छाल खबर चितवन , ७ माघ ः । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा चोरी सिकारीले मारेको अवस्थामा फोला परेको छ । शुक्रवार दिउसो साढे १२ बजे पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका २ सीतापुर सेहेरी नजिकै नारायणी नदीको भङालोमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेको हो । एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । दिउसो गैँडा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । माउ गैँडाकोट सिङ काटेर लगेको र बच्चाको भने सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । नारायणी नदी वारी घा
छाल खवर सप्तरी , ७ माघ ः सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् । गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन्। आगलागीमा कंचनरुप नगरपालिका,राजविराज नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिका
छाल खवर विराटनगर ,५ माघ ःराजस्व अनुसन्धान एकाइ कार्यालय, इटहरीको टोलीले बुधबार विराटनगरका दुई कपडा पसलमा छापा मारेको छ । विराटनगर–९, मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका वस्त्रालयमा सो टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार र कर छली गरेको सूचनाका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका सूचना अधिकारी एवं अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो । नन्दुकिशोर तापडिया र किसन तापडियाले सञ्चालन गरेको नारायण स्टोर भारतको जोगबनीमा समेत रहेको छ । खुला सीमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याउने गरेको आरोप यी पसललाई लाग्दै आ
छाल खवर धनकुटा ,३ माघ । साँगुरीगढी गाउँपालिकाले पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण गर्ने भएको छ। गाउँपालिकामा उत्पादन हुने कृषिजन्य तथा हस्तकला उत्पादनलाई बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले भेडेटारमा कोसेली घर निर्माण गर्न लागिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। पर्यटकीय स्थल भेडेटार साँगुरीगढी गाउँपालिकाको केन्द्र हो । गाउँपालिकाको २२ लाख रुपैयाँको लगानीमा निर्माण हुने कोसेली घरका लागि जग्गा प्राप्त भइसकेको उनले बताए। स्थानीय समाजसेवी देव इवाहाङले भेडेटार बजार नजिकै रहेको १ आना २ पैसा जग्गा कोसेली घर निर्माणका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गरिसकेका
छाल खवर धरान, ्र्र्र्र३माघः संयुक्त गृल व्यवसायी संघ धरानको आठौं साधारण सभाले उदयकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भएको आठौं साधारण सभा तथा अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साधारण सभाले संघको प्रथम उपाध्यक्ष, उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस पदम वराइली, हरी वि.क.,कमल शंकर, प्रेम कुमार राई र जंग बहादुर थापालाई चयन गरेको छ । त्यसैगरी कार्यसमिति सदस्यमा तिलक ल्वागुन, मदनकुमार प्रधान, प्रदीप वि.क.,पार्वति राई, तुलाराम श्रेष्ठ, हेमबहादुर भण्डारी र दिपु तामाङ रहेकाछन । संघको सल्लाहारहरुमा टोपेन्द्र शाही, प्रेमराज राई, तोर्णबहादुर वि.क.र नि
पोखरामा भएको जहाज दुर्घटनामा परी निधन भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल छाल खवर काठमाडौं,२ माघ ः नेपाल पत्रकार महासङ्घका केन्द्रीय समितिले केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा सोमवारदेखी १३ दिनसम्म शोक मनाउने भएको छ । पोखरा उडानमा रहेको नाइनएन एटिआर–७२ जहाज अवतरणको क्रममा हिजो पोखरामा भएको दुर्घटनामा ७२ जना सहित नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा महासङ्घले सोमवार देखी १३ दिन सम्म शोक मनाउने भएको हो । महासङ्घका केन्द्रीय, प्रदेश, जिल्ला सबै कार्यालयहरू बन्द गरी १३ दिन सम्म शोक सभा बाहेक अन्य कुनै पनि औपचारिक कार्यक्रम न
छाल खवर धरान,१ माघः पोखरामा भएको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा आइतवार यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए । विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आल
छाल खवर काठमाडौं १ माघ ः पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट आइतवार विहान ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जादासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । अन्यको खोजी कार्य जारी रहेको सुरक्षाकर्मीले जानकारी दिएकाछन् ।पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन्
छाल खवर धरान,१ माघ ः राष्ट्रपति विद्यादेवी भण्डारी आज माघ १ गते सङ्क्रान्तिको अवसर पारेर धरान आउने भएकी छन् । राष्ट्रपति भण्डारी पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र मन्दिरको दर्शन अवलोकन धार्मिकस्थलहरुको दर्शन एवं पूजा अर्चना गरिने गरि भ्रमण हुन लागेको हो । आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी केहीबेरमा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र आउने र त्यसपछि अन्य धामको दर्शन तथा पूजामा लाग्ने समेत राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
छाल खवर धरान,१ माघ ः सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघ) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउन
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic