राजनीति

    Showing ४०१-४१० of ५९८ items.
  • पार्टी एकताका लागि अध्यक्ष वा प्रधानमन्त्री छाडन ओलीलाई युवा संघको सुझाव

    छाल खवर काठमाडौ,१ असार ः नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा संघ अध्यक्ष वा प्रधानमन्त्री छाडेर पार्टी एकता कायम गर्न सुझाव दिएको छ । संघले पार्टी एकताका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिएर एकताको पक्षमा उभिन युवा संघले सुझाव दिएको हो । युवा संघ वाग्मती प्रदेश कमिटीले २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग समेत गरेको छ । खनाल–नेपाल समूहनिकट युवा संघले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्दै आत्मालोचना गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । एक व्यक्ति एक पद

    • प्रकाशित मितिः असार १, २०७८
    • ९० पटक पढिएको
    • छाल खबर
  • कांग्रेस १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालीका सार्वजानिक

    छाल खवर ंकाठमाडौ,३० जेठ ः लामो समयको विवादपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो प्रस्ताव गरेको हो ।यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेसको नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले थपेको डेढ वर्षे कार्यकालपनी भदौमा सकिँदैछ ।असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर केन्द्रीय सभापतिलाई विवरण बुझाउनुपर्ने प्रस्ताव छ । यस्तै सभापतिले उक्त विवरण हेरेर हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील बुझाउन

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • १,६७९ पटक पढिएको
    • छाल खबर
  • “छुवाछूत मुक्त राष्ट्र” घोषणामा सिमित नराखौं !

    तारा लामगादे जेठ २१ “छुवाछूत मुक्त राष्ट्र” जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात्र होइन, मानव मनको जराबाट नै उखेलिनुपर्छ । जातका आधारमा हुने कुनै पनि हिंसा, घृणा वा अपमानका बिरुद्ध एकताबद्ध भएर सचेत नागरिकले संघर्ष गर्नुपर्छ । कानून बनाएर नै शुरु भएको जातीय विभेद कानूनद्धारा नै अन्त्य गर्न प्रयास गर्नु उचित हो । नेपाली समाजमा जात व्यवस्थाका कारण छुवाछूत र भेदभावले विकराल रुप लिएको हो । यसको जरोकिलो भनेकै धर्मसत्ता हो । धर्मका आधारमा राज्यसत्ता सञ्चालन हुँदा त्यस धर्मका सञ्चालकहरुले योजनाबद्ध रुपमा राज्यमा लागु गरे

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • २,८०६ पटक पढिएको
    • छाल खबर
  • सर्दु जलाधार समाचार राजनीतिक भविष्य समाप्त पार्ने नियतबाट आयो ः काँग्रेस माओवादी

    छाल खवर धरान,२१ जेठ ः नेपाली कांग्रेस सुनसरीले पार्टीका जिल्ला सदस्यका विषयमा आएको समाचारमा सत्यता नभएको भन्दै टिप्पणी गरेको छ । सुनसरी सचिव केदार भण्डारीले एक राष्ट्यि दैनिकमा प्रकाशित समाचार राजनैतिक प्रतिशोधको आधारमा आएको भन्दै विज्ञप्ति प्रकाशित गरी टिप्पणी गरेकाछन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । भण्डारीले नेपाली काँेग्रेस सुनसरीका जिल्ला सदस्य किशोर राईलाई बिना प्रमाण चरित्र हत्या गर्ने मनसायले झुट्टा समाचार प्रकाशित भएको विज्ञप्तिमा उल्लेख गरेकाछन् । पत्रकारीता क्षेत्रबाट समाजले राखेको आशा र अपेक्षालाई यस्ता समाचा

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • १,२०४ पटक पढिएको
    • छाल खबर
  • पुरानो कमिटी ब्युँताउन ओली तयार

    छाल खवरकाठमाडौं, १९ जेठ ः पार्टी विभाजनसम्मको अवस्थामा विवाद चुलिएको नेकपा एमालेको विवाद समाधान गर्न गर्न आफू हदैसम्म लचक भएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले वताएकाछन् । विवाद मिलाउन दोस्रो तहका नेता सक्रियभएपछि अध्यक्ष ओलीले समाधानका लागि नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई ब्युँताउन तयार भएको समेत वताएका हुन । एमाले उच्च स्रोतले जानकारी दिएको जानकारी अनुसार माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएकाछन् ।यता नेपाल समूहल

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • ६,०७२ पटक पढिएको
    • छाल खबर
  • सफल युवा व्यवसायी प्रभाव खतिवडा नेपाली काँग्रेसको यातायात तथा जलश्रोत विज्ञमा नियुक्त

    छाल खवर धरान,१७ जेठ ः धरान क्षेत्रमा रहेर सफल व्यवसायिकको पहिचान वनाउन सफल युवा व्यवसायी प्रभाव खतिवडा नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको यातायात तथा जलश्रोत विज्ञमा नियुक्त हुनु भएको छ । नेपाली कांग्रेसका उपसभापती एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधीले खतिवडालाई नियुक्त गरेका हुन्। नेपाली काँग्रेसको विधान २०१७ को (संशोधन सहित) को ३६ (१) को ङ अनुसार खतिवडा नियुक्त हुनु भएको प्रतिष्ठानले जानकारी दिएको छ। धरान१४ का स्थायी वासिन्दा विजयपुर निवासी खतिवडा धरानको एकमात्र प्राइवेट हस्पिटल विजयपुर हस्पिटलका सञ्चालक, यमाहा

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • २०,७७२ पटक पढिएको
    • छाल खबर
  • भारतीय गुप्तचर संस्थाका हाकिमलाई रातिराति भेटेपछि ओलीका मनोदशा सबै बिग्रिसके

    नेकपा एमाले खनाल–नेपाल समूहका नेता हुन् विरोध खतिवडा । एमालेका पुराना नेतामध्येमा पर्ने उनी ओलीको कारवाहीको दोस्रो सूचीमा छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल लगायत ११ जनालाई ओलीले पार्टीबाट निष्काशन गरेकै दिन खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोधिएको छ । नेकपा एमालेमा ओलीको कारवाही र स्पष्टीकरण श्रृंखलापछि खनाल–नेपाल समुह अब कसरी अगाडि बढ्छ ? प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर नेता खतिवडासँग गरेको कुराकानी : -अब नेकपा एमाले विभाजन भएकै हो ? सर्वोच्चले जब फागुन २३ गते संसद विघटनलाई बदर गर्यो, त्यसपछि अध्यक्ष केपी ओलीले एमाले फुटाउने अभियान सुरु गर्नुभएको हो । अहिले पार्टी न

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • २५८ पटक पढिएको
    • छाल खबर
  • प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाई १३ र १४ गते

    छाल खबरधरान, ११ जेष्ठः प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर गरिएका छन । ती मध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । अदालतले अन्तरिम आदेश माग गरिएका १९ रिटको पेशी १३ गते बिहीबारलाई तोकेको छ भने संवैधानिक इजलासका लागि दायर गरिएका ११ रिटको पेशी १४ गते शुक्रबारलाई तोकेको छ । साधारण इलासका लागि बिहीबारलाई पेशी तोकिएको रिटमाथि पहिलो सुनुवाइ एकल इजलासले गर्ने छ । उक्त इजलासले संवैधानिक व्याख्याको प्रश्न देखेमा संवैधानिक इजलासमा पठाउन सक्ने छ । संवैधानिक इजलास बुधवार र शुक्रबार मात्र बस्ने भएकाले अरू ११ रिटको पेशी शुक्रबारलाई तोकिए

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • ६५५ पटक पढिएको
    • छाल खबर
  • खनाल–नेपाल सहित ११ जना एमालेबाट निष्कासित (बैठकको निर्णय सहित)

    छाल खबरधरान, १० जेष्ठः नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य नै नरहने गरि निष्कासन गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरिएको हो । यसअघि शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने नेपालसहित ११ सांसदलाई २४ घण्टे समयावधी दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । निर

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • १,१२६ पटक पढिएको
    • छाल खबर
  • संसद विघटनको डटेर प्रतिवाद गर्न नेता नेपालको आव्हान

    छाल खबरधरान, ८ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रतिनिधी सभा विघटन गरि मध्यावधी निर्वाचनको घोषणा गरे सँगै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन । सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग–२ भएको उल्लेख गर्दै संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको टिप्पणी गरेका छन । नेता नेपाले केपी ओलीको यो कदमको डटेर प्रतिवाद गर्न आव्हान गर्दै प्रतिक्रियामा ‘यो व्यवस्था नै कू गर्ने अग्र

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १५१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic