समाचार

    Showing १,१४१-१,१५० of १,६४९ items.
  • वन निगमको महानिर्देशकको सेटिङमा अवैधरुपमा काठ सप्लाई

    भोला श्रेष्ठधरान,४ असोज ः बन मन्त्रालय अन्तगएत रहेको नेपाल बन निगम लिमिटेडका कार्यकारी निर्देशकको सेटिङमा गैरकानुनी रुपमा प्रदेश १ को काठ अन्य प्रदेशमा सप्लाई भइरहेको छ । निगमका कार्यकारी निर्देशक रामेश्वर भट्टराईको ठाडो निर्देशन र सेटिङमा गैरकानुनी रुपमा काठ अन्य प्रदेशमा सप्लाई हुन लागेको हो । निगमको नियमावलि अनुसार राष्ट्रिय बनबाट कटान संकलन भएको सखुवा प्रजातिको काठ ५० प्रतिशत विभिन्न बन कार्यालयलाई र वार्की ५० प्रतिशत काठ निगमले नै चिरान गरी सस्तो र सुलभ मुल्यमा स्थानीय उपभोक्तालाई विक्रि वितरण गर्ने व्यवस्था रहेको छ तर निगमले भने काठ ठेकेदार मार्फत पोखरा र काठमाडौमा सप्लाई गर्ने तयारी र

    • प्रकाशित मितिः असोज ४, २०७८
    • १०,९८७ पटक पढिएको
    • छाल खबर
  • किशोर राईको प्यानल वडा वडामा क्षेत्रीय प्रतिनिधिसँग भेटघाटमा ब्यस्त

    छाल खवर धरान,३ असोजः नेपाली कांग्रेस धरानको नगर निर्वाचन नजिकिदै गर्दा दुवै किशोर राई नेतृत्वको समूह वडा वडामा क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट र परामर्शमा व्यस्त रहेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस धरानको नेतृत्वको लागि सभापतिमा उम्मेदवारी दिएका किशोर राई र उनको प्यानल वडा वडामा भेटघाटमा ब्यस्त रहेको हो । । असोज ९ गते हुन गईरहेको नगरको निर्वाचनका लागि किशोर राईले संस्थापन पक्षको तर्फबाट उमेद्वारी घोषणा गरेकाछन् । धरानका २० वटै वडाबाट निवार्चित क्षेत्रीय प्रतिनिधिहरु र वडाका नेता, कार्यकर्ताहरुसँगको भेटघाट तथा परामर्शलाई किशोर राईको प्यानलले व्यापकता दिएको छ । अधि

    • प्रकाशित मितिः असोज ३, २०७८
    • ३,५९१ पटक पढिएको
    • छाल खबर
  • संविधान दिवसमा सभामुखद्धारा शुभकामना सन्देश

    छाल खवर धरान,३ असोज ः प्रदेश न १ का सभामुख प्रदिप कुमार भण्डारीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख भण्डारीले आइतवार सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । निर्वाचित जनप्रतिनिधीबाट संविधान निर्माण गर्ने करिव सात दशक लामो जनआकांक्षा २०७२ साल आश्विन ३ गते पुरा भएको छ सन्देशमा भनिएको छ । संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूल्य र मान्यतामा आधारित नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गरीएको छ । यस अवसरमा लोकतान्त्रि

    • प्रकाशित मितिः असोज ३, २०७८
    • ४,९४१ पटक पढिएको
    • छाल खबर
  • धरानमा किशोर राई समूहको प्यानल घोषणा,अजय राईको पनि समर्थन

    छाल खवर धरान,२ असोज ः नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा धरान उपमहानगर समितिको नेतृत्वको लागि संस्थापनले आफ्नो समूहको उमेद्वारी घोषणा गरेको छ संस्थापन पक्षले किशोर राईको नेतृत्वमा प्यानाल उम्मेदवारी घोषणा गरेको हो । धरानमा एक कार्यक्रम आयोजना गरि संस्थापन पक्षको सभापति पदमा किशोर राई सहित पदाधिकारीहरुको उमेद्वारी घोषणा गरेको थियो । त्यसैगरी दुई उपसभापति पदमा राजकुमार थोप्रा र महेन्द्र तामाङले उम्मेदवारी दिएका छन् तामाङ यस अघिको समितिका सभापति हुन भने थोप्रा युवा नेता हुन् ।त्यस्तै सचिवद्धयमा रुक्मणि गौतम (कोपिला) र सुमन श्रेष्ठ रहेकाछन् । यता सहसचिव दुई पदमा गोपाल कार्की र कमला रु

    • प्रकाशित मितिः असोज २, २०७८
    • ८,०६२ पटक पढिएको
    • छाल खबर
  • किशोर समूहबाट सहसचिवमा कमला रुचालको उम्मेदवारी घोषणा

    छाल खवर धरान,२९ भाद्र ः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धरान उपमहानगर समितिको आसन्न निर्वाचनमा सहसचिव पदमा कमला रुचालले आफ्नो उम्मेद्वारी घोषणा गरेकीछिन् । रुचालले धरानमा रहेका दलित नेता कार्यकर्ताहरुको उपस्थितिमा किशोरा राई समूहबाट सहसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकीहुन् । सवै जात, धर्म, लिङ्ग, महिला, जनजाति, दलितहरुको सामूहिक समावेशी चरीत्रको उम्मेद्वारहरुले मात्र संविधानको मुलभूत अन्तर विषय वस्तुलाई समेत अंगिकार गर्न सफल भएको उनको भनाई छ । नेपाल दलित संघ, धरान नगर समितिको आयोजना, जिल्ला तथा केन्द्रको समेत प्रतिनिधिहरुको उपस्थितिमा २० वटै वडाका नव निर्वाचित दलित क्षेत्रीय

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ५,४७६ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई

    छाल खवर धरान,२८ भाद्रः निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरे लगत्तै नेकपा (एकीकृत समाजवादी )ले प्रदेश नं १ संसदीय दलको नेता चयन गरेको छ । सोमबार बसेको संसीय दलको बैठकले पार्टीका नेता एवं सांसद राजेन्द्र राईलाई दलको नेतामा चयन गरेको पार्टीले जनाएको छ । संसदीय दलको नेता चयन गरेपनि दलको उपनेता, मुख्य सचेतक र सचेतक भने अर्को बैठकबाट चयन गर्ने निर्णय भएको पार्टीले जनाएको छ । वर्तमान भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको सांसद उपेन्द्र घिमिरेले जानकारी दिएकाछन् । घिमिरेका अनुसार त्यसबारेमा प्रदेशसभा सचिवालयलाई सोमबार नै जानकारी दिइएको छ । विगतमा प्रदेश नं १ मा ए

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • १,०६८ पटक पढिएको
    • छाल खबर
  • धरानमा श्याम पोख्रेल पक्षको उम्मेद्वारी घोषणा

    छाल खवर धरान,२६ भाद्र ः नेपाली कांग्रेस धरानको को १४ औं महाधिवेशनका मा नगरको नेतृत्वको लागि श्याम पोख्रेल समूहको उम्मेद्वारी घोषणा गरेको छ । धरान उपमहानगर कार्य समितिको निर्वाचनको लागि पोख्रेल समूहले ७ पदको लागि उम्मेदवारी घोषणा गरेको हो । पोख्रेल पक्षले शनिबार धरान किचनमा पत्रकार सम्मेलन गर्दै सभापतिमा श्याम पोखरेलसहित ७ जना पदाधिकारीको उम्मेदवारी घोषणा गरेको थियो ।कार्यक्रममा नगर सभापति पदका लागि श्याम पोख्रेलले उम्मेदवारी घोषणा गरेकाछन् । नेवि संघबाट राजनीतिक शुरु गरेको पोखरेल गएको १३ औं अधिवेशनबाट कांग्रेस धरानको सचिवमा निवार्चित भएका थिए । उनले यसअघि नै उम्मेदवारी घोषणा गरिसके पनि पार्

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • ९,५५८ पटक पढिएको
    • छाल खबर
  • आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

    छाल खवर धरान,२२ भाद्रः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा।डा।रामचन्द्र गौतमले बताए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • ३,५५१ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमी धरानमा छात्रवृत्ति

    छाल खवर धरान,२१ भाद्रः नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेज धरान–२ ले भाद्र २ गते देखि ८ गते सम्म संञ्चालन गरेको भर्ना सप्ताहमा ४८ प्रतिशत विधार्थी भर्ना गर्न सफल वनेको जनाएको छ । कलेजले बाकी छात्रवृति धमाधम वितरण गरिरहेको जनाएको छ । एजुकेशन, ह्युमेनिटिज र मेनेजमेन्टसंकायको पढाई सञ्चालन गरिरहेको कलेजलेस्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप,सहरी सामुदायिक स्कूल जेहेन्दार स्कोलरसिप र सेल्फ मेरिट स्कोलरसिप गरि जम्मा ६ प्रकारको छात्रवृति प्रदान गरिरहेको छ । अनलाइन कक्षा समेत भाद्र १६ गतेबाट संञ्चालन गरिरहेको छ ।अरु कलेजमा भन्दा भिन्न शान्त शैक्षिक बाताव

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ८,३४५ पटक पढिएको
    • छाल खबर
  • नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी

    छाल खवर काठमाडौं,२० भाद्र ः नेकपा एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीले ५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्रोतका अनुसार स्थायी कमिटीमा पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन्। एकीकृत समाजवादीले एमालेमा रहँदा स्थायी कमिटी सदस्य रहेका नेताहरू सम्मिलित स्थायी कमिटी बनाएको पार्टीले जनाएको छ । पार्टीको दैनिक कामकाजको संयोजन गर्ने जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ। भुसालको संयोजकत्वमा गठित सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन्। पदिय जिम्मेवारी नतोकेपनि भुसाललाई

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ४,३९९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic