समाज

    Showing १३१-१४० of ४०७ items.
  • धरान क्षेत्रभरी जिल्ला प्रशासन कार्यालयद्धारा निषेधाज्ञा जारी

    छाल खवरधरान,८ भदौं ः धरानमा विगत केही दिनदेखि चर्किदै गएको धार्मिक तथा साम्प्रादायिक विवाद अन्तत निषेधाज्ञा जारी हुने अवस्थासम्म पुगेको छ । धार्मिक, साम्प्रदायिक विवादले एक पछि अर्को गरेर सद्भाव खलबलिने स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालयले आज मध्यरातीदेखि लागु हुने गरि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्थासम्म पुगेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुचना जारी गरी शुक्रवार राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेकी जनाएकीछिन । सो समयभित्र धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषे

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • २,४१९ पटक पढिएको
    • छाल खबर
  • फिजिकल ट्रेनिङ एशोसिएशन क्षेत्रीय समितीको अध्यक्षमा देवेन्द्र लिम्बु

    छाल खवर धरान,४ भाद्रः नेपाल फिजिकल ट्रेनिङ एशोसिएशन (एनपिटिए)क्षेत्रीय कार्यसमिती धरानको पाँचौ अधिवेशनबाट देवेन्द्र लिम्वु अध्यक्ष पदमा निर्वाचित भएकाछन् । आईतवार सम्पन्न साधारणसभाबाट लिम्बु अध्यक्ष पदमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्ष गणेश चौहान,सचिव सन्तोष राई , सह –सचिव संजिव राई ,कोषाध्यक्ष सन्तोष राई ९बसन्त० रहेका छन् त्यसैगरी सदस्यहरुमा सुनिल राई,सुर्या बहादर तामाङ,किसन राई, मदन तामाङ, ईन्द्र इधिङ्गो ,सुरेश पन्धाक,तेज कुमार राई ,पारुहाङ तुम्बाम्फे रहेका छन । २ महिला सञ्चारकर्मी सम्मानित एशोसिएशनको आठौ बार्षिक साधारणसभाको अवसरमा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरि

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ३,४४५ पटक पढिएको
    • छाल खबर
  • नागपञ्चमी नागको पूजा, आराधना गरी मनाइँदै

    रासस काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसा

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १,७२४ पटक पढिएको
    • छाल खबर
  • फिजिकल ट्रेनिक सेन्टरद्धारा क्लललाई सहयोग

    छाल खवर धरान,२ भदौं ः नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन प्रदेश समिति धरानले नव निर्मित युवा क्लवलाई भौतिक सामाग्री सहयोग गरेको छ । धरान–२० स्थित वाघखोप स्थित सुलिकोट मार्गमा रहेको क्लवलाई समितिले विभिन्न भौतिक सामाग्री सहयोग गरेको हो । क्लवलाई समितिले ३ थान टेवल, २ थान तपेश,आरी ५ थान बाल्टी २ थान, पानी राख्नको लागि ३ सय लिटर क्षमताको हिलटेक, २ थान त्रिपाल सहयोग गरेको समितिका सचिव विमान तामाङले जानकारी दिएकाछन् । तामाङका अनुसार क्लवलाई ४० हजार भन्दामाथिको सामाग्री सहयोग गरीएकोे हो । संस्थाले विगत वर्षहरुमा पनि विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यहरु गर

    • प्रकाशित मितिः भदौ २, २०८०
    • १,५९४ पटक पढिएको
    • छाल खबर
  • विपन्न परिवारलाई प्रहरी श्रीमतीसंघद्धारा झुुल वितरण

    छाल खवर धरान,३० साउन ः नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले डेङ्गु प्रभावितहरुको निम्ति धरानमा झुल सहित लामखुट्टेका टोकाईबाट वच्नको लागि अन्य सामाग्रीहरु वितरण गरेको छ । संघले धरान १७ का अति विपन्न परिवारलाई सामाग्री वितरण गरेको हो । वडा सचिव शिशिर श्रेष्ठले १सय ७० घर परिवारलाई झुल वितरण गरिएको वताए । उनका अनुसार वडाको हरेक टोल विकास संस्थाले सीमान्तकृत समुदायको नामावाली पठाएको आधारमा एक घर एक झुल वितरण गरिएको हो । धरान १७ नम्बर वडा अति डेङ्गु प्रभावित वडा भएकाले पनि वडावासीलाई झुल,लामखुट्टे धपाउने धुप र मल्हम प्रदान गरिएको संघका सचिव नेपालले बताइन । वडा कार्यालयका अनुसार पहिलो चरण कार्

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • ३,५६५ पटक पढिएको
    • छाल खबर
  • चुम्लुङको धरान नगर अध्यक्षमा तीर्थ मादेम्बा निर्वाचित

    छाल खवर धरान,२८ साउन ः किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समिति नवौ नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा तीर्थ मादेम्बाको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षका अर्का प्रत्याशी रिता खापुङले उम्मेदवारी फिर्ता लिएपछि मादेम्बा सर्वसम्मत निर्वाचित भएका थिए । नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा ललिता नेम्वाङ, सचिवमा बालकृष्ण सिंगक, सहसचिवमा बेलकुमारी लिम्बु, कोषाध्यक्षमा लेखमान आवजुङ निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा सुमित्रा लिम्बु, होमन्त लिम्बु, आहा मचा लिम्बु, भरत लिम्बु, अम्बरबहादुर लाबुङ, पवित्र हुम्पाचोङबाङ छन् । त्यसैगरी प्रमील

    • प्रकाशित मितिः साउन २८, २०८०
    • १४,०७५ पटक पढिएको
    • छाल खबर
  • ३ नं वडा कार्यालयद्धारा रक्तदान

    छाल खवर धरान,२७ साउन ः धरानमा डेंङ्गु महामारीका कारण रगतको अभाव भएपछि धरान उपमहानगरपालिका ३ वडा कार्यालयले रक्तदान कार्यक्रम संचालन गरेको छ । शनिवार आयोजना गरीएको रक्तदान कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको कार्यक्रम सयोजक तथा वडा सदस्य मिङ्मा भोटे जानकारी दिए । डेङ्गु महामारिले आक्रान्त धरानमा संक्रमितलाई रगत चाहिने हुदा बिपिमा समेत रगत अभाव भएको हुदा बिरामीलाई रगत अभाव हुन नदिन रेड्क्रसको अनुरोधमा रक्तदान कार्यक्रम गरेको सयोजक भोटेले बताए । डेङ्गु रोकथाम र नियन्त्रणका वडा नम्बर ३ ले सशक्त रूपमा डेङगु नियन्त्रण गर्न औसधि धुवाँ र लार्भा नष्ट गर्न सर्च एण्ड डिस्ट्रोईड कार्यक्रम गरेको संयोजक

    • प्रकाशित मितिः साउन २७, २०८०
    • ४,८५७ पटक पढिएको
    • छाल खबर
  • जातीय विभेद विरुद्ध धरानमा दलितहरुको खवरदारी

    छाल खवर धरान,१४ साउनः जातीय विभेद विरुद्ध धरानमा दलित अधिकारकर्मीहरुले खवरदारी गर्दै बझाङ जिल्लाका दलित माथि गरेको अन्यायलाई राज्यले न्याय नदिएको खण्डमा देश व्यापी रुपमा आन्दोलन गर्ने चेतावानी दिएका छन् । भानुचौकमा दोषी उपचार कार्वाही नगरिए र पीडितलाई न्याय नदिए देशैभरका दलितहरु आन्दोलित हुने चेतावानी दिएका हुन् । कोण सभा कार्यक्रममा प्रमुख वक्ताको रुपमा वोल्दै दलित अधिकारकर्मी तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवम् सिल्पी विशेष समितीका सह–संयोजक दल मर्दन कामीले बझाङमा भएको दलित माथि गरिएको घट्नाले देशैभरका दलितहरु सहेर नवस्ने र पीडितलाई न्याय दिनको लागि देशैभरका दलितहरु

    • प्रकाशित मितिः साउन १४, २०८०
    • २५८ पटक पढिएको
    • छाल खबर
  • ज्यादति गरे प्रतिवाद गर्ने संघर्ष समितिको हर्क साम्पाङलाई चेतावनि

    छाल खवर धरान,११ साउन ः यतिवेला धरान– ४ स्थित छोटी मोरङ क्षेत्रको जग्गामा विवाद तिव्र रुपमा वढन थालेको छ । धरान नगरपालिकाका नगर प्रमुख हर्कराज राईले सर्दु जलाधारको जग्गा भन्दै व्यक्तिको नाममा रहेको जग्गामा विरुवा रोपेपछि विवाद शुरु भएको हो धरान– ४ छोटी मोरङमा दुई साता अघि मेयर साम्पाङले आफ्ना केही समर्थकको साथमा गएर धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीको स्काई एन्भेचर प्रालिको नामबाट सञ्चालन गरेको प्लाराग्लाइडिङ उडान गर्ने स्थानमा वृक्षरोपण गरेपछि विवाद चर्किएको हो । सर्दुजलाधार क्षेत्रमा भएको जग्गा भएपनि अदालतको फैशलाको पूर्ण पाठ आइसकेको अवस्थामा शनिवार रोजिना अधिकारी र मथुरा

    • प्रकाशित मितिः साउन ११, २०८०
    • २,४२७ पटक पढिएको
    • छाल खबर
  • नगरपालिका कर्मचारी नियुक्तिमा जनप्रतिनिधिवीच भागवण्डा

    छाल खवर धरान,११ साउनः धरान नगरपालिकाद्धारा केही दिन अघि प्रकाशन गरेको कर्मचारी विज्ञापनमा जनप्रतिनिधिवीच भागवण्डा रहेको वुझीएको छ । धरान नगरपालिकाद्धारा आव्हान गरीएको २७ जना कर्मचारीको विज्ञापनमा जनप्रतिनिधिहरुवीच भागवण्डामा मिलेमते गरीएको हो । नगरपालिकाले केही दिन अघि ६ जना नगर प्रहरी, १५ जना सरसफाई कर्मचारी,३ जना मालि र २ जना सुरक्षा गार्डको लागि आवेदन माग गरेको थियो । जसमा नगरप्रमुख हर्कराज राई र उपमेयर अइन्द्र विक्रम वेघा र केही वडाध्यक्षहरुमा भागवण्डामो मिलेमतो भएको स्रोतको दावी रहेको छ । पार्टीका केही कार्यकर्ताले योग्य दक्ष र विपन्न परिवारका सदस्यका लागि सिफारिस गर्दा उपमेयर वेघाले

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ११,३०४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic