समाज

    Showing ३१-४० of ४३२ items.
  • श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

    छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लिन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन कार्यालयमा दल दर्ता गराएकाछन् । साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीको अध्यक्षमा आफै रहेको निर्वाचन आयोगले जनाएको छ । साम्पाङको पार्टीमा ५ सदस्यीय पदाधिकारी र २३ जना केन्द्रीय सदस्य रहेकाछन् । साम्पाङले असोज ७ मा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । उनले चुनाव चिन्ह माटोको ढिस्को प्रस्ताव गरेको आयोजले जनाएको छ । आयोगले स्रोतका अनुसार उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ४,२५० पटक पढिएको
    • छाल खबर
  • दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

    छाल खवर धरान,२१ असोजः सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनका लागि दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढेको छ। नयाँ नियम जारी भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको हो । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । एक सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्र

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ७०१ पटक पढिएको
    • छाल खबर
  • वाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ६० पुग्यो, १५ जना नाबालक

    छाल खवर धरान,२० असोजः दुइ दिन देखि जारी वर्षाका कारण बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । प्रहरीले दिएको जानकारी अनुसार १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।यो संख्या अन्य ठाउमा भन्दा धेरै हो । पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १र१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।    

    • प्रकाशित मितिः असोज २०, २०८२
    • ५११ पटक पढिएको
    • छाल खबर
  • सप्तकोशीमा यस वर्ष पहिलो पटक बाढीको खतरा

    छाल खवर धरान,१९असोजः लगातार भएको वर्षाको कारण सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ ।सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ । सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै छ । यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेर मास एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा प

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ४१५ पटक पढिएको
    • छाल खबर
  • धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध, हिले–पाख्रिबास–लेगुवा खण्ड पनि बन्द

    छाल खवरधरान,१९असोज ः दुइदिन देखि जारी अविरल वर्षाको कारण धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । धनकुटाको मुलघाट र नमस्ते झरना नजिक पहिरो र लेदो माटो थुप्रिएकाले सवारी आवागमन बन्द भएको हो । धनकुटा प्रहरीले दिएको जानकारी अनुसार धरानबाट धनकुटातर्फ जाँदै गरेका केही सवारी साधन धरानतर्फ नै फर्किएका छन् ।डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–पाख्रिबास–लेगुवा सडकखण्डमा समेत क्षति पुगेकाले त्यहाँसमेत सवारी आवागमन बन्द छ । सडक अवरुद्ध भएपछि धरानबाट धनकुटा तेह्थुम,भोजपुर र संखुवासभा चल्ने यातायात पूर्ण रुपमा वन्द भएको छ

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ६७१ पटक पढिएको
    • छाल खबर
  • जन्मभूमिको सेवा गर्न खोटाङ्गेहरु संगठित

    आफ्नो जन्म भूमिको विकास र सेवा गर्ने उदेश्यले धरानमा शनिवार खोटाङ सुनसरी एकता समाजको गठन भएको छ । शनिवार धरानमा भएको खोटाङबाट धरान आएर वसोवास गर्नेहरुको भेलाले सो संस्थाको गठन गरेको हो । भेलाले भारतीय भूपू सैनिक मणि चाम्लिङको अध्यक्षतामा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष राजेन्द्र राई, सचिवमा राजेश राई, सहसचिवमा सुमन राई र सहसचिवमा जानुका राई रहेकाछन् । एक उपाध्यक्ष र सहकोषाध्यक्ष पहिलो वैठकले मनोनयन गर्ने अध्यक्ष मणि चाम्लिङले जानकारी दिएकाछन् । त्यसैगरी सदस्यहरुमा ज्ञानु चाम्लिङ,कुमार राई,युवक राई,अटल राई, चण्डीमान राई,अमर चाम्लिङ राई,कपिल राई, लवुहाङ राई,रामकृष्ण राई र सम्भु राई पृ

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २,३३१ पटक पढिएको
    • छाल खबर
  • आज घरघरमा घटस्थापना गरिँदै

    छाल खवर धरान,६ असोजःप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा र

    • प्रकाशित मितिः असोज ६, २०८२
    • १,७७१ पटक पढिएको
    • छाल खबर
  • धरान खेलकुद मञ्चद्धारा दिप प्रज्वलन सम्पन

    छाल खवर धरान,१ असोजः धरान खेलकुद मञ्चले जेन जि आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले वुधवार धरान १२ स्थित नगरपालिका गेटमा दिप प्रज्वलन कार्यक्रम सम्पन गरेको हो । भ्रष्ट्राचार विरुद्ध र परिवर्तनका लागि भएको जेन जि आन्दोलनमा ज्यान गुमाएका सहिदहरुले दिएको वलिदान सार्थक हुनुपर्नेमा मञ्चका अध्यक्ष किशोर राईले वताए । देश परिवर्तनका लागि भएको ऐतिहासिक आन्दोलनमा ज्यान गुमाएका परिवारलाई शोकलाई शक्तिमा वदलेर अघि वढन अध्यक्ष राईले आग्रह गरेका थिए । अध्यक्ष राईले आन्दोलनमा घुसपैठ भएकोले धेरै जनधनको क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका थिए । कार

    • प्रकाशित मितिः असोज १, २०८२
    • ३४६ पटक पढिएको
    • छाल खबर
  • तोडफोड गर्ने विरुद्ध पूर्व मेयर मेन्याङ्बोले दिए किटानी जाहेरी

    छाल खवर धरान,३१ भाद्रः धरानका पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले जेन जि आन्दोलनको नाममा आफ्नो होटलमा भएको तोडफोड र आगजनि विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दर्ता गरेका छन् । पूर्व नगर प्रमुख मेन्याङ्वोले जेन–जी आन्दोलनको नाममा धरानमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध कडा कारबाहीको माग गर्दै तोडफोड गर्ने विरुद्ध किटानी जाहेरी दिएका हुन् । पूर्व मेयर मेन्याङ्बोले सञ्चालन गर्दै आएको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट जस्तो अराजक गतिविधि भएको उल्लेख गर्दै ५३ लाख २३ हजार रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गरेका छन् । उनले दोषी पहिचान गरी ह

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • २,२०८ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा आज र भोली बिहान सम्म कर्फ्यु जारी

    छाल खवर धरान,२६ भाद्रः सुनसरी जिल्ला प्रशासनले आज बिहीबार दिउँसो देखी भोली शुक्रवार बिहान सम्म कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासनले धरान, इटहरी उपमहानगरपालिका र इनरुवा र दुहबी नगरपालिकामा कफ्र्यु जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठद्वारा आज बिहीबार जारी कर्फ्यु रनिषेधाज्ञामा आज दिउँसो १ बजे देखी ५ बजे सम्म र राती ९ बजे देखी भोली शुक्रवार बिहान ६ बजे सम्म कर्फ्यु लागु हुने बताइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी भएको हो । कर्फ्युको अवधिमा उल्लेख गरिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न नहुने, कुनै प्रकारको भेला, जुलुस, प्रदर्

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • ४१८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic