अर्थ

    Showing ११-२० of १६९ items.
  • धरानमा दुई दिने बियर महोत्सव हुँदै

    छाल खवर धरान,१७ असोजः धरानमा पहिलो पटक वियर महोत्सवको आयोजना हुने भएको छ । वियरको प्रदशन र प्रवद्धन गर्नको लागि महोत्सवको आयोजना गर्ने लागेको आयोजकले जनाएको छ । अल्कोहलको मात्रा रक्सी र वाइनमा भन्दा कम भएकोले बियर ठिक मात्रामा पिउँदा रक्सी, वाइन जस्तो नभएको बुझाउन धरानमा दुई दिने बियर महोत्सव गर्न लागिएको मदिरा व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष नविन तामाङले जानकारी दिए । कोशी प्रदेशका बियर पारखीहरूका लागि असोज १८ र १९ गते धरान–१५ स्थित होटेल ईजी राइडरमा आयोजना हुने पहिलो प्रदेश स्तरीय बियर महोत्सव भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले वताए । उत्सवको आयोजना नेपाल मद

    • प्रकाशित मितिः असोज १७, २०८१
    • १,०५९ पटक पढिएको
    • छाल खबर
  • यामाहाको स्कुटर खरीदमा तेज बहादुरको हातमा एक लाख

    छाल खवर धरान,३१ भाद्र ःयमाहाको स्कुटर खरीदमा धरानका एक ग्राहकले १ लाख रुपैयाँ नगद हात पार्न सफल भएका छन् । सोमवार धरान ८ स्थित यामाहाको सो रुम विजयपुर ट्रेृडर्सबाट खरीद गरीएको स्कुटरमा धरान १५ का तेज बहादुर लिम्वूले १ लाख रुपैयाँ दशैं तिहारको स्कीम मार्फत प्राप्त गरेका हुन् । लिम्बुले यामाहाको रेजेड आर १२५ हाइब्रिड स्कुटर खरीद गरेका थिए । ट्रेृडर्सका प्रवन्धक प्रभाब खतिवडाले यमाहाले ग्राहक बर्गको लागि चाड पर्व लक्षित स्कीम कम्पनीले ल्याएको जानकारी दिनुभयो । उक्त स्कीम दशैं तिहार र छठ पर्वसम्म मोटरसाईकल वा स्कुटर खरीद गर्दा ग्राहक बर्गले प्राप्त गर्ने खतिवडाको भनाई छ । यामाहाले स्कीम अन्तर

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • २,९८४ पटक पढिएको
    • छाल खबर
  • मेला चलाउदै वार्षिक उत्सव मनाउदै सुनसरी उद्योग वाणिज्य संघ

    छाल खवर धरान,११भाद्रः सुनसरी उद्योग वाणिज्य संघ धरानले ६१ औं स्थापनाको अवसरमा मेला संचालन गर्ने भएको छ । संघले महिला उधमीलाई प्रोत्साहन गर्ने भन्दै मेला संचालन गर्ने भएको हो । संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै महिला उद्यमी प्रदर्शनी मेला आयोजना गर्ने जानकारी गराएको थियो । आयोजकले दिएको जानकारी अनुसार भदौं १३ गतेदेखी १५ गतेसम्म धरानमा मेला संचालन गर्न लागेको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । मेलामा स्थानिय उत्पादनका नामका बिभिन्न ४५ वटा स्टलहरु रहने आयोजकले जनाएको छ । मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा राखिने

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • १०,७१७ पटक पढिएको
    • छाल खबर
  • खानेपानी बोर्डमा तालाबन्दीमेयरका समर्थकको पनि समर्थन

    छाल खवर धरान,२० साउनः धरान खानेपानी व्यवस्थापन वोर्डले अत्याधिक मात्रामा गरेको महसुल वृद्धि विरुद्ध धरानका १० राजनीतिक दलहरुले आइतबार धरान १३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमा तालाबन्दी गरेका छन् । संयौको संख्यामा नारावाजी सहित वोर्डको कार्यालय पुगेको १० राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले महशुलको शुल्क पुरानै कायम गर्न माग गर्दै तालावन्दी गरेको हो । धरान २ सिंहदेवीचौकबाट जनता मार्न पाइँदैन, बृद्धि भएको महसुल फिर्ता गर लगायतका नारा लगाउँदै प्ले कार्ड वोकेर दलबलसहित बोर्डमा पुगेको समूहले बोर्डका अध्यक्ष हर्कराज राई, कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेल लगायतका कार्यकक्षमा तालाबन्द

    • प्रकाशित मितिः साउन २०, २०८१
    • १,३५८ पटक पढिएको
    • छाल खबर
  • महशुल वृद्धि तत्काल फिर्ता गर्न ९ राजनीतिक दलको ७२ घण्टे अल्टीमेटम

    छाल खवर धरान,११ साउनः धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष धरानका नगर प्रमुख हर्कराज राईले उपभोक्ताले तिर्न नसक्ने गरी गरेको खानेपानी महशुल वृद्धि तत्काल खारेज गर्न धरानका १० राजनीतिक दलहरुले माग गरेकाछन् । दलहरूले शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय माग सहित ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम गर्न माग गरेका हुन् । राजनीतिक दलहरुले महशुल वृद्धि नगरे आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएकाछन् । वृद्धि गरीएको महशुल अनुसार पुराना धनीको नामबाट नया घरधनीको नाममा धारा नामसारी गर्दा २०० सय रुपैयाँमा हुने शुल्कमा अहिले २० ह

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ५,११२ पटक पढिएको
    • छाल खबर
  • ३० हजार हात्ति विक्रिमा

    छाल खवर काठमाडौं,३१ असासर एजेन्सी ःअफ्रीकी देश जिम्बाबेले न्यजन्तुको संख्या कम गर्नका लागि ३० हजार हात्ति बिक्री गर्ने योजना बनाएको छ । अफ्रीकी संघ तथा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको शिखर सम्मेलनमा समेत यस बारेमा चर्चा भएको थियो । पर्यटन मंत्री प्रिस्का मुप्फुमिराका अनुसार जिम्बाबेले करीब ३० हजार हात्ति बेच्न लागेको हो । पर्यटन मंत्री प्रिस्काका अनुसार जिम्बाबेले अंगोला तथा अन्य इच्छुक देशलाई हात्ति बेच्ने योजना बनाएको छ । उनका अनुसार जिम्बाबेको कुनै निर्धारित बजार नभएका कारण इच्छुक जो कोहीले खरिद गर्न सक्नेछ । पर्यटन मंत्री प्रिस्काका अनुसार हाल जिम्बाबेसँग ८४ हजार हात्ति छन् जसमध्ये

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ५४२ पटक पढिएको
    • छाल खबर
  • धरानमा कोशी प्रदेश कै ठूलो यमाहाको मोटरसाईकल सोरुम उद्घाटन

    छाल खवर धरान,२९ असारः धरानमा यमाहा कम्पनीको कोशी प्रदेश कै सवैभन्दा ठूलो सोरुमको उद्घाटन भएको छ ।यामाहा कम्पनीको धरान स्थित नयाँ व्लु स्क्वायर शोरुमको विहिवार एक कार्यक्रमकावीच उद्घाटन भएको हो । सोरुममा दैनिक १०० भन्दा बढी मोटरसाइकलको सर्भिसिङ गर्ने क्षमता रहेको संचालकको भनाई रहको छ । ग्राहकका लागि अधिकतम सुविधा सहित स्थापना गरिएको ब्लु स्क्वयर सोरुममा सेल्सका साथै फाइनान्स सुविधा पनि एकै ठाउँमा पाउने सुविधा रहेको छ । शोरुममा सर्भिसिङसँगै स्पेयर्स पार्टस् र एक्सचेन्जको सुविधा एकै ठाउँमा पाउनेछन् । शोरुमको उद्घाटटन धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले गरेका थिए । उनले विश्व प्र

    • प्रकाशित मितिः असार २८, २०८१
    • ३,५३१ पटक पढिएको
    • छाल खबर
  • ४ करोड कारोवार नभएको एक्स्पो नामको मेलामा १२ करोडको भ्रम

    छाल खवर धरान,२५फागुनः सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरानमा संचालन भएको धरान एक्स्पो नामको मेला धरानवासीलाई भ्रम छर्दै सम्पन्न भएको छ । फागुन ११ गतेबाट सुरु भएको ‘धरान एक्स्पो २०८०’ नामको मेलामा १२ करोडको कारोवार भएको भन्दै भ्रम छर्दै सकिएको हो । वास्तविक कारोवार करिव पुग नपुग ४ करोड जतिको मात्र भएपनि आयोजकले समापन समारोहमा १२ करोड कारोवार भएको भनेर भ्रम छर्न समेत भ्याएका थिए । धरान रङ्गशालामा १३ दिनसम्म सञ्चालन भएको एक्स्पो नामको मेलामा आयोजकले ५ लाख दर्शकले अवलोकन गरेको र करिब १२ करोड कारोबार भएको दाबी गर्न समेत भ्याएको थियो । मेला नचलेर व्यवसायीहरु निरास वनेको मेलामा

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • १०,३२९ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाष्णिज्य संघको धरान एक्पो नामको मेलामा पदाधिकारीले एकलौटी गरेको आरोप

    छाल खवरधरान,९ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गर्न लागेको धरान एक्पो नामको मेलाप्रति कार्यसमितिले नै असन्तुष्टी जनाएकाछन् । फागनु ११ गते देखि २३ गते सम्म संचालन हुन लागेको मेलाको विषयमा पदाधिकारीहरुले आफू खुशी गर्ने गरेको भन्दै कार्यसमितिले असन्तुष्टी जनाएका हुन् । पदाधिकारीहरुले जुनसुकै विषयमा एकलौटी र आफू खुशी कार्य गर्ने गरेको कार्यसमितिका एक सदस्यले बताए । मेलामा राखीएका स्टलहरु पनि पदाधिकारीहरुले आफ्ना आफन्त र आफ्ना सहयोगीहरुलाई आफूखुशी दिएको आरोप समेत लगाएकाछन् । कार्यसमिति नै असन्तुष्ट रहेको मेलाको उद्घाटनमा पर्यटन मन्त्री सुधन किराती आउने कुराको चर्चा चलेपनि आफूलाई औपचारी

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ४,६१५ पटक पढिएको
    • छाल खबर
  • मेला आयोजकप्रति मनोनित सदस्यहरुको असन्तुष्टी

    छाल खवर धरान,२० माघः सुनसरी उद्योग वाणिज्य संघले धरान एक्स्पो आयोजना गर्ने विषयमा गरेको पत्रकार सम्मेलनको केही दिन वित्न नपाउदै समितिमा मनोनित गरीएकाहरु भने असन्तुष्टी जनाउन थालेका छन् । गत वर्षको मेलाको हिसाव सार्वजनिक नगरेको र आफूहरुलाई समितिमा राखेर उपयोग मात्र गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । धरान एक्स्पो नामको मेला आयोजना गरेका संघले गत वर्ष विभिन्न क्षेत्रका व्यवसायी संगठनका प्रतिनिधिहरुलाई मेला आयोजक समितिको सदस्यमा मनोनित गरेको थियो । समितिमा मनोनित गरी मेला हेर्नको लागि पास दिने वाहेक अरु कुनै कुरा थाहा नदिएको उनीहरुको गुनासो रहेको छ । मेलामा कहाँबाट कति आम्दानी भयो कहाँ कति ख

    • प्रकाशित मितिः माघ २०, २०८०
    • ४,१८४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic