अर्थ

    Showing १५१-१६० of १७५ items.
  • सिटिजन्सको ९.५० वार्षिक ब्याजदरमा एसएमई कर्जा तथा घर कर्जा

    छाल खवर काठमाडौँ – यतिवेला बैंकहरुले विभिन्न योजनाहरु लिएर ग्राहकहरुका विचमा लान थालेकाछन् ।सोही क्रममा सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा )योजना अघि सारेको छ । बैंकका अनुसार घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० वार्षिक ब्याजदरमा नै जग्गा र घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सकिनेछ । कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको बैंकको भनाई रहेको छ ।यो कर्जाका लागि ग्राहकहरुले कागजात पेश गरेको तीन कार्य दिन भित्र निर्णय हुन

    • प्रकाशित मितिः साउन १५, २०७७
    • ३२१ पटक पढिएको
    • छाल खबर
  • अमेरिकाकाको सहयोगमा सुनसरीको मधुवनमा राहत वितरण

    धरान, १५ साउनः अमेरिकामा रहेका नेपाली सामाजिक अभियन्ताहरुले सुनसरीको तत्कालीन मधुवन हाल वराहक्षेत्र नगरपालिका वडा नं. ११ मा कोरोना पीडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरणमा सहयोग गरेका छन् । अमेरिकामा बसेर समाज सेवा गर्दै आएका छिरिङ राप्के लामा (न्यूयोर्क) र विजय बस्नेत (टेक्सास) तथा घ्यालसुम्दो सेवा संस्था न्यूयोर्क, अमेरिकाको विशेष सहयोग र ग्रामिण क्लब हाउस इटहरी सुनसरीको आयोजनामा मधुवनका कोरोना पिडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो । अमेरिकामा बस्ने सहयोगीहरु इन्दु राई, सुख राई, रिना राई, गगन राई, यशोधा राई, विशाल राई, रवि गिरी, दिकेश श्रेष्ठ, पशुपति पाण्डे

    • प्रकाशित मितिः साउन १५, २०७७
    • ७३३ पटक पढिएको
    • छाल खबर
  • धरानको पालिका बजारमा आगलागि

    छाल खवरधरान,१२ साउनः धरान ३ स्थित पालिका तरकारी बजारमा सोमवार विहान भएको आगलागीबाट ११ वटा पसल नष्ट भएको छ । बिहान करिब ५ बजे भएको उक्त आगलागिका कारण लाखौको क्षति भएको अनुमान गरिएको छ । आगलागिले बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको लाइनमा पूर्ण रुपमा क्षति पु¥याएको छ । फलफुल कस्मेटिक सामान जलेर नष्ट भएको स्थानीयवासीले वताएकाछन् । आगलागीको कारण भने खुल्न बाँकी छ ।धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले आगो नियन्त्रण रुपमा नियन्त्रणमा लिएका छन् ।    

    • प्रकाशित मितिः साउन १२, २०७७
    • २२९ पटक पढिएको
    • छाल खबर
  • महासंघको निर्वाचन रोकिएकोमा चन्द्र ढकाल प्यानलको असन्तुष्टि

    छाल खवर साउन,१० काठमाडौँ ःनेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा एवं निर्वाचन स्थगित भएकामा एउटा समूहले असन्तुष्टि जनाएको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाललगायतको समूहले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी साधारणसभा स्थगित भएकामा असन्तुष्टि जनाएको हो । कार्यसमितिको बैठकले अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै सो समूहले असन्तुष्टि जनाएको हो । महासङ्घको पूर्वअध्यक्षसहितको बिहीबारको बैठकले सरकारले सभा सम्मेलन गर्न पाउने गरी निर्णय गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय गरेको थियो । महासङ्घका उपाध्यक्षसमेत रहेका ढकालले साधा

    • प्रकाशित मितिः साउन १०, २०७७
    • ५७४ पटक पढिएको
    • छाल खबर
  • सभामुखद्वारा धरान १३ स्वस्तिका मार्गको उद्घाटन

    छाल खवर धरान,७ साउन ःस्थानीय तह ,प्रदेश र संघ मिलेर नै समग्र धरान र यसको बिकासको लागि जनतासङ्ग हातेमालो गर्दै अघि बढ्नुपर्ने १ न.का प्रदेशका सभामुख प्रदिप कुमार भण्डारीले वताउनु भएको छ । धरान १३ स्थित स्वस्तिका मार्ग कालोपत्रे सडकको विहिवार उद्घाटन गर्दै सो कुरा वताउनु भएको हो । आर्थिक बर्ष २०७६र ७७को वडागत बजेटबाट ६० प्रतिशत ३० लाख र जनसभागिताको ४० प्रतिशत अर्थात १९ लाख ६६ हजार ९३३ लगानीबाट निर्मित सडकको बिहिबार सभामुख भण्डारीबाट उद्घाटन गर्नुभएको थियो । सभामुख भण्डारीले सडक बनाए पछि त्यसको सरक्षण पनि उपभोक्ताहरु आफैले गर्नुपर्ने बताउनु भयो । उहाले सडक वनाउनु भन्दा त्यसको संरक्षण महत्वपूर्ण

    • प्रकाशित मितिः साउन ८, २०७७
    • ९३७ पटक पढिएको
    • छाल खबर
  • उद्योग बाणिज्य महासंघमा सक्षम नेतृत्वको खाँचो छ ढकाल

    छाल खवरकाठमाडौं,६ साउन ः व्यवसायिहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनाबी चटारोले छोएको छ । यही साउन २६ र २७ गते हुने महाधिवेशनमा उपाध्यक्ष लगायत सवै पदको लागि समूह नै बनाएर दुइ समूह चुनावी मैदानमा होमिएकाछन् । एउटा समूहको नेतृत्व वर्तमान उपाध्यक्ष चन्द्र ढकालले गरेकाछन् भने अर्को समूहको नेतृत्व किशोर प्रधानले गरेकछन् ।आ आफ्नो समूह बनाएर चुनावी मैदानमा होमिएपनि वरिष्ठ उपाध्यक्षका उम्मेदवाहरुले व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा साझा धारण वनाएकाछन् । महासंघको यही साउन २६ र २७ गते महाधिवेशन हुँदैछ । महाधिवेशनुनावले नयाँ नेतृत्व चयन गर्नेछ ।महासंघको विधानमा वरिष्ठ उपाध

    • प्रकाशित मितिः साउन ६, २०७७
    • ४९३ पटक पढिएको
    • छाल खबर
  • शिक्षण अस्पतालको खाताबाटै हरायो साढे १६ करोड

    साउन ४ काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ। बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। तत्कालीन ग्लोबल बैंकमा २ करोड ६४ लाख ३८ हजार ऋणात्मक मौज्दात देखाएकोमा बैंक विवरण

    • प्रकाशित मितिः साउन ५, २०७७
    • २५१ पटक पढिएको
    • छाल खबर
  • ३ वटा चमत्कारीक योजनाबाट आकर्षण गर्न खोज्दै एनआइसि एसिया बैंक

    छाल खवर साउन,२ धरान ः पछिल्लो समय एनआईसी एसिया बैंकप्रति सेवाग्राहीको वितृष्णा बढन थालेपछि आर्कषण गर्नका लागि विभिन्न योजना सञ्चालन गर्न थालेको छ । बैकले सेवाग्राहीलाई आफूतिर तान्नका लागि समय समयमा योजनाहरु ल्याउने गरेको छ । त्यसक्रममा बैंकले ३ चमत्कारिक कर्जा योजना सार्वजनिक गरेको छ । एनआईसी एसिया बैंक धरान शाखा कार्यालयमा पत्रकार सम्मेलन गरेर बैकले आफ्नो योजनाका वारेमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नयाँ योजनाहरुमा सुपर चमत्कारिक घर कर्जा ,सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा रहेको छ । बैंकले लकडाउनको मारमा परेका सेवाग्राहीहरुलाई बैङकिङ

    • प्रकाशित मितिः साउन २, २०७७
    • १३,८९० पटक पढिएको
    • छाल खबर
  • इटहरीका लेखा अधिकृत अख्तियारको फन्दामा

    छाल खवरधरान,१ साउन ः भ्रष्टाचारलाई वाहिर नल्याउन नदिन कसिलो जालो स्थानीय निकायमा भने अव त्यस्ता कुरामो पर्दाफास हुन थालेकाछन् । समायोजनबाट नगरपालिकामा आएका इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।इटहरीस्थित वीपी चोकको एक चिया पसलबाट लेखा अधिकृत विकास पोखरेललाई घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको हो । उनको साथबाट ६५ हजार घुस लिएको रकम पनि वरामद भएको अख्तियार श्रोतले जनाएको छ ।उनको वारेमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।    

    • प्रकाशित मितिः साउन १, २०७७
    • १९४ पटक पढिएको
    • छाल खबर
  • खानेपानी आयोजना जिम्मा लिन नेकपाले ब्ल्याक मेलिङ गरेको कांग्रेस सचिवको आरोप

    छाल खवर असार, २७ धरान ःखानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थान धरान शाखालाई गाभ्नको लागि नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरिरहेको नेपाली कांग्रेसका जिल्ला सचिव एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले आरोप लगाएकाछन् ।नगर प्रमुख तिलक राईको नाममा बेरुजु भएको भन्दै आयोजना जिम्मा लिन र संस्थानलाई बोर्डमा गाभ्न कार्यपालिका र नगर परिषद वहिष्कार गरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाए । दुईतिहाईको दम्भमा नेकपाका जनप्रतिनिधिहरुले आफैले विज्ञको समिति बनाई आयोजनाको मूल्यांकन तथा प्राविधिक र आर्थिक परीक्षण गर्ने र विज्ञको प्रतिवेदनको आधारमा आवश्यक नि

    • प्रकाशित मितिः असार २८, २०७७
    • ७४४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic