छाल खवर धरान,३ वैशाख ः नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेरो गणना मेरो सहभागिता भन्ने मूला नाराका साथ आगमी जेठ २५ देखि असार ८ सम्म हुन गईरहेको नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ र देशको पछिल्लो राजनीतिक अवस्था सम्बन्धि नेपाल तामाङ घेदुङले अन्तरक्रिया गरेको हो । कार्यक्रममा वक्ताहरुले वास्ताविक तथ्यांक निर्माणमा प्रत्येक नागरिकको पनि महत्वपूर्ण भूमिका भएकाले जिम्मेवार भूमिका निर्वाह गर्न समुदायका हरेकले आफु र आफ्नो परिवारका सदस्यहरुलाई सचेत गराउनुपर्ने र घेदुङले सचेतना तथा प्रशिक्षण कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा
छाल खवर धरान,१८ चैत ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक स्थिरता कायम भए विकासले फड्को मार्न समय नलाग्ने वताएकाछन् । आदिवासी जनजाति आयोग ललितपुरले बुधवार धरानमा आयोजना गरेको काम कर्तव्य र अधिकारका वारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै राईले सो कुरा वताएका हुन् । जनताले मुलुकमा वहुमत सहितको सरकार दिएको र वलियो सरकार वनाएको दावी गर्दै वर्तमान राजनीतिक खिचातानिले गर्र्दा जनतामा अन्यौलता र निराशा छाएको वताए । संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार पुरै पाच वर्ष सञ्चालन भए विकासले छिटो गति लिने दावी समेत गरेका थिए । जसले सरकारको नेतृत्व गरेपनि पुरै समय सञ्चालन गरेको खण्डमा
छाल खवर धरान,१५ चैत ःजातीय विभेदको अन्त्य गर्दै समाजमा चेतनाको विकास गर्ने उदेश्यले दलित विकास समिति धरानले २ जना दलित अगुवासहित अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । समाज विद्यमान जातीय विभेदलाई अन्त्य गर्नको लागि चेतनाको लागि यो अभियानलाई गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरीएको हो । दलित समुदायको हितमा काम गर्दै आएका पूर्व वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा र नरमाया परियारलाई दलित अगुवा स्मृति समाज सुधार सम्मान गरिएको थियो । उनीहरुलाई १० हजार ५ सय रुपैया नगदसहित सम्मान पत्रले सम्मान गरीएको विकास समितिका संयोजक किशोर परियारले जानकारी दिए । सोही कार्यक्रममा अन्तरजात
छाल खवर धरान,१५ चैत ः प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले होली पूर्णिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभाभुख भण्डारीले आइतवार शुभकामना सन्देश जारी गर्दै सवैमा शुभकामना सन्देश दिनु भएको हो । सभाभुख भण्डारीले वसन्त ऋतुलाई स्वागत गर्दै रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने रङहरुको पर्व होली फागु पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गर्नुभएको छ । उहाले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–इष्टमित्र एकआपसमा रङमा रङ्गिएर असत्य माथी सत्यको विजयोत्सव माया प्रेमको प्र
छाल खवर धरान,१२ चैत ः पुराना पुस्तालाई हिटीको वारेमा जानकारी भएपनि नया पुस्तालाई भने हिटीको वारेमा थाहा छैन ।नया पुस्तालाई हिटीको वारेमा जानकारी र सेवा दिने उदेश्यले सुनसरीको वराहक्षेत्र स्थित चतरामा हिटी (ढुङगे धारा) निर्माण हुने भएको छ ।प्रथम जगतगुरु पीठमा प्राचिन शैलीको हिटी (ढुङगे धारा) निर्माण गरीने भएको हो । हिटी काठमाडौं बाहिर पूर्वमा पहिलो पटक श्रीराधा सर्वेश्वर हिटी बुधवार एक कार्यक्रमका वीच शिलान्याश गरीएको छ ।हिटीको शिलान्याश विश्व हिन्दू परिषद् नेपाल, धरानका अध्यक्ष देवराज अधिकारी तथा काठमाडौंका कवि तथा साहित्यकार नरेन्द्र श्रेष्ठले गरेका थिए ।विश्व हिन्दु परिषदको अगुवाईमा निर्मा
छाल खवर भोजपुर,१० चैत ः सुख्खायाम सुरु भएसंगै मुहानको पानीको सतह घटेपछि सदरमुकाममा खानेपानी समस्या थपिएको छ । नयाँ खानेपानी आयोजनाको खानेपानी पनि नआउनाले समस्या दिनानुदिन बढ्दै गएको हो । पर्याप्त खानेपानी आपूर्ति विद्यार्थी, गृहिणीलाई बढि सास्ती छ । खानेपानी अभावले सहरीकरण, पुर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव पारेको छ । करिब १६ सय घरधुरी उपभोक्ता रहेको सदरमुकामलाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितीले दैनिक २ लाख लिटर मात्रै पानी वितरण गरिरहेको छ । दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भएपनि मुहानको पानी घटेकाले समितीले दुई प्याकेजमा दिनको समयान्तरालमा खान
दुहवी, ६ चैत्रः तामाङ जातिको साझा जातिय संस्था नेपाल तामाङ घेदुङको सुनसरीस्थित दुहवी नगरपालिका कार्यसमितिको अध्यक्षमा कुष्ण योञ्जन सर्वसम्मत चयन भएकाछन् । । नेपाल तामाङ घेदुङ सुनसरीको अध्यक्ष सुरज लामा पाख्रिनको अध्यक्षतामा सम्पन्न प्रथम भेलाले योञ्जनको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । भेलामा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का कोषाध्यक्ष जानुकला पाख्रिन लगायतले मन्तव्य राखेका थिए । भेलाले उपाध्यक्षमा सन्तोष थिङ र गीतादेवी तामाङ, सचिवमा मिलन स्याङवो, कोषाध्यक्षमा प्रमिला ब्लोन, सहसचिवमा अमर घिसिङ र सदस्यमा सीता घिसि
छाल खवर उदयपुर, ५ चैत ः पढदा धेरैलाई अनौठो लाग्नसक्छ तर वास्तविक घटना नै भएको छ । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावास सहित ४० हजार रूपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । त्यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ । गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा
छाल खवर धरान,५ चैत ः धरानमा प्रदेश १ स्तरीय तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । विजयपुर खबर डट कम र हार्ट एफएम ८७.६ मेगाहर्जको सयुक्त आयोजनामा तालिम आयोजना गरीएको थियो । स्वतन्त्र ,निस्पक्ष र सिर्जनशील पत्रकारिता आजको आवश्यकता भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा प्रदेश १ का ४० जना भन्दा वढी युवा युवति सहभागी रहेका थिए । उक्त तािलमा सुनसरी,मोरङ, झापा, उदयपुर, धनकुटा, सप्तरी, सिरहा, इलाम लगायतका जिल्लाबाट युवायुवतीहरुको सहभागीता रहेको तालिमका सहयोगी संस्था सि.ईं नेपालका प्रतिनीधि तथा विजयपुर खबर डट कमका सहसम्पादक कुवेर गुरुङले जानकारी दिए । तालिमको सहजिकरण नेपाल पत्रक
छाल खवर धरान,४ चैत ः नेवार समुदायको पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दवूः जिल्ला कार्य समिति सुनसरीको पाँचौ अधिवेशन बुधवार धरानमा सम्पन्न भएको छ । अधिवेशनले धरानका क्रियाशिल पत्रकार मोहन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा रश्मी प्रधानलाई चयन गरेको छ । त्यसैगरी अधिवेशनले सौरभ श्रेष्ठ, अनिल श्रेष्ठ,अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठलाई सदस्यमा निर्वाचित गरेको निर्वाचन अधिकृत महेश श्रेष्ठले जानकारी दिएकाछन् । नव निर्वाचित सम
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic