राजनीति

    Showing १२१-१३० of ५८७ items.
  • प्रदेश १ का मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, प्रचण्डका ज्वाइँ मन्त्री बन्ने

    छाल खबर विराटनगर , २९ पुष । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन् । बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । ९३ सदस्यीय प्रदेश १ सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ । यसैबीच माओवादीका दुई मन्त्रीलाई पनि आजै नियुक्त गर्ने तयारी छ । माओवादीका तर्फबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्यलाई मन्त्री बनाइने बताइएको छ । आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&

    • प्रकाशित मितिः पुस २९, २०७९
    • १४२ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादी र जसपा बीच एकताका लागि वार्ता हुँदै

    छाल खवर काठमाडौं, २८ पुषः राष्ट्रिय पार्टी वन्न नसकेको नेकपा एकिकृत समाजवादी पार्टी र पहिलाको तुलनामा कमजोर परिणाम निकालेको जनता समाजवादी पार्टी बीच एकताका लागि वार्ता हुँदैछ। दुवैले शक्ति निर्माणका लागि वलियो पार्टी निर्माण गर्ने भन्दै दुई पार्टीबीच विहिवार दिउँसो सिंहदरबारमा बार्ता हुने एकिकृत समाजवादीले जनाएको छ। पार्टी एकताका लागि दुवै पार्टीले कार्यदल गठन समेत गरिसकेका छन्। वार्ता समितिमा एकिकृत समाजवादीको तर्फबाट बेदुराम भुषाल, डा.विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेकाछन् भने जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् । जसपाको संसद्‍मा १२ सिट रहेक

    • प्रकाशित मितिः पुस २८, २०७९
    • १,५११ पटक पढिएको
    • छाल खबर
  • सर्‍यो प्रतिनिधि सभा बैठक

    छाल खबर धरान,२६ पुष ः प्रतिनिधि सभाको आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सरेको छ। आजै दिउँसो १ बजे बैठक बस्ने भएको हो। संघीय संसदका महासचिव भरतराज गौतमले बैठक सरेको जानकारी दिए। सूचना टाँस गरी बैठक सारिएको हो। नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको बैठक बस्ने भएकोले संसद बैठक २ घन्टा धकेलिएको छ। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिनेबारे छलफल गरिरहेको छ। सुचना :

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ३१२ पटक पढिएको
    • छाल खबर
  • प्रदेश एकमा १३ मन्त्रालयबाट ९ मा कायम हुने

    छाल खबर विराटनगर,२६ पुष ः प्रदेशको संरचना राजनीतिक भर्तिकेन्द्र मात्रै बन्यो, यसलाई खारेज वा परिमार्जन गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेलामा प्रदेश १ मा बनेको नयाँ सरकारले नेतृत्वप्रति आशा जगाउने पहिलो निर्णय गरेको छ । प्रदेशको चौथो मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले विद्यमान मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । उनका अनुसार मन्त्रालय र मन्त्री धेरै भयो भन्ने गुनासो सम्बोधनका लागि पनि मन्त्रालयको संख्या घटाउने निर्ण

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ४३८ पटक पढिएको
    • छाल खबर
  • प्रदेश सभाको दोस्रो बैंठक आज बसिदै

    छाल खबर विराटनगर, २६ पुष ः प्रदेश न. १ प्रदेश सभाको दोस्रो बैंठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकले सभामुखको निर्वाचत मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैंठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो । उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ । सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार का

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ५८९ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादी पार्टीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    छाल खवर धरान,२६ पुष ः नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार मंगलवार बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको हो । खतिवडाले आफ्नो पार्टीका केही शर्तहरु रहेको र पुरा हुने भएमात्र विश्वासको मत दिने निर्णय पार्टीले गरेको जानकारी दिएकाछन् । प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरीएको छ ।

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ३१९ पटक पढिएको
    • छाल खबर
  • हिविसकसमा ट्राफिक सचेतना कार्यक्रम

    छाल खवर धरान,१३ पुषः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीहरुलाई सडक दुर्टघना सम्वन्धि जानकारी गराउने उदेश्यले सो सचेतना कार्यक्रम आयोजना गरेको हो । सडक दुर्घटना कसरी हुन्छ त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ सवारी साधन कसरी चलाउने भन्ने लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । कक्षा,८,९ र कक्षा १० का विद्यार्थीहरु सवारी चलाउने क्षमता भईसकेकोले उनीहरुलाई सवारी चलाउने बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरिक्षक नारद प्रसाद दाहालले प्रशिक्षण दिएका थिए । तिव्र गतिमा

    • प्रकाशित मितिः पुस १३, २०७९
    • २,७६१ पटक पढिएको
    • छाल खबर
  • प्रचण्डद्धारा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, गृहमन्त्रीमा रवि

    छाल खवर धरान,११ पुष ः नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । गठित मन्त्री परिषदमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाएकाछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री नियुक्त भएकाछन् । त्यसैगरी विनाविभागीय मन्त्रीहरुमा ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान रहेकाछन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले श

    • प्रकाशित मितिः पुस ११, २०७९
    • २५७ पटक पढिएको
    • छाल खबर
  • प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

    छाल खवर काठमाडौं,१० पुष ः राष्ट्रपतिले सरकार गठनको लागि दिएको एकहप्ताको अन्तिम दिन नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर

    • प्रकाशित मितिः पुस १०, २०७९
    • ४०३ पटक पढिएको
    • छाल खबर
  • सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने प्रचण्डको अडान

    छाल खवर धरान,८ पुषः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकारको नेतृत्व आफूले गर्नुपर्ने वताएकाछन् । संसदीय दलको नेता चयनभएलगत्तै दाहाल प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग पावर सेयरिङको लागि बालुवाटार पुगेर यस्तो वताएका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा ३२ सिटसहित तेस्रो स्थान रहेको माओवादी पाटीका अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो चरणको नेतृत्वमा दाबी पेश गरेर कांग्रेसलाई दबाबमा राखेका छन् । निर्वाचनमा कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ । निर्वाचनअघि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन महत्वपूर्ण योगदान दिएको र गठबन

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १,९३२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic