छाल खवर धरान,९ वैशाख ः नेवार एकता समाज महिला समितिद्धारा एक दिने संस्थागत विकास अभिमुखिकरण तालिम सम्पन्न भएको छ । रेडक्रस भवनमा आयोजित कार्यक्रममा भएको सो कार्यक्रममा १३ जना महिला सहभागी रहेका थिए । संस्थागत विकास र संस्था भित्र कसरी सफल संगठन र संस्थालाई कसरी चलाएमान वनाउने भन्ने विषयमा तालिम दिइएको प्रशिक्षक मोहन श्रेष्ठले जानकारी दिएकाछन् । नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले संस्थालाई अघि वढाउने कुरामा महिलाको महत्वपूर्ण भूमिका हुने भएकोेले महिलाले हरेक कुरामा अग्रसर भएर अघि वढन आग्रह गरेका थिए । महिला समितिकी अध्यक्ष विद्या शाक्यले प्रशिक्षण उपलव्धी मुलक भएको वताइन । महिला सम
छाल खवर धरान,९ वैशाखः धरान उपमहानगर पालिका वडा न।–१ को आयोजनामा शनिबारका दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजना र छाताचोक टोल विकास संस्थाको संयोजनामा रक्तदान कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको टोल विकास संस्थाका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिएकाछन् । विरामीहरुका लागि रगतको अभाव नहोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
छाल खवर धरान,७ वैशाखः सिटिजन्स् बैंक इन्टरनेसनल लि. धरान शाखाले बैंकको १६ औं वार्षिक उत्सवका अवसरमा विहिवार निःशुल्क स्थास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले विराट मेडिकल सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क स्थास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो । धरान १७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको भवनमा आयोजित कार्यक्रममा १५० जनाले स्त्रीरोग, नाक÷कान÷घाटी, जनरल मेडिसिन विभागसँग सेवा तथा परामर्श लिएकाछन् भने सुगर, प्रेशर तथा रगत परिक्षण गराएको धरान शाखा प्रमुख तोर्ण बहादुर कार्कीले जानकारी दिएकाछन् । कार्यक्रममा वैंकका कोशी प्रदेश प्रमुख प्र
छाल खवर धरान,२६ चैतः हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशनले मोहन कुमार हुक्पाचोङवाङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । शनिवार धरानमा भएको तेस्रो अधिवेशनले मोहनकुमार हुक्पाचोङवाङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको तीन उपाध्यक्षहरुमा मदनकुमार हुक्पाचोङवाङ,गजेन्द्र हुक्पाचोङवाङ, सन्तोष हुक्पाचोङवाङ चयन भएकाछन् ।त्यसैगरी अधिवेशनले महासचिवमा भगत हुक्पाचोङवाङलाई चयन गरेको छ । सचिवत्रयमा देवराज हुक्पाचोङवाङ,अशोक हुक्पाचोङवाङ र सन्तोष हुक्पाचोङवाङालई चयन गरेको छ ।कोषाध्यक्षमा मान बहादुर हुक्पाचोङवाङलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सुकमाया हुक्पाचोङवाङ,द
छाल खवर धरान,२५ चैत ः हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशन धरानमा सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा शनिबार धरान १४ स्थित हुक्पा चोङवाङ पार्कमा अधिवेशनमा सम्पन्न भएको हो । उपप्रमुख बेघाले च्याब्रुङ बजाएर कार्यक्रमको समुदघाटन गर्दै चोङवाङ प्रतिभा र सृजनाका फुलहरु पुस्तक बिमोचन समेत गरेका थिए । चोङवाङ समाजले बंशज उत्थानको कार्य गर्दे कठिन परिस्थीतिमा पनि सामाजिक कार्यमा योगदान गरेको भन्दै अझै निरन्तरताको कामना गरेका थिए । कल्याण संघले फेदाङ गाउपालिकामा ८ आना जग्गा प्रदान गर्ने जग्गादाता मान बहादुर रेग्मीलाई लगायत धरान १४ बिज
छाल खवरधरान,१७ चैत ः नेवार एकता समाज केन्द्रीय समितिले आफ्नो वार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । समाजले विहिवार धरानमा पत्रकार सम्मेलन गर्दै आफ्नो वार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको हो । समाजका अध्यक्ष महेश श्रेष्ठले समाजले पहिलो चरणमा बालबालिका तथा किशोर, किशोरी विकाश सम्बन्धी सङ्घ, संस्थाहरूसँग समन्वय गरेर विद्यालय तथा जनस्तरमा जनचेतना मूलक कार्यक्रम गर्नेकार्यक्रम तय भएको जानकारी दिएकाछन् । विपन्न तथा असहाय उच्चशिक्षा अध्ययन अध्ययनबाट वञ्चित युवा, बालबालिकालाई अध्ययन गर्ने व्यवस्था तथा बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावकलाई अभिप्रेरित गर्ने अभियान सञ्चालन गर्नेछ ।
जसकुमार राई कम्यूनिष्ट पार्टी भित्रका इतिहास खोकु छिन्ताङ र आँखिसल्ला (२०३६) र इलामका रत्नकुमार वान्तावा (२०३५) को ऐतिहासिक दस्तावेजमा खोज्नेक्रममा फेला परेका दुई ऐतिहासिक पात्रहरु अहिले धरानमा छन् । दुबैलाई आमने सामने देख्न पाए अनि उनीहरुको एक अर्कामा भएको ऐतिहासिकताको पुर्नपुष्टी भनौ वा नयाँ पुस्तामा प्रत्यक्ष साझा गर्न पाए । इतिहासले जहिले बर्तमानलाई निर्देशन गरिरहने अनि इतिहासले भविष्यलाई पनि गज्जबले प्रभाव पार्ने हैसियत राख्ने हुनाले यहाँ परदेश बसेर पनि घरदेशको सम्झनामा केही लेख्न मनलाग्यो । यी दुई पात्र हुन कवि बम देवान अनि नेता शुशिला श्रेष्ठ । श्रेष्ठ जनता समाजबादी पार्टीबाट प्र
छाल खवर पोखरा,४ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा जग्गा मिल्नेगरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सो आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलई १५ हजार घुस लिइसकेको अवस्थामा वडा नम्बर १४ चाउथेबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
छाल खवर धरान,२७ फागुन ः दिव्यज्योति टोल बिकास संस्थाको आयोजनामा धरानमा धरान–९ मा सरसफाई अभियान जारी रहेको छ । संस्थाको आयोजनामा हरेक शनिवार टोल टोलमा सरसफाई अभियान जारी रहेको हो । संस्थाले २७ शनिवार पनि अभियानलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष सुमन श्रेष्ठले वताए । उनका अनुसार शनिवारको सरसफाइ अभियानमा धरान ९ बगैंचा चोक, देबकोटा पथहुदै डा. ज्ञान ब. श्रेष्ठको घर अगाडीसम्म सरसफाई गरीएको हो । अभियानमा धरान–९ का कार्यबाहक अध्यक्ष कृष्ण कार्किले अगुुवाई गरेका थिए भने अन्य वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । उक्त अभियानमा धरानको बिष्णु मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी
छाल खवर धरान,१६ फागुन ःधरान मदिरा व्यवसायी संघको अध्यक्षमा लिल कुमार माझी निर्वाचित भएका छन् । संघको ९ औ साधारण सभाबाट अध्यक्ष पदमा लील कुमार माझी निर्वाचित भएका हुन् । धरान–१६ स्थित गुरुङ बिबिक्युमा सोमबार आयोजित ९ औ साधारण सभाबाट माझी अध्यक्षमा सर्वसम्मत छानिएका हुन । यसैगरी संघको उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस प्रदिप कुमार श्रेष्ठ , जीवन शाही ,निमेश अग्रवाल ,गणेश पौडेल निर्वाचत भएका छन् । त्यस्तै सदस्यहरुमा हरिकृष्ण श्रेष्ठ ,लोक बहादुर श्रेष्ठ ,सन्तोष कार्की ,प्रबिण राई र लपुजन राई रहेका छन । निवर्तमान अध्यक्ष नविन कुमार तामाङको अध्यक्षता सम्पन्न साधारण सभाका
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic