समाचार

    Showing १,५३१-१,५४० of १,६४९ items.
  • फेरी थपिए धरानमा ७ जना संक्रमित

    छाल खवरधरान,२८ साउन ः धरानमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन वढन थालेको छ ।बुधवार पनि ७ जना संक्रमित थपिएका छन् । धरान उपमहानगपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थपिएका संक्रमित धरान –१५ का ३ जना, १६ का २ जना र १० र ८ मा एक एक जना जसमध्ये ८ नं. वडाका ३८ वर्षिय पुरुष, १० का २२ वर्षिय पुरुष, १६ का २४ वर्षय पुरुष र २१ वर्षिय महिला, १५ नं। वडाका ६९ बर्षिय पुरुष, ३७ वर्षिय महिला र ३३ वर्षिय पुरुष रहेकाछन् । यससंगै धरानमा संक्रमितको संख्या ६२ पुगेको छ । समुदायस्तरमा कोरोना फैलिन थालेपछि धरानमा संक्रमितको संख्यामा अचानक वृद्धि हुदै गएको छ । धरान– स्थित प्रितिभल्

    • प्रकाशित मितिः साउन २८, २०७७
    • ४,०५४ पटक पढिएको
    • छाल खबर
  • भोलि देखि बीपीमा अनिश्चितकालिन ओपिडी सेवा बन्द

    छाल खवर साउन,२७ धरानः अस्पताल मै कोरोनाको संक्रमण फैलिन थालेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलीबाट अर्को सूचना जारी नभएसम्म ओपिडी सेवा वन्द गर्ने भएको छ । प्रतिष्ठानले मंगलवार सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको कारण स्थानीय सरकारले समेत ७ दिन पूर्वरूपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसर भित्र समेत कोरोना सङ्क्रमण देखिएकोले सङ्क्रमणलाई फैलन नदिन र रोकथाम तथा नियन्त्रणको लागि प्रतिष्ठानको ओपिडी सेवा साउन २८ गते देखि अर्को सूचना नहुन्जेलसम्म पूर्वरूपमा बन्द रहने जनाएको छ । प्रतिष्ठानमा ओपिडीमा उपचारका लागि आउने र त्यही भित्रका चिकित्सकहरूमा कोरोना सङ्क्रमण

    • प्रकाशित मितिः साउन २७, २०७७
    • ४१८ पटक पढिएको
    • छाल खबर
  • अग्रज पत्रकार श्रेष्ठको निधन

    छाल खवर झापा,२५ साउन ः झापाका अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ। आइतबार साँझ उनको निधन भएको हो। लामो समयदेखि मृगौलाको रोगबाट पीडित उनले नियमित डायलासिस गराइरहेका थिए। पत्रकार श्रेष्ठको आइतबार साँझ झापाको मेचीनगर नगरपालिका वार्ड नं १० धुलाबारीस्थित निवासमा निधन भएको हो। एक साताअघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट आइतबार घर पुर्‍याएको केही घण्टमामै उनको निधन भएको थियो। उनी राष्ट्रिय समाचार समितिको भद्रपुर कार्यालयको प्रमुख भएर लामो समय काम गरेका थिए। सेवाबाट अवकाश पाएपछि धुलाबारीस्थित निवासमा

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ४८२ पटक पढिएको
    • छाल खबर
  • ५ क्वीन्टल तरकारी धरान नगर प्रहरीद्वारा बरामद

    छाल खवर धरान,२५ साउन ः लकडाउन उलंघन गरी विक्रिका लागि राखीएको करिव ५ क्विन्टल तरकारी धरान नगरप्रहरीले आइतवार बरामद गरेको छ । लकडाउन उलंघनका साथै दोब्बर मूल्यमा बेचबिखन गर्दै गरेको अवस्थामा धरानका विभिन्न ठाउँबाट नगर प्रहरीले बरामद गरेको हो । दोस्रो चरणको लकडाउनको फाइदा उठाउँदै दोब्बर मूल्यमा तरकारी बेचबिखन गर्ने गरेको भन्ने जानकारी आएपछि धरान उपमहानगरपालिकाको नगर प्रहरीले अनुगमनमा सो परिमाणको तरकारी बरामद गरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । धरानको भानुचौक, छाताचौक, सिंहदेवी चौक,पिण्डेश्वरी चौक, शान्तिपथ,पुरानो बजार, अन्नपूर्ण चौक, समी चौक, जिरोप्वाईन

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ४,०६५ पटक पढिएको
    • छाल खबर
  • तरुण दलको समिति गठन

    छाल खवर धरान,२५ साउन ः धनकुटामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन विस्तार तिव्र रुपमा अघि वढेको छ । नेपाल तरुण दल साँगुरीगढी वडा नं ५ डाँडाबजारमा आइतवार ६९ सदस्य समिति गठन साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । भेलाले मिलन लिम्वुको अध्यक्षतामा ६९ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षद्धय,सचिव,कोषाध्यक्ष र सहसचिवमा क्रमस लक्ष्मण याखा, मुना लिम्बू , सुवेन याक्खा ,मदन लिम्बू र सविन याक्खा रहेकाछन् । त्यसैगरी सदस्यहरुमा सागर याक्खा, रुपेश याक्खा, सुनिल लिम्बू , पुर्ण याखा, गंगा लिम्बू ,सुसा याक्खा,सन्तोष याक्खा, योगेश लिम्बू ,विष्णु वि क., अनिष थेगिम ,बिक्रम

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ७,७७७ पटक पढिएको
    • छाल खबर
  • लिम्बुवान प्रान्त कायम गर्न माग

    छाल खवर धरान,२२ साउन ः लिम्वुवान स्वायत्त राज्यको माग गर्र्दै आन्दोलनरत संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले लिम्वुवान स्वायत्त प्रान्त कायम गर्न माग गरेको छ । मञ्चले इलाका प्रहरी कार्यालय धरान मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउदै वि‍स १८३१ साल साउन २२ गतेको दिन सम्पन्न गोर्खा–लिम्बुवान सन्धीलाई पुनस् नविकरण गरी लिम्बुवान स्वायत्त प्रान्त कायम गर्न माग गरेको हो । प्रधानमन्त्री ओलीलाई सन्धीको स्मरण गराउँदै लिम्बुवान जिल्ला अध्यक्ष अमर इजम लिम्बु, जिल्ला सचिव निर्मल राईले प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन । राजा महेन्द्रले लिम्बुवा

    • प्रकाशित मितिः साउन २२, २०७७
    • ६,५७४ पटक पढिएको
    • छाल खबर
  • वैंक कर्मचारीद्धारा विस सेवन गरी आत्महत्या

    छाल खवर विराटनग,२१ साउन ः सनराईज बैँक विराटनगरमा कार्यरत एक युवतिले आफ्नै कार्यालयमा विष सेवन गरी आत्महत्या गरेकीछिन् । ऋण शाखामा कार्यरत ती कर्मचारीले मुसाको विष खाएर आत्महत्या गरेकी हुन । मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार आत्महत्या गर्नेमा विराटनगर ८ की ३० वर्षीया सनाज खतिवडा रहेकीछिन् । । प्रहरीका अनुसार मृतक खतिवडा कर्जा शाखामा कार्यरत थिइन् । प्रहरीका अनुसार उनले लुवान नामको विषय खाएको प्रष्ट भएको छ । घटनाको प्रकृती हेर्दा विषय खाएको देखिएको र बैँकको सिसि टिभी फुुटेज निकालेर थप अनुसन्धान सुरु गरेको खड्काले जानकारी दिएका छन् । मृतक खतिवडाको हातमा चोट देखिनुका साथै रगत बगेको देख

    • प्रकाशित मितिः साउन २१, २०७७
    • ६६४ पटक पढिएको
    • छाल खबर
  • सभाभुखद्वारा बकर ईदको शुभकामना

    छाल खवर धरान,१७ साउन ः प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद–उल–(बकर ईद) को अवसरमा शुभकामना दिनुभएको छ । सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली मुस्लिम समुदायहरुमा सुख शान्ति सुस्वास्थ्य दिर्धायु एवंम् प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको छ । ‘इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिन, इस्लामिक पात्रोको १२ औं तथा अन्तिम महिना ‘जुल हिज्जाह’ को १० औँ दिनमा मनाइने बलिदानी पर्वको रुपमा लिइने यस पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावनालाई अझ मजबुत बनाउदै लाने विश्वास व्यक्त गर्नु

    • प्रकाशित मितिः साउन १७, २०७७
    • १,४२५ पटक पढिएको
    • छाल खबर
  • उपसचिव प्रेम सञ्जेल माथि महिलाद्धारा कुटपिट

    छाल खवर धरान,१७ साउन ः आफुलाई सरुवा गरेको विषयमा सरकारको विरोध गरेर सामाजिक सञ्जालबाट चर्चा कमाएका वरिष्ट उपसचिव प्रेमप्रसाद सञ्जेल माथि कुटपिट भएको छ । श्रम कार्यालय विराटनगरमा कार्यरत वरिष्ठ उपसचिव प्रेमप्रसाद सञ्जेल माथि आफ्नै कार्यालयका २ महिला कर्मचारीले कुटपिट गरेका थिए ।उनलाई आफ्नै कार्यलयका २ सहयोगी महिला कर्मचारीले कुटपिट गरेको कार्यालयले जनाएको छ । सो विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले सञ्जेलमाथि कुटपिट भएको पुष्टि गर्दै कुटपिट हुनुको कारण यकिन नभएको बताए । सञ्जेलले आफूमाथि हातपात भएको विषयमा जानकारी गराएपछि प्रहरी पठाएको र घटनाको वारेमा जानकारी लिदा कार्यालय

    • प्रकाशित मितिः साउन १७, २०७७
    • ८१९ पटक पढिएको
    • छाल खबर
  • विराटनगरमा १४ दिनका लागि लकडाउन घोषणा

    छाल खवर धरान,१६ साउन ःसाउन पहिलो साताबाट मुलुकभर लकडाउन अन्त्यको घोषणा गरेपनि कोरोनाको जोखिम हुन थालेपछि स्थानीय क्षेत्रको अवस्था हेरेर पुर्न लकडाउन शुरु हुन थालेको छ । समुदायमा कोरोना फैलिएको आशंका हुन थालेपछि विराटनगर महानगरपालिकाले १४ दिनका लागि शुक्रवार लकडाउन घोषणा गरेको छ । महानगरपालिकाकी उपमेयर इन्दीरा कार्कीका अनुसार कोरोना सँक्रमणको जोखिम उच्च रहेको भन्दै यसलाइ नियन्त्रण गर्न लकडाउन मात्र विकल्प रहेको ठहर गर्दै लकडाउन शुरु गरीएको हो । विराटनगरमा पछिल्लो समय समुदायस्तरमा नै संक्रमण फैलिएको आशंका गरिएको छ । ट्राभल हिष्ट्री नभएका व्यक्तिहरुलाई पनि संक्रमण पुष्टि भइरहेको छ । विराटनगर म

    • प्रकाशित मितिः साउन १६, २०७७
    • ७३६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic