छाल खवर धरान,२२ साउन ः लक डाउनको कारण स्थगित गरीएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो मितिमा पनि सारिएपछिको विवाद समाधान गर्नको लागि ६ सदस्यीय समिति गठन भएको छ । बुधवार भएको कार्यसमिति वैठकले चुनाबको मोडालिटी तय गर्न ६ सदस्यीय समिति गठन गरेको छ । गत चैत २८ र २९ गतेका लागि तय गरीएको निर्वाचन कोरोना महामारीका कारण स्थगित भएको थियो ।त्यसपछि दोस्रो चरणको मिति साउन २६ र २७ गते तय गरीएकोमा पुर्नस्थगित गरीएको थियो । दोस्रो चरणको निर्वाचन स्थगितको विषयमा भने वरिष्ठ उपाध्यक्षको उम्मेद्वार रहनु भएका चन्द्र ढकालको पक्षले भने असन्तुष्टि जनाएको थियो । बुधवारको वैठकले चुनाबको मोडालिटी तयार ग
छाल खवर काठमाडौ,२० साउन ः नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले बरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्र ढकाल समुहको दबाब पछि साउन २१ गतेलाई कार्यसमिति बैठक बोलाएकी छन् । महासंघका एक चौथाई सदस्यहरुले दबाब दिए पछि राणा बैठक बोलाउनका लागि बाध्य भएकी हुन् । महासंघको यहि २६ र २७ गते हुने भनिभएको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन अध्यक्ष राणा तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान पक्षले स्थगित गरेपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल पक्षले ७ दिनभित्र कार्यसमिति बैंठक बोलाउन माग गर्दै २२ जना सदस्यको हस्ताक्षर सहित निवेदन दर्ता गराएका थिए । आगामी बैठकमा राणाले आफ्ना कार्यकालभरी भए
छाल खवर काठमाडौं,२० साउनः नेकपा एमाले दर्ता भएको करिव एक महिना पुग्न नपाउदै पूर्व माओवादी केन्द्रका सचिवालय सदस्यले पुर्न अर्को पार्टी गठनको घोषणा गरेकाछन् । पूर्व माओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीले आफ्नो नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा गरेकाछन् । रफत सञ्चार क्लब भक्तपुरमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेकोले नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको नव गठित पार्टीका संयोक जिसीले वताएकाछन् । पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी
छाल खवर धरान,१७ साउन ः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वारम्वार वढाउदै आएको छ । यो वा त्यो वाहानामा मुल्य बढाउदै आएको छ नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवत्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्य वृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।अगष्ट एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल
छाल खवर काठमाडौँ,१६ साउन ः सर्वोच्च अदालतले लकडाउनमा घर भाडा तिर्न नसके पनि व्यवसाय र बसोबासका लागि भाडामा बसेकाहरुलाई ननिकाल्न आदेश दिएको छ। कोरोना भाइरसको संक्रमण रोक्नका लागि लगाइएको लकडाउनको समयको भाडाको विषयलाई लिएर भाडावालालाई ननिकाल्न आदेश दिएको हो । ओबिसी महासंघको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले लक डाउनका कारण पेशा व्यवसाय नचल्दा घर भाडा तिर्न नसकेकाहरुलाई घरबाट निकाल्ने, हैरानी दिने जस्ता काम नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘घरबहालमा बसेका व्यक्तिहरुल
छाल खवर काठमाडौँ – यतिवेला बैंकहरुले विभिन्न योजनाहरु लिएर ग्राहकहरुका विचमा लान थालेकाछन् ।सोही क्रममा सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा )योजना अघि सारेको छ । बैंकका अनुसार घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० वार्षिक ब्याजदरमा नै जग्गा र घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सकिनेछ । कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको बैंकको भनाई रहेको छ ।यो कर्जाका लागि ग्राहकहरुले कागजात पेश गरेको तीन कार्य दिन भित्र निर्णय हुन
भोला श्रेष्ठसाउन,१४ काठमाडौं ः यतिवेला नेपाली राजनीतिमा सुनिल बहादुर थापाको पार्टी प्रवेशको समाचारले प्राथमिकता पाएको छ । सर्वै मिडियामा उनको समाचारले स्थान पाउन सफल भयो । उनले वावुको विरासतको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदबाट राजीनामा मात्र गरेनन् ३१ जना केन्द्रीय सदस्यको नेतृत्व गर्दै मंगलवार नेपाली कांग्रेस पार्टीमा तामाझामका साथ प्रवेश गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापाले २०१० सालताका बुबा सूर्यबहादुर थापा मोरङ कांग्रेसको कोषाध्यक्ष र त्यसपछि धनकुटाको जिल्ला सभापति भएको स्मरण समेत गर्न भ्याएका थिए । थ
छाल खवर साउन,१३ काठमाडौं ः नीति निर्माण गर्न गएकाहरु नै सामाजिक सञ्जालमा व्यस्त बन्न थालेपछि संघीय संसद सचिवालयमा अव फेसवुक र युट्युबसंगै सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने व्यवस्था गरीएको छ । युट्युब र फेसबुक प्रयोगकर्ताहरु अत्याधिक रहेको र सो कारण अन्य कामको लागि इन्टरनेटको गति सुस्त भएकाले सो व्यवस्था गरीएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको हो ।सचिवालयको सूचना प्रविधि शाखाका कम्युटर अधिकृत जगदिश न्यौपानेले काममा इन्टरनेटले ढिला गरेकोले सो कार्य गर्न वाध्य भएको वताए । उनका अनुसार मंगलबारदेखि संसद सचिवालयको सर्भरमा
छाल खवर साउन,१३ काठमाडौं ः समुदायमा कोरोना फैलिएको व्यपाक हल्ला चलिरहेको ेवेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना समुदाय स्तरमा नफैलिएको दावी गरेको छ । कोरोना नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना समुदायमा नफैलिएको बताएका हुन्। प्रवक्ता गौतमले देशमा एकै ठाउँमा धेरै संक्रमण फैलिएकोले समुदायमा कोराना फैलेको कुरा बाहिर आएको हो र हालसम्म नेपालमा समुदायमा कोरोना संक्रमण भएको प्रमाणित नभएको दावी समेत गरेकाछन् । भाइरसको फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपालमा ठाउँ विशेषमा कोभिड–१९ केस भएको मुलुकको सूचीमा राखेको जानकारी गराए। साउन ७ गते
छाल खवर काठमाडौँ,१३ साउन ः राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा पुनः रमेश सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले खुला प्रतिस्पर्धाबाट चयन गर्दै निवर्तमान सदस्य सचिव सिलवाललाई पुनः नियुक्त गरेको हो । यससँगै सिलवाल लगातार दोस्रो पटक राखेपको सदस्य सचिव हुने पहिलो व्यक्ति बनेका छन् । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् । पहिलो पटक राखेपको सदस्य सचिव खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । यसअघि खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले सोझै नियुक्त गर्थ्यो । हालैमात्रै कार्यान्वयनमा आएको राष्ट्रिय खेलकूद विकास ऐन २०७७ मा राखेपको सदस्य सचिव खुल्ला प्रतिस्पर्धा
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic