छाल खवर धरान,१ साउनः पछिल्लो समय वढदै गएको आर्थिक मन्दीका कारणका कारण व्यवसायीले आत्महत्या गर्ने गरेकाछन् । यसैक्रममा सोमवार धरानका एक सुनचादी व्यवसायीले धरानको मुख्य चौक भानुचौकमा आत्महत्याको प्रयास गरेका हुन् । धरान ३ स्थित माछाभौडीमा रहेको जयन्ती स्टोरका संचालक यौवन खड्गीले आत्मदाहको प्रयास गरेका ३ नम्बर वडाका वडाध्यक्ष विद्या शाक्यले जानकारी दिए । उनको प्रयासलाई बिफल बनाउदै उनलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर अहिले त्यही राखेको छ । शाक्यका अनुसार लेनदेनको विषयलाई लिएर आफूलाई केही व्यक्तिहरूले तनाव दिएको भन्दै खडगीले आत्मदाहाको प्रयास गरेका हुन । उनले कसले तनाव दिए
छाल खवर धरान,२५ असार ः युवा शैक्षिक व्यवसायी समाजसेवी सुरेन्द्र घिमिरेले स्वर्गिय बुवा कमलापति घिमिरेको सम्झनामा वीपी प्रतिष्ठानका क्यान्सरका बिरामिहरुका लागि ५० हजार रुपैया बराबरको २ वटा ह्वील चियर र औषधि सहयोग गरेका छन। धरान–१४ निवासी घिमिरेले सोमबार प्रतिष्ठानको ओन्कोलोजि बिभागमा प्रतिष्ठानकी क्यान्सर रोग बिशेषज्ञ डा.सोनिया दुलाललाई सो सामाग्री सहयोग गरेका थिए । घिमिरेका बुवा कमलापतिको गत ज्येष्ठ २४ गते ७२ वर्षको उमेरमा प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो। बुवालाई प्रतिष्ठानमा क्यान्सरको उपचार गराउदा आफुले व्हील चियरको अभाव र कतिपय बिरामिका आफन्तले औषधि किन्न नसक्ने अबस्था न
छाल खवर धरान,२३ असार ः नेपाल परिवार नियोजन संघ सुनसरीको निर्वाचनमा निर्मला अधिकारी निर्बाचित भएकी छिन । शनिबार संघको कार्यालय धरान– ८ मा भएको नेपाल परिवार नियोजन संघको निर्वाचनमा अधिकारी विजयी वनेकी हुन । निर्वाचित अधिकारीले २६१ मत ल्याई बिजयी बनेकी थिइन भने निकटतम प्रतिद्वन्द्वी सन्तोष सापकोटाले १६२ मत पाएका थिए । सभापति पदका अर्का प्रत्यासी अलिम अन्सारी (सत्रुधन) ले ३२ मतमा चित्त वुझाउनु परेको थियो । त्यस्तै यौनिक अल्पसंख्यक वा अपाङ्गतर्फ सुनिल खड्का बिजय भएका छन । उनले ३४९ मत ल्याई बिजय भएका हुन । त्यस्तै उनका प्रतिद्वन्द्वी बिद्याहाङ लिम्बु सुब्बाले १०४ मत मात्र प्राप्त गरेका थि
छाल खवर धरान,१६ असारः कोशी प्रदेश सभा सदस्य माननीय यशोदा कायस्थले देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको वताउनु भएको छ । सिद्धि नेवाः परिषद् धरानले आयोजना गरेको सात दिने वरमाला, नरिवल सुपारी सजाउने तालिमको समापनका क्रममा सो कुरा वताउनु भएको हो । परिषदले असार १० गतेदेखि ७ दिने वरमाल, नरिवल सुपारी सजाउने तालिमको आयोजना गरेको थियो । धरान–७ स्थित सिद्धि नेवाः परिषद्मा संचालित तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरु सहभागी भएका छन् ।धरानका महिलाहरुलाई सशक्तिकरण गर्न र उनिहरुमा सीप बिकास गरी स्वरोजगर तथा व्यवसायी बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको सिद्धि नेवाः परिषद्
छाल खवर धरान,१६ हाम्रो धरान भेट्रान क्लबको प्रथम अधिवेशनबाट अशोक कुमार राई अध्यक्षमा निर्वाचित भएका छन । शुक्रबार भेडेटार स्थित सम्सरा रिसोर्टमा सम्पन्न अधिवेशनबाट अशोक कुमार राईको अध्यक्षतामा ११ कार्यसमिती सर्वसम्मत निर्वाचित भएका छन । बरिष्ट उपाध्यक्ष राकेश राई ,उपाध्यक्ष राज कुमार राई ,सचिव उमेश जिमि,सह–सचिव राज कुमार मगर ,कोषाध्यक्ष पदम राई सदस्यहरु लक्ष्मी याक्खा, विवस राना मगर ,सन्तोषराई , हेम कुमार गुरूङ, तिर्थराज आले मगर रहेका छन । कार्यक्रम धरान उपमहानगरपालिका वडा नं १० का वडाध्यक्ष विवेक राईको प्रमुख आतिथ्यतामा उद्घाटन गर्दे संस्थामा काम गर्दा सधैं गारो हुने भएको र आफु पनि स
छाल खवर धरान,१४ जेठ ः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्कसाम्पाङ) द्धारा आयोजित परियोजनमा विष्णुु मेमोरीयल वोडिङ स्कुल धरान–९ ले शनिवार श्रमदानमा सहभागीता जनाएको छ । धराने जनताको लागि ल्याउन लागिएको कोकाह खोला खानेपानी परियोजनामा आफ्नो तर्फबाट केही मात्रामा भएपनि श्रमदान गरेर टेवा पुर्याउने उद्देश्यले श्रमदानमा सहभागीता जनाएको प्रिन्सिपल निलम श्रेष्ठले वताउनुभयो । स्कुलले मेयर साम्पाङलाई ७० हजार भन्दा बढी रकम बराबरको १० थान पाइप समेत हस्तान्तरण गरिएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुुभयो । श्रमदानमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरू सहभागि भएका थिए ।
छाल खवर धरान,५ जेठ ः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान ९का विद्यार्थीहरुले प्रत्यक्ष रुपमा निर्वाचनको अभ्यास गरेकाछन् । स्कुलमा गठित जुनियर रेडक्रसको नेतृत्व चयनका लागि विद्यार्थीहरुले अन्य निर्वाचन सरह अभ्यास गरेका हुन् । रेडक्रस सर्कलको स्कुलमा गठित रहेको ११ सदस्यीय समिति गठनका लागि ४ समूहगरी ४४ जना विद्यार्थीहरु चुनावी मैदानका रहेको निर्वाचन अधिकृत भवानी खतिवडाले जानकारी दिनुभएको छ । Your browser does not support the video element. खतिवडाका अनुसार सभापति,उपसभापति,सचिव,सहसचिव,कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि ४ समूहको ४४ जना उम्मेद्वार मैदानका रहेका थिए । गत वर्ष मतपत्रमा टिक लगाउने
छाल खवर धरान,१६ वैशाखःधरान,१६ वैशाखः जानकी सामुदायिक टोल सुधार समिति धरान–१३ ले निःशुल्क आखा शिविर सम्पन्न गरेको छ । धरान–१२मा रह्ेको सुुर्य आइ केयरको प्राविधिक सहयोगमा शनिवार शिविर सम्पन्न गरेको हो । विभिन्न सामाजिक काम गर्दै आएको जानकी टोल सुुधार समितिले यस पटक भने आखा शिविरको आयोजना गरेको समितिका अध्यक्ष वखतमान गुरुङले जानकारी दिएकााछन् । शिविरमा १७८ जनाले आँखा परिक्षण गराएको समितिका पूर्व अध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिएकाछन् । उनका अनुसार १२ जनालाई मोतियाविन्दु देखिएको , ५ जनाको आँखा भित्र मासु पलाएकोले अप्रेसन गर्नुुपर्ने र अन्यको भने कसैलाई औषधि लगाएर ठिक हुने र कसैल
छाल खवर धरान,१२ वैशाखः पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभावहुन नदिन धरानमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल बजार बिक्री प्रतिनिधि संघ र धरान वितरक संघले सोमबार धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । लोकतान्त्रिक चौकको भएको कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको नेपाल बजार बिक्री प्रतिनिधि संघ धरानका अध्यक्ष पबन श्रेष्ठले जानकारी दिए । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष नरेन्द्र विष्ट रहेका थिए । संघले आफ््ना सदस्यहरुको हकहित सगै स्थापनादेखी न
खेमबहादुर माझी धरान,९ वैशाख ः धरान–१६ स्थित भगवति आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरुको संगठन भगवति मिडिल स्कुल एलुम्नाई एशोसिएशनले नव वर्षको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । स्कुलको हलमा शनिवार आयोजित कार्यक्रममा पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । पूर्व विद्यार्थी उद्धव श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ समाजसेवी अधिवक्ता विश्वनाथ वास्तोला प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा २०१० सालमा विद्यालय स्थापना हुदा पहिलो भर्ना भएका विद्यार्थीहरु पूर्व माननीय हरीनाथ वास्तोला, पूर्व माननीय कुन्ता शर्मा, हरीप्यारा श्रेष्ठ, डा.नविन नेपाल, टोमप्रसाद आ
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic