राजनीति

    Showing १७१-१८० of ५६३ items.
  • नेपाली कांग्रेसद्धारा प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेद्वार

    छाल खवर धरान, १७ भदौं ः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेद्वार सिफारिस गरेको छ । शुक्रवार वसेको क्षेत्रीय समितिको वैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो । को को भए सिफारीस प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ पुर्व वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा, मीना सुब्बा, चन्द्रप्रसाद श्रेष्ठ, लक्ष्मी खतिवडा,उमेश थापाको नाम सिफारिस गरिएको छ । यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारका लागि प्रा.डा. गोविन्द बहादुर तुम्वाहाङ, गणेश सुब्बा, विनोद कुमार राई, भिष्म क

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • ५,६२४ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र नं. १ बाट अशोक राईको नाम सिफारीस

    छाल खवर धरान,१६ भदौं ःजनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष अशोक राई सुनसरी क्षेन ं १ बाट प्रतिनिधि सभामा निर्वाचन लडने भएकाछन् । सुनसरी १ नम्बर निर्वाचन क्षेत्रीय समितिले प्रतिनिधि सभाको निर्वाचनका लागि राईको नाम सिफारीस गरेसँगै उनी निर्वाचन लडने भएका हुन् । जनता समाजवादी पार्टी क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि उम्मेदवारको नाम प्रस्ताव गरेको हो । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ अशोक राईको नाम पहिलो नम्वरमा प्रस्ताव गरिएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ४,४९० पटक पढिएको
    • छाल खबर
  • नेपाली कांग्रेसबाट सुनसरी क्षेन नं १ ख मा प्रत्यक्षमा ९ जना सिफारीस

    छाल खवर धरान,१४ भदौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ख तर्फबाट प्रत्यक्षमा ९ जनाको नाम सिफारीस गरीएको छ । सिफारीस हुनेहरुमा पार्टीका जिल्ला सचिव माधव घिसिसङ, पूर्व नगरप्रमुख तिलक राई,जगत बहादुर कार्की, रोहित सुव्वा, अजय राई, रमेश काफ्ले, सुरेन राई काशीराम चौधरी, र नारद राई रहेकाछन् । त्यससैगरी समानुपातिक तर्फ वुद्धि कट्वाल, उर्मिला प्रधान, गोविन्द वस्नेत, विजया कटुवाल,रोजन रनपहेली,जानकी चौधरी,पुजा राजधामी, ममता तामाङ,मन्जु राई र सन्तोष वि.क रहेको ख तर्फका सचिव विजय घिमिरेले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • ४,८३४ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्री राजेन्द्र राईको चुनावी ध्यान सुनसरी १ तिर

    खेम बहादुर माझी धरान,१० भदौं ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सुनसरी क्षेत्र नं १ बाट संघीय निर्वाचनका लागि प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्र राई सिफारीस भएकाछन् । प्रदेश सभामा भोजपुरबाट निर्वाचित भई मुख्यमन्त्री वनेका राई संघीय निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ बाट सिफारीस भएका हुन् । त्यसैगरी अन्य सिफारीस भएका उम्मेद्वारहरुमा केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राई, केन्द्रीय परिषद सदस्य लक्षुमण चौधरी, प्रदेश कमिटी सदस्य तारा लामगादे, जिल्ला सदस्य आनन्द श्रेष्ठ र धरान उपमहानगर कमिटी उपाध्यक्ष पद्मा सुव्वाको नाम सिफारीस गरीएको पार्टी

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • ११,०७१ पटक पढिएको
    • छाल खबर
  • धरानको कर्मचारी अध्यक्षमा किशोर अधिकारी

    छाल खवर धरान,४ भदौः नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानको अधिवेशनबाट नया नेतृत्व चयन गरेको छ । १० औ अधिवेशनले किशोर अधिकारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । शुक्रबार सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा चयन भएकाछन् । कार्यसमितिको सदस्यहरुमा राजु श्रेष्ठ, दिलकुमार राई, सुकराम लिम्बु, बिक्रम लिम्बु, तेजप्रसाद पोखरेल, सम्झना विक, देवी कार्की, रामेश मेहता, लालबहादुर लिम्बु, राजेश सुब्बा र युनिशा खत्री, दिपकला राई गरी १७ सदस्यीय रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख हर

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • ४,९२५ पटक पढिएको
    • छाल खबर
  • गठबन्धन दलमा सिट बाँडफाँडमा सहमति

    छाल खवर काठमाडौं, ३१ साउन ः लामो छलफल पछि सत्तारुढ गठबन्धन दलहरुबीचमा सिट बाँडफाँडको सहमति वनेको छ । स्रोतका अनुसार प्रत्यक्षतर्फको १६५ सिटमध्ये कांग्रेसले ९० सिट लिने सहमति भएको छ । गठबन्धनका ठूलो घटक कांग्रेस र माओवादी केन्द्रले क्रमशः ९० र ४० सिट लिने सहमति भएको छ । यस्तै, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १८ र उपेन्द्र यादव नेतृत्वको जसपाले १६ सिट लिने सहमति भएको छ भने जनमोर्चाले १ सिट लिने भएको छ । यस अघि काग्रेसले १सय सिट आफूले लिने अडान लिएको थियो । माओवादीले पाउने ४० सिटमध्ये बाबुराम भट्टराई, महिन्द्र राय यादव र बामदेव गौतम भने माओवादी केन्द्रकै ४० सिटमध्येबाट चुनाव

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १,५२६ पटक पढिएको
    • छाल खबर
  • लिम्वुवान फोर्सद्धारा वृक्षरोपण सम्पन्न

    छाल खवर धरान,२९ साउन ः संघीय लिम्वुवान पार्टी नेपालको युवा संगठन लिम्वुवान काङसोरे फोर्सले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । फोर्सले धरान–१४ विजयपुर स्थित पञ्चकन्या मन्दिरको आसपासको वन क्षेत्रमा वृक्षरोपण गरेको हो । सो क्षेत्रमा धुपी, कटहर, कोला, आप,सल्ला, वास लगायतका वृक्षरोपण गरीएको फोर्सका सचिव अनाम श्रेष्ठले जानकारी दिएकाछन् । उनका अनुसार लिम्वुवानको ऐतिहासिक राजधानी विजयपुर दरवारलाई संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा फोर्सका केन्द्रीय विभाग सचिव तथा सुनसरी जिल्ला इन्चार्ज सञ्जयहाङ राई (अराजक) ले ऐतिहासिक लिम्वुवान राजधानी विजयपुर माथि धार्मिक

    • प्रकाशित मितिः साउन २९, २०७९
    • ४,०३१ पटक पढिएको
    • छाल खबर
  • म धरानको विकासको पक्षमा सधै उभिनेछु – अशोक राई

    छाल खवर धरान,२४ साउन ः जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले आफू धरानको समग्र विकासको लागि सधैं उभिने वताएकाछन् । पार्टीले नेपाल पत्रकार महाससंघ सुनसरीको धरान स्थित कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै राईले सो कुरा वताएका हुन । कार्यक्रममा वोल्दै उनले मंसिसर ४ गते हुने आम निर्वाचनमा पनि यही गठवन्धन कायम गरेर अघि बढ्ने स्पष्ट पारेकाछन् । गठवन्धन गरेर जाने विषयमा गठवन्धन दलहरुमा छलफल भएपनि सिट बाडफाडको कुरामा भने जनता समाजवादी पार्टीले केही निर्णय गरी नसकेको जानकारी दिएका थिए । स्पष्ट रुपमा नभने पनि राई आम निर्वाचनमा आफू सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने संक

    • प्रकाशित मितिः साउन २४, २०७९
    • ६,५३९ पटक पढिएको
    • छाल खबर
  • प्रचण्ड–बाबुरामवीच भेटवार्ता

    छाल खवर धरान,५ साउन ः पार्टी कार्वाहीमा परेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटघाट भएको छ । भेटमा प्रचण्डले वावुरामलाई एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेको वुझीएको छ । ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको स्रोतको भनाई रहेको छ । भेटमा प्रचण्डले वावुरामलाई पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्छ कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहितको एकताको वातावरण बन्ने प्रस्ताव गरेको वताइएको छ । स

    • प्रकाशित मितिः साउन ५, २०७९
    • १९६ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी

    छाल खवर धरान,३२ असार ः सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको छ । वैशाख ३० गते पदस्थापना भएसंगै पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको हो । प्रथम उपाध्यक्षका लागि गोपाल श्रेष्ठ र द्धितीय उपाध्यक्षमा रामस्वरुप शर्माको नाम करिव आन्तरीक रुपमा सहमति भएको हो । श्रेष्ठ निवर्तमान कोषाध्यक्ष हुन भने शर्मा तीन कार्यकालको कोषाध्यक्ष समेत हुन । महासचिवमा महेन्द्र प्रधानको नाम चर्चामा रहेको छ । प्रधान राजेन्द्र साह अध्यक्ष भएको समयमा उद्योग सचिव रहेका थिए भने कार्यसमितिमा नियमित रहदै आएकाछन् । प्रशासनिक क्षमता रहेका प्रधानलाई महासचिव वनाउदा अध्यक्षलाई थप सजिलो हुने अनुम

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ४,४५२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic