समाज

    Showing ३३१-३४० of ४०७ items.
  • छठ पर्वको मुख्य दिन आज, यस्तो छ ब्रत विधि

    छाल खवर धरान,५ मंसिर ःप्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • १,६५० पटक पढिएको
    • छाल खबर
  • यमपञ्चकको चौथो दिनः आज गाई, गोरु, हली तिहार

    छाल खवर फाइल तस्बिरधरान,३० कार्तिक – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतबार गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा। रामचन्द्र गौतमले जानकारी दिए। आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • १२६ पटक पढिएको
    • छाल खबर
  • यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा पर्व

    छाल खवर धरान,३०कार्तिक ः यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटा

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • १०८ पटक पढिएको
    • छाल खबर
  • यमपञ्चक शुरु, आज काग तिहार

    छाल खवर धरान २८,कार्तिक ः कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए । तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ गौतमले भने । धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शु

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • १,००३ पटक पढिएको
    • छाल खबर
  • गृह मन्त्रालयले दियो अवैध क्रसर उद्योग बन्द गराउन देशभरका सीडीओलाई निर्देशन

    छाल खवर धरान,२५ कार्तिक ःगृह मन्त्रालयले अवैध रुपमा सञ्चालित देशभरका अवैध क्रसर उद्योग वन्द गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृहले निर्देशन दिएको हो । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्री वितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • २,०२९ पटक पढिएको
    • छाल खबर
  • ५६ बण्डल पटकासहित इटहरीबाट चारजना पक्राउ

    छाल खवर धरान,२१ कार्तिक ः तिहार नजिकिदै जादा छिमेकी मुलुक भारतबाट पटका भित्रिनेक्रम तिव्र वनेको छ । शुक्रवार इटहरीबाट ५६ बण्डल पटकासहित चारजनालाई प्रहरीले पक्राउ गरेको पक्राउ गरेपछि पटका भित्रिनेक्रम वढेको पुष्टि भएको छ । इटहरी वडा नं.८ पुष्पलाल चौकस्थित पूर्वी गैसार जाने बाटोको भित्री सडकमा प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु ल्याउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा चारजनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा इटहरी १३ बस्ने ३० बर्षीय रञ्जित सरदार (अटो चालक), इटहरी १२ बस्ने ३२ बर्षीया शान्ताकुमारी चौधरी, इनरुवा नगरपालिका ९ बस्न

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • १,३०८ पटक पढिएको
    • छाल खबर
  • पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणबाट निधन

    छाल खवर काठमाडौ,१९ कार्तिक ः पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहीदिन यता काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराई रहेकी सीताको बुधवार बिहान ६ः२५ बजे मृत्यु भएको हो । दशैंमा पुख्र्यौली घर रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । त्याहा उपचार संभव नभएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • २,६४६ पटक पढिएको
    • छाल खबर
  • धरानको विकासप्रेमी गजेन्द्र इस्वोको निधन

    छाल खवर धरान,१७ कार्तिक ःधरानका विकासप्रेमी तथा सामाजिक अभियन्ता गजेन्द्र इस्वोको मंगलवार विहान निधन भएको छ । केही दिन अघि कोरोना पोजेटिभ भएर विराटनगर स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका इस्वोको मंगलवार विहान अस्पतालमा निधन भएको हो । क्यनसर रोगका पिडित इस्वो झापामा किमोथेरापी गराउदै आएका थिए । इस्वो भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार, धरानको विकाश निर्माण तथा समाज परिवर्तनको अभियन्ताका रूपमा पनि काम गर्दै आएका थिए । केहि दिन अघि अस्वस्थता कारण धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपचारका लागी लगिएको र त्याहा उपचार सम्भव नभएपछि न्युरो अ

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • १,६७७ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ नं. निर्वाचन क्षेत्रमा एक हजार घरधुरीमा कर्कटपाता

    छाल खवर धरान,१७ कार्तिक ः नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत सुनसरीको १ नं. निर्वाचन क्षेत्रमा १ मा एक हजार घरधुरीमा कर्कटपाता लगाइने भएको छ । सरकारले ३ वर्ष भित्रमा फुसको छानो हटाउने अभियान अन्र्तगत १ नं निर्वाचन क्षेत्रमा सो घरधुरीमा कर्कट पाता लगाइने भएको हो । सो अभियान अन्र्तगत गत वर्ष रामधुनी नगरपालिकामा ५० घरमा कर्कटपाता छाइएको थियो । सुनसरी क्षेत्र नं १ संघीय संसद जयकुमार राईका अनुसार यस वर्ष बराहक्षेत्र नगरपालिकाको वडा नं १,२,३,४र ५ मा ४सय ४५घर धुरीमा फुसको छानो हटाएर जस्ता पाता लगाईने छ । त्यसैगरी रामधुनीको ६ र ७ नं. वडामा २सय २४ घरमा फुसको छानो हटाइने छ भने धरानमा

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • ३,९८७ पटक पढिएको
    • छाल खबर
  • नेपाली कांग्रेसका नेता जुवाखालबाट पक्राउ

    छाल खवर धरान,१६ कार्तिक ः नेपाली कांग्रेस स्थानीय नेता जुवाखाल जुवाखेलीरहेको अवस्थामा रंगेहात पक्राउ परेकाछन् । मोरङको केराबारी ६ मा सञ्चालित आफ्नै कालिज फर्मबाट जुवा खेलिरहेको अवस्थामा धरान ६ का भुपेन्द्र भट्टराई पक्राउ परेका हुन् । भट्टराई सहित ५ जना नगद सहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको बिशेष टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नगद सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अरुण केसी, शैलेज भुजेल, हरि खत्री र बोधराज मगर रहेको प्रहरी स्रोतको भनाई छ । मगर केराबारी ६ का हुन् भने अरु धरानका हुन् । उनीहरुको साथबाट ८ लाख भन्दा बढी नगद पनि वरामद भएक

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • ३,३४७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic