समाज

    Showing ११-२० of ४१५ items.
  • किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

    छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरीले सामूहिक देउसीसँगै उद्यमी व्यवसायीहरुलाई सम्मान गरेको छ । सोमवार धरान–१७ स्थित गैरीटोलमा आफ्नै कार्यालयमा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो । कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि लगायतका विभिन्न पेसा,व्यवसायमा योगदानमा पु¥याउने समुदाय भित्रका २३ जना उद्यमी व्यवासायीलाई सम्मान गरीएको समाजका अध्यक्ष साजन पुमा राइले वताउनु भयो । सम्मानित हुनेहरुमा शैक्षिक क्षेत्रबाट हेमन पुमा राई, शशिकला पुमा राई,रमेश पुमा राई,पुनम पुमा राई, नवराज राई,डुण्डीराज पुमा राई,दिलकुमार पुमा राई, डि.बि. पुमा राई (मुन्ना) उ

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३,०३९ पटक पढिएको
    • छाल खबर
  • टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहालाई

    छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको टङ्क बहादुर प्रधान पत्रकारिता पुरस्कार युवा महिला सञ्चारकर्मी स्नेहा श्रेष्ठलाई प्रदान गरिएको छ । व्लाष्ट दैनिकमा कार्यरत श्रेष्ठलाई नगद ७ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरीएको हो । धरानको पत्रकारीतामा सकृय श्रेष्ठलाई सम्मानको लागि नेपाल पत्रकार महासंघ सुनसरीले सिफारीस गरेको थियो । सिद्धि नेवाः परिषदमा शुक्रवार आयोजित कार्यक्रममा वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा.विक्रम प्रसाद प्रधानलाई धरानको स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गरेकोमा विशेष सम्मान गरिएको थियो । सम्मानित व्यक

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ४,९११ पटक पढिएको
    • छाल खबर
  • माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

    छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो ।काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो । भदौ २३ र २४ गते जस्तो आन्दोलन हुने भयले सरकारले स

    • प्रकाशित मितिः असोज २३, २०८२
    • १,८८५ पटक पढिएको
    • छाल खबर
  • श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

    छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लिन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन कार्यालयमा दल दर्ता गराएकाछन् । साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीको अध्यक्षमा आफै रहेको निर्वाचन आयोगले जनाएको छ । साम्पाङको पार्टीमा ५ सदस्यीय पदाधिकारी र २३ जना केन्द्रीय सदस्य रहेकाछन् । साम्पाङले असोज ७ मा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । उनले चुनाव चिन्ह माटोको ढिस्को प्रस्ताव गरेको आयोजले जनाएको छ । आयोगले स्रोतका अनुसार उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ४,०२० पटक पढिएको
    • छाल खबर
  • दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

    छाल खवर धरान,२१ असोजः सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनका लागि दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढेको छ। नयाँ नियम जारी भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको हो । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । एक सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्र

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ४३३ पटक पढिएको
    • छाल खबर
  • वाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ६० पुग्यो, १५ जना नाबालक

    छाल खवर धरान,२० असोजः दुइ दिन देखि जारी वर्षाका कारण बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । प्रहरीले दिएको जानकारी अनुसार १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।यो संख्या अन्य ठाउमा भन्दा धेरै हो । पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १र१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।    

    • प्रकाशित मितिः असोज २०, २०८२
    • ४०० पटक पढिएको
    • छाल खबर
  • सप्तकोशीमा यस वर्ष पहिलो पटक बाढीको खतरा

    छाल खवर धरान,१९असोजः लगातार भएको वर्षाको कारण सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ ।सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ । सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै छ । यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेर मास एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा प

    • प्रकाशित मितिः असोज १९, २०८२
    • २७६ पटक पढिएको
    • छाल खबर
  • धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध, हिले–पाख्रिबास–लेगुवा खण्ड पनि बन्द

    छाल खवरधरान,१९असोज ः दुइदिन देखि जारी अविरल वर्षाको कारण धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । धनकुटाको मुलघाट र नमस्ते झरना नजिक पहिरो र लेदो माटो थुप्रिएकाले सवारी आवागमन बन्द भएको हो । धनकुटा प्रहरीले दिएको जानकारी अनुसार धरानबाट धनकुटातर्फ जाँदै गरेका केही सवारी साधन धरानतर्फ नै फर्किएका छन् ।डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–पाख्रिबास–लेगुवा सडकखण्डमा समेत क्षति पुगेकाले त्यहाँसमेत सवारी आवागमन बन्द छ । सडक अवरुद्ध भएपछि धरानबाट धनकुटा तेह्थुम,भोजपुर र संखुवासभा चल्ने यातायात पूर्ण रुपमा वन्द भएको छ

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ५०३ पटक पढिएको
    • छाल खबर
  • जन्मभूमिको सेवा गर्न खोटाङ्गेहरु संगठित

    आफ्नो जन्म भूमिको विकास र सेवा गर्ने उदेश्यले धरानमा शनिवार खोटाङ सुनसरी एकता समाजको गठन भएको छ । शनिवार धरानमा भएको खोटाङबाट धरान आएर वसोवास गर्नेहरुको भेलाले सो संस्थाको गठन गरेको हो । भेलाले भारतीय भूपू सैनिक मणि चाम्लिङको अध्यक्षतामा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष राजेन्द्र राई, सचिवमा राजेश राई, सहसचिवमा सुमन राई र सहसचिवमा जानुका राई रहेकाछन् । एक उपाध्यक्ष र सहकोषाध्यक्ष पहिलो वैठकले मनोनयन गर्ने अध्यक्ष मणि चाम्लिङले जानकारी दिएकाछन् । त्यसैगरी सदस्यहरुमा ज्ञानु चाम्लिङ,कुमार राई,युवक राई,अटल राई, चण्डीमान राई,अमर चाम्लिङ राई,कपिल राई, लवुहाङ राई,रामकृष्ण राई र सम्भु राई पृ

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २,१८१ पटक पढिएको
    • छाल खबर
  • आज घरघरमा घटस्थापना गरिँदै

    छाल खवर धरान,६ असोजःप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा र

    • प्रकाशित मितिः असोज ६, २०८२
    • १,६७५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic