समाचार

    Showing ७९१-८०० of १,७२१ items.
  • नेवार एकता समाजको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

    छाल खवर धरान,१५,फागुन ः धरानमा सिंगो नेवार समुदायको नेतृत्व गर्न सफल नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएकाछन् । शनिवार भएको निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित वनेका हुन् ।अध्यक्षमा श्रेष्ठको मात्र उमेद्वारी परेको थियो । यस अघि उपाध्यक्ष र संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत पहल गरेका थिए । त्यसैगरी १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए । निर्वाचित स

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • ४,८९७ पटक पढिएको
    • छाल खबर
  • २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा कर्साङसँग आयोजक धरान पराजित

    छाल खवर धरान,१४ फागुन ःशनिवारबाट शुरु भएको २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा आयोेजक धरान भारत कर्साङको युकेएफसिसँग पराजित भएको छ । शनिवार भएको उद्घाटन खेलमा टाइब्रेकरमा ५–३ ले आयोजक धरान फुटवल क्लव युकेएफसिसंग पराजित भएको हो । धरान १६ स्थित रंगशालामा शनिबार भएको उद्घाटन खेलमा निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै खेल हुन नसकेपछि सिधै टाइब्रेकर भएको थियो । टाइब्रेकरमा कर्साङका तर्फबाट सिद्धान्त क्षेत्री, सुब्रत सोरेन, साहिल राई, आकाश प्रधान र राज राउतले गोल गरेका थिए । यता धरानका खेलाडीहरु दोर्जे तामाङ, मदन लाबुङ र रोमन लिम्बुले टाइब्रेकरमा गोल गरेपनि विजयको यात्रा तय गर

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • १,२३३ पटक पढिएको
    • छाल खबर
  • केही दिनका लागि भएपनि खेल तमासा संचालन गछौ –मेला संयोजक श्रेष्ठ

    छाल खवर धरान,१२ फागुनः उद्घाटनको दिनवाटै संचालनका रोक लागेको खेल तमासा शुचारु हुने दावी मेला संयोजक सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल श्रेष्ठले दावी गरेकाछन् । नगरपालिकाले जुवा जन्य खेलको रुपमा रहेको भन्दै खेलतमासालाई संचालनमा रोक लगाएको थियो । मेला आयोजकले खेल तमासा संचालन गर्नका लागि ठेकेदारलाई ठेक्का दिएको थियो । ठेकेदारले सवै सामान ढुवानी गरी मेला स्थलमा खेल तमासा जडान समेत गरीसकेको थियो । उद्घाटनको दिन नगरपालिकाले संचालनमा रोक लगाएपछि ठेकेदारलाई समस्या परेको छ । नगरपालिकाले मेला संचालनमा सहयोग गरेपनि खेलतमासामा रोक लगाएपछि आयोजकलाई घाटा हुने निश्चित प्राय रहेको छ । मेलाको प

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • ६,५२३ पटक पढिएको
    • छाल खबर
  • धरान एक्स्पोमा खेल तमासा खेलाउन रोक

    छाल खवरधरान,११ फागुन ः धरानमा विहिवारबाट शुरु भएको धरान एक्स्पो (मेला)मा खेल तमासा संचालनमा नगरपालिकाले रोक लगाएको छ । नगरपालिकाले खेल तमासा भित्र रोटेपिङ पर्ने र स्थानीय वासीलाई असर गर्ने भन्दै रोटेपिङ संचालनमा रोक लगाएको हो । आयोजकले मेलामा रोटेपिङ र अन्य खेलजन्य सामाग्रीको मनोरन्जन गर्न पाईने मेलाको आर्कषण रहेको भन्दै पत्रकार सम्मेलनमा वताएको थियो । आयोजक सुनसरी उद्योग वाणिज्य संघले रोटेपिङ संचालनको लागि ठेकेदारलाई ठेक्का दिएर रकम समेत लिएको थियो । ठेकेदारले मेला स्थल धरान–१६ स्थित धरान रंगशालाको तल्लो पट्टीको खेल मैदानमा तयारी समेत गरेको थियो । उद्घाटनको दिन नगरपालिकाले रोटे

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • १६,३६५ पटक पढिएको
    • छाल खबर
  • तरहरा सेउतीपुल सडक वनाउन इटहरी नगरपालिकाको पत्राचार

    छाल खवर धरान,१० फागुन ः इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माणमा ढिलासुस्ती भएको भन्दै तत्काल सडक निर्माण गर्न सम्वन्धित निकायको ध्यानाकषण गराएको छ ।उपमहानगरपालिकाले आयोजना प्रमुखलाई बुधवार पत्रचार गर्दै तत्काल सडक निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।सडक निर्माण कार्य सुस्त गतिमा हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेकोले बाटो छिटो भन्दा छिटो निर्माण गर्न गर्न पत्रचार गरेको हो ।नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन । संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटो भन्दा छिटो बनाउन छ लेन सडक आयोजनाला

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • ४,२७४ पटक पढिएको
    • छाल खबर
  • एमाले १३ नं.वडा कमिटिको सम्मान तथा बनभोज

    छाल खवर धरान,९ फागुन ः फागुन नेकपा एमाले १३ नं. वडा कमिटीले सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । धरान –१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा अनेम संघ, युवा संघ र जातीय मुक्ति समाजले कार्यक्रमको सह–आयोजना गरेका थिए । कार्यक्रममा पार्टीलाई सहयोग पु¥याउने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता अध्यक्षता १३ नं. वडा कमिटिका कार्यवाहक अध्यक्ष दिवस प्यारा श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रदेश सांसद रमेशकुमार बस्नेत, विजय राई, यशोदा कायस्थ, एमाले प्रदेश सदस्य मुरारी सुव

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • २,२७१ पटक पढिएको
    • छाल खबर
  • २३ औं बुढासुब्बा गोल्डकप फागुन १३ गतेदेखि हुने

    छाल खवर धरान,७ फागुन ः कोरोनाका कारण स्थगित वुढासुव्वा गोल्डकप यस वर्ष भने आयोजना हुने भएको छ । आयोजकले आइतवार पत्रकार सम्मेलन गरी वुढासुव्वा गोल्डकप आयोजना गर्ने विषयमा जानकारी गराएको हो । आयोजकले दिएको जानकारी अनुसार फागुन १३ गतेदेखी फागुन २० गतेसम्म धरान रंगशालामा आयोजना हुनेछ । गोल्डकप आयोजक धरान फुटबल क्लबले आइतबार होटल पुर्वी स्टरमा पत्रकार सम्मेलन गर्दै यसपाली मुनाफा हुने गरि प्रतियोगिता गर्ने रणनीति तयार गरेको वताएको छ । क्लवका महासचिव प्रताप तामाङका अनुसार प्रतियोगितामा धरान उपमहानगरपालिका संयोजक रहेको छ भने मुख्य प्रायोजक टुबोर्ग वियर रहेको छ । प्रतियोगितामा सहप्रयोजकहरुमा सोमरर

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • १,८८४ पटक पढिएको
    • छाल खबर
  • डिएसपि मल्लद्धारा ३८ औं पटक रक्तदान

    छाल खवर धरान,६ फागुन ः इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि नवराज मल्लले ३८ औ पटक रक्तदान गरेकाछन् । सुच्चा राई कल्याणकारी समाजको २३ औं वार्षिक उत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा मल्लले सो रक्तदान गरेका हुन् । समाजको केन्द्रीय समिति र सुनसरी जिल्ला समितिको संयुक्त आयोजनामा भएको सो रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन भएकोमा ४२ जना पुरुष र २८ जना महिलाले रक्तदान गरेको समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राईले जानकारी दिएकाछन् । जति सकिन्छ त्यति मात्रामा भएपनि रक्तदान जस्तो मानवीय कार्यमा सहयोग गरौं भन्ने उदेश्यका साथ वार्षिक उत्सवका अवसरमा रक्तदानको आयोजना गरीएको अध्यक्ष राई

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • २,५६८ पटक पढिएको
    • छाल खबर
  • सुनगाभा स्कुलद्वारा बार्षिक खेलकुदको पुरस्कार बितरण

    छाल खवर धरान,५ फागुन ः सुनगाभा इङ्लिस बोर्डिङ स्कुल धरान–१३ ले शुक्रबार वार्षिक खेलकुद सप्ताहको पुरस्कार बितरण गरेको छ। स्कुलले गत माघ–२१ गते देखि २८ गतेसम्म सप्ताह ब्यापी आयोजना गरेको खेलकुद सप्ताहको पुरस्कार वितरण गरेको हो । खेलकुद अवधिभर टेबलटेनिस, ब्याड्मिन्टन, फुटबल, भलिबल, चेस, मेमरी टेस्ट, १०० मिटर र २०० मिटर दौड भएको थियो। त्यस्तै बोरा दौड, तीन खुट्टे दौड लगायतका खेलकुदहरु आयोजना गरिएको थियो। विभिन्न इभेन्टमा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य उर्मिला परियार, बिशेष अतिथी अमर सेवा समाजका अ

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • १,५५१ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल सुरु

    छाल खवर धरान,५ फागुन ः धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको छ । सुनसरी क्षेत्र नं १ (ख) तर्फका प्रदेश सभा सदस्य माननिय विजयकुमार राईको प्रमुख आतिथ्यमा शुक्रवार देखि प्रतियोगिता शुरु भएको हो ।  उद्घाटन खेलमा पुरुष तर्फ मेघा हिमालयन कलेजले एम्स नेशनल कलेजलाई ३५–३२ र महिला तर्फ सियोन स्कुलले डिपो स्कुललाई ३३–० अंकले पराजित गरेको थियो । धरान मेघा र एम्स कलेज विच भएको प्रतिस्पार्धात्मक खेलमा मेघा र एम्सले प्रत्येक क्वाटरमा ४–८, १३–८, १२–८ र ६–८ अंक

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • ८०७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic