समाज

    Showing ३२१-३३० of ४०७ items.
  • गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

    छाल खवर धरान,२७ मंसिर ः गाउपालिका अध्यक्ष र उपाध्यक्षवीच विवाह सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच शुक्रबार विवाह भएको छ । सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार विवाह कार्यक्रम आयोजना गरिएको थियो । नवविवाहित जोडीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, आार्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले बधाई तथा वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए।

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • ९१७ पटक पढिएको
    • छाल खबर
  • सगरमाथाको उचाइ बढ्यो

    छाल खवर धरान,२४ मंसिर ः नेपाल र चीनद्वारा संयुक्तरुपमा सगरमाथाको नयाँ उचाइको घोषणा गरेका छन् । पुरानो उचाइमा ८६ सेन्टिमिटर बढि रहेको छ । मंगलबार नापी विभागमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यीले भर्चुअल रूपमा नयाँ उचाइ सार्वजनिक गररेका छन् । नयाँ सार्वजनिक भएको विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर रहेको छ । यस अघि भारतको सर्भे अफ इन्डियाले सन् १९५४ मा बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । जसमा हालको उचाईमा ८६ सेन्टिमिटर बढेको हो । विनाशकारी भूकम्पका कारण देशका उत्तरी भूभागमाक

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • १६१ पटक पढिएको
    • छाल खबर
  • तरुण दल सागुरीगढीद्धारा राजकुमारलाई सहयोग

    छाल खवर धरान,२२ आर्थिक अभावका कारण अस्पताल जान नसकेका विरामीलई नेपाल तरुण दल सागुरीगढीले २५ हजार सहयोग गरेको छ । आर्थिक अभावका कारणले उपचार गर्न अस्पताल जान नसकेका सागुरीगढी ६ का ५० वर्षिय राजकुमार राईलाई तरुण दलले सो सहयोग गरेको हो । साँगुरीगढी ६ मालबासे निबासी राई आर्थीक अबस्था कम्जोर भएका कारण प्रेसरले हानेर नसा फुटदा पनि उपचार गर्न अस्पताल जान सकेका छैनन् । आर्थिक अबस्था कम्जोर भएर हस्पिटल भर्ना गर्न नसकेको ले उपचार सहयोगका लागि तरुणदलले सहयोग संकलन गरी राईलाई रकम हस्तान्तरण गरीएको नेपाल तरुण दल जिल्ला उपाध्यक्ष धिरज तामाङले जानकारी दिएकाछन् । उनका अनुसार फुटेको नसा जोडनको लागि

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • ६,३११ पटक पढिएको
    • छाल खबर
  • अवैध रुपमा भन्सार छलि गरी ल्याएका समानहरु बरामद

    छाल खवर विराटनगर,२१ मंसिर ःअवैध रुपमा भन्सार छलेर ल्याइएका कपडा, किचन आईटम तथा खाद्यान्न सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । भारतियको जोगबनीबाट मोरङको विराटनगर–१६ दरैया नहरबाट अवैध रुपमा भन्सार छलेर ल्याएका सामानहरु प्रहरीले बरामद गरेको हो । बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु बरामद गरेको थियो । बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • ३३१ पटक पढिएको
    • छाल खबर
  • धरानबाट खैरो हेरोइन कारोबारी पक्राउ

    छाल खवर धरान,२१ मंसिर ः खैरो हेरोइनको ओसारपसार तथा कारोबार गर्ने एक व्यक्तिलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको पकरी २ घर भई सुनसरीको इनरुवा नगरपालिका ३ बस्दै आएका ५२ बर्षीय राजकुमार सिंह रहेको प्रहरीले जनाएको छ । सिंहलाई शनिबार राती करिब ७ बजे धरान १० धनकुटे मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार बुद्ध चोकबाट भोटेपुलतर्फ जाँदै गरेको स्कार्पियो रोकेर चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएको हो । डिएसपि वस्नेतका उनका अनुसार बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा रेग्जीन (खोला) को पछाडितर्फ भित्री भागमा

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • १,४०८ पटक पढिएको
    • छाल खबर
  • कामना सेवा विकास बैंकको लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

    छाल खवर धरान,२० मंसिर ःरिंकीबुङको राँगोलाई ।।चुङकेबुङको चुलेसीले ।।ताप्लेजुङमा ताकेर ।।कालेबुङमा काटेर ।।अरुण तमोर तरौला ।।तिते फापर छरौला ।।फुल लाउँला केसरी ।।खाउँला बेसरी ।। कुनै समय निकै स्रोता माझ लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीतका गायक हुन सुरेश गन्धर्बलाई उपचारका लागि कामना सेवा विकास बैंकले ५० हजार सहयोग गरेको छ । उनी पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट ग्रसित वनेकाछन् । उनलाई कामना सेवा विकास बैंकको प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर चेक हस्तान्तरण गर्नुभएको थ

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • २७,८७५ पटक पढिएको
    • छाल खबर
  • पत्रकार माथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

    छाल खवर झापा ,१९ मंसिर ः सञ्चारकर्मीमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ परेका छन् । सेवाग्राहीबाट १० हजार घुस लिदै गरेको भिडियो खिचिरहेका सञ्चारकर्मीलाई खरीदार इन्द्र राजवंशीले लछारपछार गर्दै कुटपिट गरेका थिए । मङ्गलवार अपराह्न करिब ४ बजे मालपोत कार्यालय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार खगेन्द्र घिमिरे , क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट उनले गरेका

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • ५३१ पटक पढिएको
    • छाल खबर
  • धरान १३ मा चोरी भएको ब्याग खोज्दा अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली भेटियो

    छाल खवर धरान,१९ मंसिर ः धरान १३ स्थित खानेपानी संस्थान नजिकै मदन आश्रित मार्गको ड्रेनमुनि अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली फेला परेको छ । ड्रेनमुनि शंकास्पद झोला देखिएपछि स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालयको टोली पुगेपछि शंकास्पद पोको निकालेर हेर्दा सो सामाग्री फेला परेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पेस्तोल कागजभित्र बेरिएको र कागजलाई कपडाले बेरिएको थियो । मेड इन यु.एस.ए. लेखिए पनि पेस्तोल भारतमा बनिने गरेको डिएसपी बस्नेतले बताए ।गोली पेस्तोल लोड नभएको अवस्थामा फेला परेको डिएसपी बस्नेतले जानकारी दिए ।उनले सो विषयमा अनुसन्धान भईरहेको समेत जान

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • ४५६ पटक पढिएको
    • छाल खबर
  • उदयपुरमा बम विस्फोट, सौर्य सिमेन्ट उद्योगलाई क्षती

    छाल खवर धरान,१९ मंिसर ःउदयपुरको कटारीमा गएराती ४ वटा बम विस्फोट भएको छ । अज्ञात समुहले कटारी नगरपालिकाको वडा नं. ८ भन्टाबारी स्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानीमा बम विस्फोट गराएको हो । खानी क्षेत्रको एकै ठाउमा ४ वटा बम विस्फोट गराएको उदयपुर प्रहरीले जनाएको छ । मध्येराती एक्कासी ठुलो आवाजमा बम विस्फोटनको आवाज गाउलेहरुले सुनेका थिए । आतंकित हुदै भागदौड चल्दा चारजना सर्वसाधारण सामान्य घाईते भएका छन् । घाइतेहुनेहरुमा कटारी नपा–७ का अन्दाजी २३ वर्षिय नवीन मगर, २४ वर्षिय बिस्णुबहादुर मगर, उदयपुरगढी गा।पा।(२ का २७ वर्षिय दुर्गाबहादुर तामाङ र मकवानपुर जिल्लाको भिमफेदि गापा।(९ का ३० वर्षि

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • १,७७४ पटक पढिएको
    • छाल खबर
  • रामधुनी र धरान सिधै जोडियो

    छाल खवर धरान,१९ मंसिर ःअव धरान र रामधानी नगरपालिकावीचमा सिधा सम्पर्क हुने भएको छ ।धरानलाई रिङरोडले जोडने अवधारणा अनुसार अव सो क्षेत्रमा जोडिने भएको हो । सोही अनुसार बिहीबार कान्छो सडकको रुपमा जय मार्गको उद्घाटन भएको हो । सुनसरी क्षेत्र नं १ का संघीय संसद जयकुमार राईले रामधुनी र धरान जोड्ने जय मार्गको औपचारीक उद्घाटन गरेका थिए । संसद राईले सडक गर्दै धरानलाई सवैक्षेत्रबाट जोडने आफ्नो लक्ष्य अन्तिम चरणमा रहेको दावी गरेका थिए । सांसद् राईले चारैतर्फबाट सडक सञ्जालले जोडेर धरानलाई तिब्र गतिमा विकास गर्ने लक्ष्यका साथ आफू लागि परेको दावी समेत गरेका थिए । उनले रामधुनीसँग सिधै धरानलाई जोड्न पाउँन

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • २,२३२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic