संग धरानमा पहिलो पटक कक्षा ११ मा कानुन विषय सञ्चालनका विविध विषयमा छाल खवरले गरेको प्रस्तुत छ कुराकुानीः यस वर्ष तपाईको स्कुलमा नयाँ कार्यक्रम के राख्नु भएको छ ? यस वर्ष देखि हामीले धरानमा नै पहिलो पटक कक्षा ११मा कानुन विषय सञ्चालनमा ल्याएका छौं । कानुन विषय नै किन रोज्नु भयो ? समाजको तल्लो तहदेखि हरेक क
छाल खवर धरान,१२ साउन ः धरान १ स्थित नेशनल एकेडेमी स्कुलले विद्यार्थीहरुवीच साँस्कृतिक सम्मेलन गर्ने भएको छ । सो कार्यक्रमका लागि स्कुलमा विद्यार्थीहरुको फेसन एण्ड मोडलिङ क्लवलाई निरन्तरता दिदै काम गर्दै आएकी स्रोत व्यक्ति मिस नेपाल आइडल २०१८ विजेता मेरुना तुम्साले को अर्डिनेटरको भूमिका निर्वाह गरीरहेको एकेडेमीले जनाएको छ । तुम्साका अनुसार हरेक स्कुलबाट पाच देखि आठ जनाको संख्यामा विद्यार्थीहरुले नेपालको कुनै जातिको मौलिक भेषभुसामा सहभागिता रहनेछ । विद्यार्थीहरुको टिम लिडरले उक्त जातिको संस्कृतिको वारेमा छोटो पावरपइन्ट प्रेजेन्टेशन गर्नुपर्ने र उक्त संस्कृतिसंग सम्वन्धित एउटा नृत्य समूहले
छाल खवर धरान,९ साउन ः धरान–१० स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै आएको सो कलेजले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा स्टुडेन्ट अफ द इयरबाट मेला राईलाई सम्मान गरीएको थियो भने हस्पिटालिटि साईनिगं स्टार एलिना राई घोषित भएकीथिइन । त्यस्तै बिद्यार्थीको छनौटबाट बेष्ट टिचर अफ द इयरको उपाधि होटल म्यानजमेन्ट तर्फ संगीत सिग्देलले पाएका थिए भने नवराज बिष्टले कमर्सबाट उपाधि हासिल गरेका थिए । त्यस
छाल खवर धरान,९ साउन ः विद्यालयमा पाइला टेकेदेखि नै खुशी राईले दोस्रो हुन जानेकी छैनन् । कक्षमा प्रथम हुनु त उनको लागि स्वभाविक नै भइसकेको छ । धरान–१५ स्थित हिविसकस वोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत खुशी प्रथम विद्यार्थी हुन । हुने विरुवाको चिल्लो पात भने झै नत उनलाई अभिभावकले ले नै घरमा गृहकार्य गर्नको लागि सम्झाउनु पर्छ ।उनी विद्यालयबाट आउना साथ विद्यालयको गृहकार्य गर्नको लागि वसिहाल्नु उनको दैनिकी नै हो ।उनी आफु मात्र हैन वहिनी उनी आफु मात्र हैन वहिनी अन्जलीलाई पनि गृहकार्य (होमवर्क) गर्नमा सहयोग गर्छिन । उनकी वहिनी अन्जली कक्षा ३ मा पढछिन । पढाईका अतिरीक्त विद्यालयले आयोजना गर्ने कु
छाल खवरधरान,६ साउन ः सुनसरी उद्योग वाणिज्य संघमा जिम्मेवारी वाँडफाड भएको छ । विहिवार साझ वसेको कार्यसमितिको पहिलो वैठकले जिम्मेवारी वाडफाड गरेको हो । वैठकले प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्षमा गोपाल श्रेष्ठ र रामस्वरुप शर्मालाई जिम्मेवारी दिएको छ । महासचिवमा महेन्द्र प्रधानलाई दिएको छ । संघको कोषाध्यक्षमा प्रभाव खतिवडालाई जिम्मेवारी दिएको छ । खतिवडा विजय हस्पीटलका सञ्चालक तथा यमाहा सो धरानका संञ्चालक हुन । त्यसैगरी उद्योग सचिव र वाणिज्य सचिवमा अशोक जैन डागा र किसन मास्केलाई जिम्मेवारी दिएको छ । यता प्रचार प्रसार समितिको संयोजकमा शशीलाई दिइएको छ । सर्वै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन
छाल खवर धरान,५ साउन ः पार्टी कार्वाहीमा परेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटघाट भएको छ । भेटमा प्रचण्डले वावुरामलाई एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेको वुझीएको छ । ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको स्रोतको भनाई रहेको छ । भेटमा प्रचण्डले वावुरामलाई पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्छ कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहितको एकताको वातावरण बन्ने प्रस्ताव गरेको वताइएको छ । स
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic