समाचार

    Showing ७०१-७१० of १,५८८ items.
  • करेन्ट लगाएर सिकारीले मार्‍यो दुई गैँडा

    छाल खबर चितवन , ७ माघ ः । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा चोरी सिकारीले मारेको अवस्थामा फोला परेको छ । शुक्रवार दिउसो साढे १२ बजे पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका २ सीतापुर सेहेरी नजिकै नारायणी नदीको भङालोमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेको हो । एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । दिउसो गैँडा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । माउ गैँडाकोट सिङ काटेर लगेको र बच्चाको भने सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । नारायणी नदी वारी घा

    • प्रकाशित मितिः माघ ७, २०७९
    • १,१७० पटक पढिएको
    • छाल खबर
  • आगलागी हुँदा ३ वटा घर जलेर नष्ट ,१० लाख बराबरको क्षति

    छाल खवर सप्तरी , ७ माघ ः सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् । गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन्। आगलागीमा कंचनरुप नगरपालिका,राजविराज नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिका

    • प्रकाशित मितिः माघ ७, २०७९
    • १,५१४ पटक पढिएको
    • छाल खबर
  • आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशन गर्ने

    छाल खवर धरान,६ माघ ः आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने लागेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको छ । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २,५४६ पटक पढिएको
    • छाल खबर
  • अल स्टार्सलाई पिएसजीले हरायो,रोनाल्डोको दुई गोल

    छाल खवर ५ माघ । साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण खेलमा पिएसजीले अल स्टार्स एघारलाई पराजित गरेको छ। गोलको वर्षा भएको खेलमा पिएसजीले ५-४ ले जितेको हो। क्रिस्टियानो रोनाल्डो भर्सेज लियोनेल मेसी खेलको रुपमा हेरिएको यस खेलमा क्रिस्टियानो रोनाल्डोले अल स्टार्सका लागि दुई गोल गरेका थिए भने लियोनेल मेसीले एक गोल गरेका थिए। यस खेलमा खेलको ३९औं मिनेटमा जुआन बेरनटले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो। त्यस्तै नेइमारले पहिलो हाफको अन्तमा पाएको पेनाल्टी मिस गरेका थिए। अल स्टार्सका लागि जांग हिउन सू र टालिस्काले एक एक गोल गरेका थिए। त्यस्तै पिएसजीका लागि मेसी, मार्क्यूरिन्होज,

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १,५६२ पटक पढिएको
    • छाल खबर
  • आफ्नै साथीकाे खुकुरी प्रहार गरी हत्या

    छाल खवर सुनसरी ,५ माघ । सुनसरीको धरान उपमहानगरपालिका–५ आपटारमा बिहीबार आफानै साथीले खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । बुढाथोकीको कोखा र ढाडमा पनि कर्दा प्रहार गरेको अवस्थामा शव भेटिएको थियो । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २,४१४ पटक पढिएको
    • छाल खबर
  • दुई कपडा पसलमा छापा

    छाल खवर विराटनगर ,५ माघ ःराजस्व अनुसन्धान एकाइ कार्यालय, इटहरीको टोलीले बुधबार विराटनगरका दुई कपडा पसलमा छापा मारेको छ । विराटनगर–९, मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका वस्त्रालयमा सो टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार र कर छली गरेको सूचनाका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका सूचना अधिकारी एवं अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो । नन्दुकिशोर तापडिया र किसन तापडियाले सञ्चालन गरेको नारायण स्टोर भारतको जोगबनीमा समेत रहेको छ । खुला सीमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याउने गरेको आरोप यी पसललाई लाग्दै आ

    • प्रकाशित मितिः माघ ५, २०७९
    • २,०१८ पटक पढिएको
    • छाल खबर
  • वचत संघको निर्वाचनमा वस्नेत भन्दा दोव्वर मतले गिरी विजयी

    छाल खवर धरान,४ माघ ः वचत तथा ऋण सहकारी संघको निर्वाचनमा प्रतिष्पर्धी भन्दा दोव्वर मतले गोमा कुमारी गिरी विजयी वनेकीछिन् । संघको बुधवार भएको निर्वाचनमा आफ्ना प्रतिष्पधी जितेन्द्र बस्नेतलाई दोव्वर मतले पराजित गर्दै गिरी सचिव पदमा विजयी वनेकी हुन् । विजयी गिरीले ८८ मत पाउदा वस्नेतले ४४ मतमा चित्त वुझाउनु परेको थियो । वस्नेतलाई अन्य राजनीतिक दलको समेत समर्थन गरेको थिए । सागर राईले ३ मत पाएका थिए । जम्मा १३६ मत खसेकोे थियो । खुल्ला सदस्य निर्वाचित ४ जना महिला सदस्यहरुमा टिकादेवी पौडेल, भिममाया लिम्वु, कलावति देवि दुलाल, विमला भुजेल निर्वाचित भएकाछन् । त्यस्तै खुल्ला ६ सदस्यमा बुद्धिकुमार वुढाथो

    • प्रकाशित मितिः माघ ४, २०७९
    • १,७२३ पटक पढिएको
    • छाल खबर
  • एन प्याव्सन क्विजको उपाधि हिविसकस स्कुललाई

    छाल खवर धरान,४ माघ ःराष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याव्सन) धरान नगर समितिको आयोजनामा भएको खेलकुद सप्ताह अन्तर्गग अन्तर धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि धरान– १५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले हात पारेको छ । सप्ताह खेलकुद अन्तर्गत बुधवार भएको हाजिरी जवाफ प्रतियोगितामा अन्य स्कुललाई पछि पार्दै हिविसकसले उपाधि हात पारेको हो । हिविसकसका तर्फबाट कक्षा ६ का सिद्धार्थ श्रेष्ठ, कक्षा ३ का लाभान्य अग्रवाल र कक्षा ३ का विद्यार्थी आयुष लिम्वु सहभागी भएका थिए । प्रतियोगितामा युरेका आवासीय माध्यामिक विद्यालय धरान १ दोस्रो हुन सफल भएको थियो । प्रतियोगितामा

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ४,९२१ पटक पढिएको
    • छाल खबर
  • विमान दुर्घटनामा मत्यु भएकामध्ये ४८ शवको परीक्षण गर्न थालियो

    छाल खवरकाठमाडौं,४ माघ । गत आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान दुर्घटनमा मृत्यु भएकामध्ये काठमाडौं ल्याइएको ४८ वटा शवको परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मंगलबार दिउँसो काठमाडौं ल्याइएका शव आज बिहानदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ । मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मंगलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको अस्पतालले जानकारी दिएको छ । कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डीएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण ग

    • प्रकाशित मितिः माघ ४, २०७९
    • २,३८८ पटक पढिएको
    • छाल खबर
  • भेडेटारमा कोसेली घर निर्माण हुने

    छाल खवर धनकुटा ,३ माघ । साँगुरीगढी गाउँपालिकाले पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण गर्ने भएको छ। गाउँपालिकामा उत्पादन हुने कृषिजन्य तथा हस्तकला उत्पादनलाई बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले भेडेटारमा कोसेली घर निर्माण गर्न लागिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। पर्यटकीय स्थल भेडेटार साँगुरीगढी गाउँपालिकाको केन्द्र हो । गाउँपालिकाको २२ लाख रुपैयाँको लगानीमा निर्माण हुने कोसेली घरका लागि जग्गा प्राप्त भइसकेको उनले बताए। स्थानीय समाजसेवी देव इवाहाङले भेडेटार बजार नजिकै रहेको १ आना २ पैसा जग्गा कोसेली घर निर्माणका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गरिसकेका

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ३,६६४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic